दिव्योपदेश

पृष्ठभूमि

पृथ्वीनारायण शाह (जन्म वि.सं. १७७९ पौष २७ – निधन १८३१ माघ १) ले जीवनको अन्तिम अवस्थामा दिएका उपदेशको संकलनलाई नै हाल दिव्योपदेश भनिन्छ । विक्रम संवत् १८३१ पौष महिनामा राजा पृथ्वीनारायण शाह अन्तरिम राजधानी नुवाकोट गएका थिए । यसैक्रममा पौषको तेस्रो साता यिनी निकै अस्वस्थ भए । यसै वेला आफ्नो अन्तिम समय आएको आभास पाएर उनले आफ्ना भाइभारदारलाई अर्ती उपदेश दिए ।

उनका भारदारहरूमा पाँडे तथा बस्न्यात (बस्नेत) मुख्य थिए । नुवाकोट पुग्न सम्भव भएका इच्छुक भाइभारदारले ती उपदेश टिपोट गरे । एक-अर्काले सार्दै आए ।
सरदार शिवरामसिंह बस्न्यात राजा पृथ्वीनारायण शाहका अत्यन्तै विश्वासपात्र भारदार थिए । उनका छोरा ‘बख्शी'(सेनापति) अभिमानसिंह बस्न्यात नेपाल एकीकरणका क्रममा यतिवेला पूर्वी तराईक्षेत्रमा प्रमुख सैनिक प्रशासकका रूपमा कार्यरत थिए । बस्न्यात-परिवारलाई पृथ्वीका अन्तिम उपदेशप्रति मोह हुनु स्वाभाविक थियो । यसैअनुसार त्यति वेला लिपिबद्ध गरेर कुनै भारदारको सङ्ग्रहमा राखिएको लेखोटबाट सारेर यस उपदेशलाई काजी ‘बख्शी’ अभिमानसिंह बस्न्यातले पनि सारेर राखे । अभिमानसिंहको घरमा रहेको प्रतिबाट यिनकै घरमा लेखापढीको काम गर्ने व्यक्तिले सारेका रहेछन् । तिनैका सन्तान मुखिया भक्तबहादुरसँग पनि रहेछ । यही प्रति अभिमानसिंहकै सन्तान बखतमानसिंह बस्न्यातबाट इतिहास शिरोमणि खरदार बाबुराम आचार्यले प्राप्त गरे ।

यसैबीच गुरु गोरखनाथसम्बन्धी ग्रन्थहरूको खोजी गर्ने क्रममा योगी नरहरिनाथ पनि सर्वप्रथम वि.सं. २००४ मा काठमाडौँ आइपुगे । आचार्यबाट लगेर योगी नरहरिनाथले यो उपदेश सबैभन्दा पहिला विक्रम संवत् २००९ सालमा वाराणसीबाट ‘गोरक्ष-ग्रन्थमाला’ अन्तर्गत प्रकाशित गरे । योगीले नै सबैभन्दा पहिला ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश’ नाम दिएका हुन् । यसमा निकै अशुद्धि पाइएको थियो ।

वि.सं. २००९ मा ‘पृथ्वीजयन्ती समारोह-समिति’ नामक सामाजिक संस्था गठन भयो । चौतरिया फत्यजङ्ग पराक्रम शाह समितिका ‘अध्यक्ष’, बाबुराम आचार्य ‘उपाध्यक्ष’ र योगी नरहरिनाथ ‘सदस्य-सचिव’ बनाइए ।
यसै ‘समारोह-समिति’अन्तर्गत आचार्य र योगीको सम्पादनमा वि.सं. २०१० मा ‘दिव्योपदेश’ को द्वितीय-संस्करण प्रकाशित गरियो । पहिलो संस्करणमा भएको त्रुटि नहोस् भनेर यसमा पाठलाई जस्ताको त्यस्तै मूलमा राखेर आवश्यक टिप्पणी तथा परिशिष्ट दिई सम्पादन गरी प्रकाशित गरियो ।

(यसै संस्करणलाई प्रमुख आधार मानी यो वेबसाइटमा राखिएको छ । अन्वेषक, अध्येता र जिज्ञासुलाई सहज होस् भन्ने हाम्रो उद्देश्य हो।)

प्राज्ञ नयराज पन्त तथा उनको नेतृत्वमा रहेको ‘संशोधन-मण्डल’बाट वि.सं. २०२८ मा ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ शीर्षकमा उपदेश, यसको पद्यात्मक व्याख्या, विस्तृत परिशिष्ट र ऐतिहासिक व्याख्या ‘जगदम्बा-प्रकाशन’बाट प्रकाशित भएको छ । यस्तै वि.सं. २०४० मा नयराज पन्तबाट सम्पादन भई यस उपदेशको मूल भाग, यसको संस्कृतच्छाया र संस्कृत तथा नेपाली भाषामा पद्यमयी व्याख्या पनि ‘नेपाल प्रज्ञा-प्रतिष्ठान’बाट प्रकाशित भएको छ ।

वि.सं. २०६१ सालमा इतिहास शिरोमणि बाबुरामका सुपुत्र प्रा. श्रीकृष्ण आचार्यले यसलाई पुनः परिष्कार एवं प्रकाशन गरे ।

यो उपदेशको शुरुमै राजा पृथ्वीनारायण शाहको नामको अगाडि ‘श्री श्री श्री ५’ भन्ने उपाधि लेखिएको पाइएको छ । नेपाली राजाहरूको नामको अगाडि ‘श्री श्री श्री’ लेख्ने चलन राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि आफ्नो नियन्त्रण स्थापित गरिसकेपछि वि.सं. १८२६ देखि मात्र शुरु गराएका थिए। पछि-पछि भने राजाहरूको नामका अगाडि ‘श्री ५’ लेखिन थालिएको पाइन्छ । राजा वा महाराजाधिराजको नामको अगाडि ‘श्री ५’ लेखिएको पहिलो लेख वि.सं. १८६३ को श्री पशुपतिनाथको मन्दिरको प्राङ्गणमा रहेको कपर्दार भोटु पाँडेको प्रतिमा-लेखको रूपमा उपलब्ध भएको छ । यसभन्दा अगाडि राजाहरूको नामको अगाडि ‘श्री ५’ लेखिएको पाइएको छैन । यसबाट यस उपदेशको जुन प्रतिबाट यो पुस्तिका सम्पादन गरिएको छ त्यो प्रति वि.सं. १८६० को आसपासतिर मात्र लिपिबद्ध भएको देखिन्छ । 
                                                                                                      -प्रा. श्रीकृष्ण आचार्य

परिस्थिति
यसै समयमा सात-समुद्रपारका ‘इष्ट इण्डिया कम्पनी’ का अङ्रेज व्यापारीहरू दक्षिण एशियामा आफ्ना प्रभावक्षेत्र विस्तार गर्दै फैलिरहेका थिए । यसै क्रममा उनीहरू वर्तमान नेपालका तराईक्षेत्र पार गरी सिन्धुली-गढीमा आक्रमण गर्न आइपुगेका थिए । वर्तमान नेपाल अधिराज्यका केही तराईक्षेत्रमाथि उनीहरूले करीब एक-वर्षसम्म त बलपूर्वक कब्जा जमाइसकेका थिए।

श्री ५ पृथ्वीनारायण शाहले आफ्नै विवेकअनुसार साम, दान, भेद तथा दण्ड नीतिको समुचित प्रयोग गरी करीब-करीब अङ्रेजको नियन्त्रणमा पुगिसकेका नेपालका तराईक्षेत्र आफ्नो नियन्त्रणमा ल्याएका थिए । यस क्षेत्रमा स्थापित स-साना राज्य एकीकरण गरी नेपाललाई एउटा शक्तिशाली एवं स्वतन्त्र राष्ट्रको रूपमा स्थापित गराउने क्रममा राजा पृथ्वीनारायण शाहले के-कस्ता नीति तथा कार्यक्रम अपनाएका थिए ? र यिनका के कस्ता योजना रहेका थिए ? यी सबै नीति, कार्यक्रम तथा योजना यिनले आफ्नो यस उपदेशमा सूत्रबद्ध रूपमा आफ्ना अनुयायीलाई बताए । आफ्नो जीवनकालमा यिनले गरेका सम्पूर्ण काम तथा कारबाही यिनका यिनै उपदेशमा उल्लेख भएका विवरणसँग मेल खाइरहेका पाइन्छन् ।

पृथ्वीनारायण शाहले आफ्ना नीति तथा कार्यक्रम आफ्ना भाइ तथा छोरालाई पनि सुनाएका हुँदाहुन् । यद्यपि यिनको जीवनकालको अन्तिम समयतिर यिनका भाइहरू यिनीदेखि असन्तुष्ट थिए । छोरा युवराज प्रतापसिंह शाह पूजा-पाठ, न्यास-ध्यान तथा आमोद-प्रमोदमा मस्त रहेका थिए भने कान्छा छोरा राजकुमार बहादुर शाह १७ वर्षकै किशोर रहेकाले आफ्नो जीवनकालको अन्तिम समयतिर यिनी आफ्ना भाइ तथा छोराहरूदेखि असन्तुष्ट थिए । यसैले आफूले अपनाएका नीति तथा कार्यक्रम आफ्ना अनुयायीलाई सुनाएर जान पाएमा उनीहरूले उनका सन्तानहरूलाई सुनाइदेलान् । उनले तथा उनका सन्तानहरूले पनि आफ्ना सन्तानलाई राम्रोसँग सम्झाइ-बुझाइ गरिदेलान् र पछि आफ्ना छोरा-नातिहरूले यिनै नीति तथा नियमको अनुसरण गर्दै देशलाई व्यवस्थित गर्लान् भन्ने यिनको आशा थियो । यही आकाङ्क्षा राखी आफ्नो जीवनकालको अन्तिम समयतिर आफ्ना भाइ-भारदारका अगाडि यिनले यी उपदेश दिएका थिए ।

गोरखा-राज्यदेखि पश्चिमतर्फ रहेका चौबीसे-राज्यहरूतर्फ एकीकरण अभियानलाई अगाडि बढाउने उद्देश्यअनुसार राजा पृथ्वीनारायण शाह आफ्नो जीवनकालको अन्तिम समयतिर आवश्यक व्यवस्था मिलाउन भनी वि.सं. १८३१ को पौष महिना लाग्दा वा नलाग्दा नै राजधानी काठमाडौं शहरबाट आफ्नो अन्तरिम राजधानी नुवाकोटतर्फ लागेका पाइन्छन् । यतिजेलसम्म पूर्वमा पल्लो-किरातसम्मका पहाडी भूभागका साथै गण्डकी नदीदेखि कनकाई नदीसम्मका तराईक्षेत्र पनि नेपाल राज्यभित्र समाहित भइसकेका थिए । पश्चिमतर्फ भने एक-पाइला पनि अगाडि बढ्न सकिएको थिएन ।

यस्तो स्थितिमा आफ्नो जीवनकालको अन्तिम अवस्था आउन लागेको छनक पाई यिनले त्यति नै वेला आफ्ना आसपासमा रहेका भाइभारदारलाई आफ्ना सामु बोलाई आफ्ना यी उपदेश दिएको झलक पाइन्छ । यसै उपदेशको क्रममा यिनले “दहचोकमा रहेको प्रस्तावित राजधानीबाट सोख-सयलको निम्ति मात्र तीन शहर (नेपाल)मा जाउँला” भनी भनेकाले काठमाडौँ उपत्यकाभन्दा बाहिर रहेर नै यिनले यी उपदेश दिएको स्पष्ट हुन्छ ।

यी उपदेशमा उल्लेख भएका भावना तथा विचार राजा पृथ्वीनारायण शाहका आफ्नै निजी भावना तथा विचार हुन् । यद्यपि उपदेशको रूपमा रहेको यस लेखोटमा रहेको अपरिष्कृत नेपाली भाषाले भने त्यस वेलाको शिष्ट समाजमा प्रचलित परिष्कृत नेपाली भाषाको प्रतिनिधित्व गरिरहेको छैन । राजा पृथ्वीनारायण शाहले आफ्ना यी उपदेश मौखिक रूपमा अभिव्यक्त गरेका थिए । आफ्नो वक्तव्यको क्रममा यिनले यसभन्दा बाहेक अन्य थप कुरा पनि बोलेर गएका हुँदाहुन् । तर त्यति वेला त्यहाँ उपस्थित भाइ-भारदारमध्ये रुचि भएका र यस उपदेशको मर्म ग्रहण गर्न सक्ने योग्यता भएका दुई-चारजना भारदारले मात्र त्यति नै वेला आफूले सम्झेका, बुझेका तथा आफूलाई घत लागेका केही कुरा आफैँले आफ्नै शैलीमा टिपोट गरेर राखेका र उक्त टिपोटलाई पछि कुनै व्यक्तिले प्रस्तुत उपदेशको रूपमा लिपिबद्ध गरिदिएको झलक पाइन्छ ।

प्रचलित भाषामा दिव्योपदेश
‍‍‍‍‍‍‍‍

स्वस्ति श्रीगणेशाय नमः । श्री गोरखकालिका हाम्री सहायक भएर रहून् । श्री ३ शिवस्वरूप गोरखनाथ हाम्रा सहायक भएर रहून् । श्री ५ पृथ्वीनारायण शाह पनि हाम्रा सहायक भएर रहून् ।

श्री ५ बूढा महाराज पृथ्वीनारायण शाहले तीन शहर नेपाल र हिन्दूपतिको राज्य समेत लिएपछि पछिल्लो पटक नुवाकोटमा पाउ लाग्नुभएका समयमा गुरुपुरोहित, थरघर, भैयाद, भारदार तथा आफ्ना ददा (बाल्य अवस्थामा स्याहार तथा सम्भार गर्न भनी राखिएका व्यक्ति) सुरथसिंह राना (श्री ५ पृथ्वीनारायण शाहका ददा कपर्दार) समेत सबै बूढापाकाका समक्ष उहाँबाट हुकुम भएका कुरा :-


“बूढा मरे भाषा सरे” भनी भन्छन् । यसैले अहिले तिमीहरू सबैका सामुमा सुनाएर गए तिमीहरूले तिम्रा सन्तानलाई सुनाउला, तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र हाम्रा सन्तानले यस राज्यलाई व्यवस्थित रूपले सञ्चालन गर्न सक्लान् भनी तिमीहरूलाई अहिले यी उपदेश दिन लागिरहेको छु ।
उप्रान्त हाम्रा मुमाहरू तीनवटी हुन् । हामी तीनवटा खोपीबाट गरी पाँच पाण्डवका अवतार जस्तै जन्मिएका थियौँ । मेरो विवाह मकवानपुर राज्यमा सम्पन्न भएको थियो । डोला भने त्यहाँबाट सुम्पिएको थिएन ।


यसैले डोला पनि लिएर आऊँ र नेपाल पनि हेरेर आऊँ भनी हामी मकवानपुर राज्यमा गयौँ । त्यहाँ पुगेपछि मेरा जेठान तथा युवराज दिग्बन्धन सेनलाई एउटा कुरामा अड्डी लिएर मैले भनेँ- “एकदन्ता हात्ती र नौलाखी हीराको हार दिन्छौ भने डोला पनि लिएर जाउँला, दिन्न भन्छौ भने तरबार चलाएर भए पनि लिएर जाउँला ।” यति भनी उनलाई हाँक दिएर फर्किएँ । फर्कंदा बाटोमा नेपाली राजाले चिन्लान र पक्रलान् भनी त्यसबाट स्याखुँ (ऊनले बनेको राडी जस्तो एक प्रकारको घुम) ओढी रापती नदीको तीरैतीर भानु ज्योतिषी, कुलानन्द ज्योतिषी तथा अरू थरघर (वि. सं. १६१६ मा गोरखा राज्य स्थापना गर्न सहयोग गर्ने गणेश पाँडे, नारायण अर्ज्याल, सर्वेश्वर खनाल, भगीरथ पन्त, गंगाराम राना र केशव बोहोराका सन्तान- छथरी- थरघर) हरू पनि साथैमा थिया ।

त्यहाँबाट चन्द्रागिरिको डाँडामा आइपुगेपछि – ‘नेपाल भनेको कुन हो ?” भनी सोध्दा उनीहरूले “यो भादगाउँ हो, त्यो पाटन हो र त्यो काठमाडौँ हो’ भनी देखाए । त्यतिखेरै मेरो मनमा यी तीनवटै शहरहरूको राजा हुन पाए त हुँदो हो भन्ने मनमा परिरहेको थियो । त्यति नै वेला ती दुवै ज्योतिषीले “हजुरको मनोकाङ्क्षा तथा अभिलाषा अवश्य पुग्नेछ महाराज !” भनी भने । उनीहरूको यस भनाइबाट मलाई आश्चर्य लाग्यो सोधेँ – “मेरा मनका कुरा तिमीहरूले कसरी जान्यौ र यसो भन्यौ ?”
उनीहरूले भने- “जब हजूरबाट तीन शहर नेपालमाथि नजर दिइबक्सेको थियो त्यसै वेला हजूरबाट आफ्नो जुँगामा ताउ लगाउँदा (जुँगा मुसार्दा) हजूरको मनमा नेपालको राजा हुन पाए त हुँदो हो भन्ने जस्तो परेछ भन्ने जानकारी पाएका हौँ र हजूरमा यो बिन्ती गरेका हौँ ।”

“उसो भए मेरो मनमा रहेको यो कुरा पुग्ला” भनी मैले उनीहरूले सोध्दा भनेका थिए- “हजूरबाट गाई, ब्राह्मण, अतिथि, फकीर र देवीदेवताहरूको पनि मान मनितो राख्नुभएको छ र हाम्रो हातमा पनि सरस्वतीको वरदान (वाक्‌सिद्धि) छ । यसैले नेपाल राज्य हजूरको हुनेछ ।”


यसपछि थानकोटको ठूलो भञ्ज्याङ काटी रातदिन गरी त्रिशूली नदीको कल्लेरीघाट तरेर धादिङमा उक्लियौँ । त्यहाँ पुगेपछि चेपे नदी खावा तथा लिगलिग गढीको आड गरी राखिएका मेरा तीनजना वीर यहीँ नै छन्, तिनीहरूलाई बोलावटको रुक्का (राजा वा युवराजका तर्फबाट लेखिने पत्र) लेख्नुपर्‍यो लेख त ज्योतिषी भनी मैले भन्दा “तिनीहरूको नाम केके हो त ?” भनी उनीहरूले सोधे । मैले तिनीहरूको नाम रणजित बस्न्यात, मानसिंह रोकाया र वीरभद्र पाठक हो भनी जवाफ दिएँ । त्यसपछि तिनीहरूले “रातदिन गरी यहाँ मैधी तुरुन्तै आइपुग’ भनी लेखी पठाए र यसै रुक्काअनुसार तिनीहरू यथा समयमा मकहाँ आइपुगे । तिनीहरूसँग एकान्तमा छलफल गरेँ र भनेँ, “मैले दिग्बन्धन सेनलाई हाँक दिएर आएँ, नेपाल पनि हेरेर आएँ र त्यसलाई हान्ने (आक्रमण गर्ने) मनसुवा पनि राखेको छु । यसमा तिमीहरू के भन्छौ त ?”  भनी सोध्दा उनीहरूले पनि सकारात्मक जवाफ दिए – हान्नुभए हुन्छ हान्नुहोस् महाराज! भनी सल्लाह दिए र मैले तिनीहरूलाई अर्को प्रश्न पनि गरेँ । “म जब अर्काको छत्रभङ्ग (वैदिक परम्परामा छत्र, ध्वज, चामर र धनु- यी राजाका चिह्न हुन्थे। यीमध्ये कुनै एक भङ्ग-भाँचिनु भनेको हार हुनु बुझिन्थ्यो) गर्न भनी अगाडि सरेर जान्छु त्यसै वेला मेरो छत्रभङ्ग गर्न अर्को व्यक्ति यहाँ आयो भने कसो होला ?” भनी सोद्धा तिनीहरूले -‘हजूरका हात्तीहौवा बाइसे तथा चौबीसे राज्यका राजाहरू यहाँ आक्रमण गर्न आए भने चेपे नदीमा रगतको नदी नै बगाइदिउँला महाराज ! भने । यसमा हजूरले कुनै पनि किसिमको धन्दा मान्नुपर्दैन भनी उनीहरूले विश्वास दिलाए ।


त्यसपछि एकान्तस्थलबाट उठी हामी गोरखा गयौँ र त्यहाँ पुगेपछि मामाज्यू (पाल्पाली राजा गन्धर्व सेनका पुत्र उद्योत सेन) पनि गोसाइँकुण्डस्थित भगवान् नीलकण्ठ र भगवान् पशुपतिनाथको दर्शन गर्न भनी देवघाटको बाटो गरी जानुभएको रहेछ र नीलकण्ठ तथा पशुपतिनाथको दर्शन पूरा भएपछि श्री गोरखनाथको दर्शन गर्न गोरखा पनि आउनुभयो र दर्शन भइसकेपछि उहाँको मसँग भेट भयो र मैले सोधेँ :-
“मामाज्यू! मकवानपुर पुगेर आएँ, नेपाल पनि हेरेर आएँ । नेपाल हान्ने मनसुवा पनि राखेर आएको छु । अब के कति कुराले मेरो यो काम फत्ते होला । यस सम्बन्धमा अर्ती बक्सनुभए हुँदो हो’ भनी उहाँलाई आग्रह गरेँ । उहाँले मलाई पनि पञ्चरात्रमा (आइपुगेपछिका पाँच रात) दृष्टान्त (उदाहरण) भएको छ । हामीले देख्दा तपाईं पाँच भाइहरू पाँच-पाण्डवको अवतार हुनु भएको जस्तो लाग्छ । उहिले कुरुक्षेत्रमा घटेको मेला जस्तै अहिले यहाँ पनि ठूलो मेला नभई नेपाल राज्य फुट्ने लक्षण छैन ।

-लमजुङ राज्य भनेको गरुड जस्तो हो, गोरखा राज्य भनेको सर्प जस्तो हो र नेपाल भनेको भ्यागुता जस्तो हो भन्ने लाग्छ । यसैले सबैभन्दा पहिले हामीले गरुडको आँखा छल्नु पर्छ तब मात्र सर्पले भ्यागुतो खान पाउँछ भनी उहाँले मलाई सल्लाह दिनुभयो । यसपछि मैले उहाँलाई -“मेरा साथमा चार जातका सिपाहीहरू छन् । यिनीहरूमध्ये क-कसको सवारी गरेमा मेरो काम चाँडै फत्य होला ?” भनी सोध्दा उहाँले- “तपाईंका साथमा कुन कुन जातका सिपाही छन्” भनी सोध्नुभयो र मैले “मेरा साथमा बाहुन, खस, मगर र ठकुरी गरी चार जातका सिपाही छन् र यिनीहरूमध्ये ककसको सवारी गरेमा मेरो काम चाँडै फत्ते होला ?” भनी सोध्दा “बाहुनको सवारी गर्नु भनेको बयल (गोरु) को सवारी गर्नु जस्तै हो, यसो गरेमा पछि पातक (पाप) लाग्छ । ठकुरीको सवारी गर्नु भनेको सिंहको सवारी गर्नु जस्तै हो । यसो गरेमा पछाडि दगा (विश्वासघात) हुन्छ, मगरको सवारी गर्नु भनेको टाँगन घोडाको सवारी गर्नु जस्तै हो । यसो गरेमा ढिलो हुन्छ । खसको सवारी गर्नु भनेको ‘ताजी’ (ताजकिस्तानमा पाइने) तुर्की (तुर्किस्तानमा पाइने) घोडाको सवारी गर्नु जस्तै हो । यसैले खसको सवारी गरेमा नै आफूले आँटेको काम चाँडो फत्ते होला जस्तो लाग्छ” भन्नुभयो । उहाँले अरू धेरै कुरा अर्ती दिएर जानुभएको थियो ।


उहाँका यिनै अर्ती मैले मनमा लिएँ र लमजुङे राजा रिपुमर्दन शाहसित भेट गर्न भनी लमजुङ राज्यतर्फ जाँदा चेपे नदीको घाटमा उनीसँग भेट भयो र उनीसँग बसी दुवै देशबीच दौत्य सम्बन्ध र मित्रताका कुरा गर्दा जुन कुराले लमजुङे राजासित आफ्नो देशको मित्रता बाधुँला भन्ने मूल कुरा मेरो मनमा थियो, त्यही कुरा कालु पाँडेले पनि गर्‍यो र त्यसैअनुसार लमजुङ राज्यसँग हाम्रो देशको मित्रता बलियो बस्यो । यसबाट मलाई आश्चर्य लाग्यो । यो घटनाबाट मलाई त कालु रिझायो, जसदेखि दुनियाँ राजी रहन्छन्, उसैलाई कज्याइँ दिनु भन्ने शास्त्रमा पनि भनिएको छ । यसैले सर्वसाधारण दुनियाँमा पनि यस सम्बन्धमा एकपटक बुझेर हेरूँ भनी बुझी हेर्दा दुनियाँमा पनि कालु पाँडेकै चाहना रहेछ र…..

“कालु पाँडेलाई कज्याइँ दिनुभएमा हामी दुनियाँदारमा छहारी रहने थियो भन्ने सबैले सल्लाह दिए र अब बाइसे तथा चौबीसे राज्यका राजाहरू पनि यस सम्बन्धमा के भन्दा रहेछन् भनी बुझिहेर्दा बाइसे तथा चौबीसे राज्यका राजाहरूमा पनि कालु पाँडेको नै चाहना रहेछ र -“कालु पाँडेलाई कज्याइँ भएमा यिनले मित्रता पनि बलियो राख्नेछन्” भन्ने उनीहरूले सल्लाह दिए । मेरो मनमा त विराज बखेतीलाई कज्याइँ दिउँला भन्ने लागिरहेको थियो तर विराज बखेतीको भन्दा ज्यादा बुद्धि कालु पाँडेको नै ठहरियो र कालु पाँडेलाई कज्याइँ दिएको हो ।

अब पाँडे र बस्नेतको युगल (जोडी) बाँधिदिन्छु भन्ने विचार गरी -“तेरी छोरी शिवरामसिंह बस्न्यात्‌का छोरा केहरसिंह बस्न्यात्‌लाई दे” भनी कालु पाँडेसँग उसकी छोरी मागी विवाह पनि गरिदिएँ । यसरी पाँडे तथा बस्न्यात्‌हरूको जोडी बाँधी पाँडेहरूको ढाल तथा बस्न्यात्‌हरूको तरबार गरी नेपाल राज्यमाथि चढाइँ गरेको हो ।


यसपछि रणजित बस्न्यात्‌, मानसिंह रोकाया तथा वीरभद्र पाठक यी तीनजना वीरलाई गौटानको बिह्रौटो तथा लिगलिगको आडमा राखी म पनि सल्ल्यानकोटकी देवी साक्षात् छन् भनी सबैले भन्छन् । यसैले साइत गरी एकपल्ट म पनि त्यहाँ पुगेर आउनुपर्‍यो भनी उनीहरूलाई त्यहाँबाट बिदा गराएँ र साइत गरी म पनि सल्ल्यानकोट गएँ । त्यहाँ बारीमा थर्पु (अस्थायी छाप्रो) पर्‍यो र सल्ल्यानीका थर-घर तथा वराह उमरावहरूसँग मैले सोधेँ- “माईको दर्शन गर्न हुन्छ कि ?”
उनीहरूले भने- “पुजारी र टहलुवाहरूले मात्र भित्रसम्म गई दर्शन गर्न हुन्छ, अरूले हुँदैन, जो हुकुम !”
“ढोकासम्म गएर दर्शन गर्न त हुन्छ कि ?” भनी मैले सोध्दा- “ढोकासम्म गएर दर्शन गर्न त हुन्छ” भनी उनीहरूले भने र यसैअनुसार साँझबिहान ढोकासम्म गई पाठ, पूजा, जप तथा दर्शन गर्ने गरेको थिएँ ।

यसै अवस्थामा एक रातमा मलाई सपना भयो । सपनामा दुई हातमा दुईवटा खड्ग लिएकी सातआठ वर्षकी कन्या कुसुमे पछ्यौरीको घुम्टी पारी मेरो छेउमा आइन् र मैले – “तिमी कसकी छोरी ह्वौ भनी सोद्धा” उनले “म पुजारी रानाकी छोरी हुँ भनिन् । उनले ती दुवै खड्ग मेरो हातमा दिइन् र ‘आरसी’ जत्रो रातो रङको टलपल गरिरहेको एउटा वस्तु आफ्नो खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई “यो पनि निल” भनी मलाई भनिन् र -“तिम्रो मनोकाङ्क्षा पुर्‍याइदिएकी छु । यसैले अब म पनि तिमीसँग केही कुरा माग्छु, मलाई थपेर जाऊ” भनी उनी जब त्यस ठाउँबाट दुई पाइला जति अगाडि गएकी थिइन्, त्यसै वेला म पनि बिउँझिएँ र..


त्यति नै वेला मैले भानु ज्योतिषी, कुलानन्द ज्योतिषी र पुजारी रानालाई पनि डाकेँ र उनीहरूसँग यसको रहस्य सोधेँ । दुवै ज्योतिषी र त्यस मन्दिरका पुजारीले पनि – “ती त साक्षात् माई नै हुन् । हजुरबाट उहाँको दर्शन पाउनु भएछ बढिया भयो” भने । त्यति नै वेला धूप, दीप, ध्वजा र नैवेद्य चढाएँ । नित्य पूजा तथा विशेष पूजाका निम्ति पनि सातवटा राँगा तथा सातैवटा बोका थप गरी बोर्लाङघाटको आम्दानी तथा घाटैको छेउमा रहेको टार पनि माईलाई सङ्कल्प गरेर दिएँ । त्यसै घडीको साइत गरी त्यहाँबाट प्रस्थान गरेर रातदिन गरी सरासर नुवाकोटतर्फ आएँ र त्यहाँ सिमलचौरको चौतारामा थर्पु हालेर बसिरहेको थिएँ ।

यति वेला मैले दाउ भने नुवाकोट गढीमाथि हान्ने थियो तर खिञ्चेतको कुलो काटी खेतहरू बिराउने भन्ने गरिरहेको थिएँ । बेत्रावतीमा रहेको बेनी इन्द्रायणीको स्थानमा डुङ्गा तरी जप तथा पाठपूजालाई पनि त्यहाँ बराबर जाने गर्थें । ध्यान भने सल्ल्यानकोटकी देवीको तथा इन्द्रायणी र भैरवीको पनि गर्ने गरिरहेको थिएँ ।


‘महामण्डल’ भनेको नुवाकोटको सौता जस्तै रहेछ । महामण्डलमा ग्यामी रानाले त्यस गढीको सुरक्षा गरेर बसिरहेको थियो । मैले उसलाई “तँ हाम्रो आफ्नै घर (देश)को ग्यामी होस्, महामण्डल हामीलाई छोडिदे, तँ मकहाँ आइज” भनी उसलाई बोलावटको खबर पठाएँ र उसले पनि “हुनत म हजूरकै मानिस हुँ तर मैले अहिलेसम्म राजा जयप्रकाश मल्लको नुन खाइहालेँ । यसैले नुनको सोझो गर्दै आफ्ना राजाका निम्ति मरिमेट्नेछु, महामण्डल हजूरलाई यत्तिकै सुम्पन म सक्दिनँ” भनी उसले मलाई हाँक दिई पठायो ।


एक दिन कचहरीमा बसिरहेको थिएँ । त्यहीँ नै तन्द्रा लागेछ र तन्द्रामा नै म इन्द्रायणीको स्थानमा बसिरहेको रहेछु । त्यहाँ “आजको साता दिनमा ठूलो साइत परेको छ, त्यसै दिनको साइतमा हमला गरेमा नुवाकोट साध्य हुनेछ” भनी इन्द्रायणी भगवतीले भनेको सुनेँ र – “एकपटक पात्रो हेर न ज्योतिषी ! त्यस दिनको साइत कस्तो रहेछ” भनी मैले भनेँ र ज्योतिषीले पात्रो हेरे र – “आजको साता दिनको दिन बिहाउँदो शनिवार ठूलो साइत परेको रहेछ भनी उनीहरूले मलाई बिन्ती गरे र त्यही साइतमा हामी माथि महामण्डलको डाँडामा उक्लियौँ । त्यहाँ दुई पक्षका बीचमा तरवार पर्‍यो (लडाइँ भयो) र हाम्रो नुनको शेषले (गर्दा हामीबाट झुकेका) पन्तको सहयोगले गर्दा बाह्रै वर्षको उमेरमा मेरा भाइ दलमर्दन शाहले शङ्खमणि राना (गोरखा राज्यका भूतपूर्व काजी जयन्त रानाका छोरा शङ्खमणि राना)को थाप्लोमा ‘जेठी तरवार हान्यो र नुवाकोटलाई सिद्ध गरी हामीले हर्षबढाइँ गर्‍यौँ र ककनी एवं शिवपुरीमा पनि ठाना (चौकी वा किल्ला) हाली काठमाडौँ उपत्यकालाई हामीले चारैतिरबाट मोर्चा लगाएर राखिरहेका थियौँ ।


मलाई परशुराम थापा (सिन्धुपाल्चोक मूल घर भई काठमाडौँ राज्यका विद्रोही उमराव थापाका भाइ)ले ‘नेपालमा हान्न आउनू’ (आक्रमण गर्न आउनू) भनी हात दिइराखेको (स्वागतका निम्ति आक्रमण गर्न हात अगाडि सारेर आमन्त्रण गर्नु) थियो । तर उसले त्यसै वेला आफ्नो भाइलाई -“लाख-बीसी पुर्‍याउनू र बाइसे एवं चौबीसे राज्यका राजाहरूलाई उचाली गोर्खा राज्यलाई पछाडिबाट हान्न लगाउनू” भनी गोरखा राज्यभन्दा पश्चिमतर्फ पठाएको रहेछ । यो कुरा मैले थाहा पाएँ र – “त्यो अहिले कहाँ पुगिरहेको छ त ?” भनी सोद्धा त्यो अहिले पोखराको हटिया (हाट लाग्ने ठाउँ) मा डेरा गरी बसिरहेको छ” भन्ने सुनेँ । “त्यसो भए त्यहाँ गएर त्यसलाई बैठ्याएर आउन (मारेर आउन) तिमीहरूमध्ये कसले सकौला त ? भनी सल्लाह गर्दा त्यहाँ रहेका कसैले पनि यसै गर्ने भनी ठहऱ्याउन सकेन र …
मैले आफैँले यो काम त झागल गुरुङले अवश्य पनि सक्ला भन्ने निश्चय गरी उसलाई डाकी अह्राई मेरो आफ्नै कम्मरमा बाँधिरहेको ‘कोताखान’ () दिएँ र ऊ यहाँबाट गयो र त्यहाँ पुगी गाइनेको भेष धारण गरी हातमा माछा मार्ने बल्छीको टाँगो लिई काखमा सारङ्गी च्यापेर दुईचार धार्नीको सहर (माछो) साथमा लिई उसका अन्य लस्करहरू भात खान लागिरहेको समयमा उपयुक्त अवसर हेरी उसलाई बैठ्याई आएको हो । यसरी पछाडितर्फ निर्विघ्न तुल्याई नेपाल राज्यमा आक्रमण गर्नका लागि बाटो खुलाई पूर्व तथा पश्चिमका सबै जनतालाई हात लिई मैले नेपाल राज्यलाई लिएको थिएँ ।


उप्रान्त यो नेपाल राज्य भनेको दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ । आफ्नो देशदेखि उत्तरतर्फका चीनका बादशाहसित सधैँ ठूलो घा (मित्रता) राख्नू । दक्षिणतर्फका समुद्रका बादशाहसित भने घा (मित्रता) त राख्नू, तर त्यो अत्यन्त चतुरो छ । त्यसले अहिले हिन्दुस्थानलाई बलपूर्वक दबाइराखेको छ । समतल जमिनमा पनि परिरहेको छ । यसैले हिन्दुस्थानीहरू जागे भने आफूलाई त्यहाँ रहन कठिन पर्ला भनी आफ्ना निम्ति सुरक्षित किल्लाको खोजी गर्न त्यो यतातर्फ कुनै न कुनै दिन आउनेछ । यसैले आफ्ना सन्धिसर्पनहरू हेरी गढी तथा गौँडा तम्तयार तुल्याइराख्नू र बाटाबाटामा भाँजाहरू पनि हालिराख्नू । एक न एक दिन त्यो बल यहाँ अवश्य पनि आउनेछ । त्यति बेला त्यहाँ गएर लडाइँ नगर्नू, झिकेर (पहाडी प्रदेश ल्याएर मात्र) लडाइँ गर्नू ।

यसो गरे चुरे पहाडका घाँटी (भञ्ज्याङ) मा त्यो शक्ति खुबै काटिनेछ । यसो गर्न सकेमा हाम्रो पाँचसात पुस्तासम्मलाई पुग्ने खरखजाना (सैनिक सरसामान) पनि मिल्नेछ । श्री गङ्गा नदीसम्म हाम्रो देशको साँध पनि लाग्नेछ । लडाइँ गर्न सकेन भने लोलोपोतो (बाहिरी व्यवहारले मात्र मित्रता देखाउने काम) तथा अन्य अनेकौँ छलकपट गरेर भए पनि त्यो शक्तिले यहाँ आउने प्रयास गर्नेछ ।


यो नेपालको तखत (एउटा प्राकृतिक) किल्ला हो । यो किल्ला त्यसले पायो भने संसारका चारैवटा बादशाहलाई ओह्रालो लगाइदिनेछ । यथार्थमा यो राज्य ईश्वरले आफैँले नै रचना गरेको किल्ला रहेछ । शोधन गर्नुपर्ने (मर्मत सम्भार गर्नुपर्ने) रहेनछ । शिवपुरीमा- १, फूलचोकीमा- १, चन्द्रागिरिमा- १, महादेवपोखरीमा – १, पालुङमा – १, दाप्चामा – १,  र काहुलेमा – १ गरी यी सातै ठाउँमा किल्ला पनि पक्की बनाउनू ।

किल्लैपिच्छे तोप लमछट (तम्तयार) गरी राखिदिनू । माथि उल्लेख गरिएका जति पनि भञ्ज्याङ छन् तिनमा भञ्ज्याङैपिच्छे एक-एकवटा फलामे ढोका बनाई ढोकैपिच्छे एक-एकवटा तोप लमछट (तम्तयार) गरी राखिदिनू र ढोकैपिच्छे प-पाँचजना सिपाही पनि राखिदिनू । यसो गरेमा चेवा (चियो) गर्ने, चर्चा गर्ने, भाग्ने,  हराउने, ढुकुवा (बस्ने), दङ्गा फसादी (दंगा फसाद) गर्ने र खुन गर्ने (हत्यारा) हरूको पनि केही चल्नेछैन । यसो गर्न सके संसारमा रहेका चारवटै बादशाहले यहाँ एकैपटक चढाइँ गरेर आए भने पनि कसैको केही चल्ने रहेनछ ।


उप्रान्त पहिलेका राजा राम शाहले बाँधेका स्थिति (बन्देजहरू) हेरिसकेँ, राजा जयस्थिति मल्लले बाँधेका स्थिति (बन्देजहरू) हेरिसकेँ र राजा महिन्द्र मल्लले बाँधेका स्थिति (बन्देजहरू) पनि हेरिसकेँ । यसैले ईश्वरले दिए भने अब म आफैँले पनि यस्ता स्थिति (बन्देज)को बाह्र हजार घरधुरी (भएका गोर्खाली)को स्थिति (बन्देज) पनि बाँधेर जाउँला भन्ने मेरो पनि अभिलाषा थियो ।
पूर्व तथा पश्चिमका बाटा(हरू) बन्द गराई नेपालको बाटोलाई मात्र चलाइदिउँला, देशका सबैले आ-आफ्ना जातअनुसारका काम गर्नू भन्ने बन्देज पनि बाँधेर जाउँला भन्ने मेरो मनको अभिलाषा थियो । तर मेरो यो अभिलाषा मनको मनैमा रहिरह्यो ।


उपत्यकाभित्रका यी तीन शहर भनेका त चिसा ढुङ्गा जस्ता पो रहेछन् । यहाँ त खेलखाल मात्र धेरै हुँदा रहेछन् । कुवा (इनार) को पानी खानेहरूको त बुद्धि हुने रहेनछ र यस्ता मानिस शूरा पनि हुँदा रहेनछन् । यहाँ त खेलखालहरू मात्रै धेरै हुने रहेछ र मेरो मनसुवा त दहचोकको डाँडामा आफ्नो दरबार बनाउँला । दरबारका चारै दिशामा थरघरका, गुरुपुरोहितका, भैयादका, भारदारका र मिरउमरावका घर बनाई आफ्नो छुट्टै दरबार बनाउँला र उपत्यकाभित्र रहेका यी तीन शहरमा त आफ्नो दरबारबाट वेलाबखत सोखसयललाई मात्र जाउँला भन्ने अभिलाषा थियो ।


उप्रान्त विदेशका महाजन (व्यापारी) लाई पर्सागढीबाट माथितिर आउन नदिनू । विदेशका महाजनहरू हाम्रा मुलुकमा आए भने उनीहरूले यहाँका जनतालाई कङ्गाल गराई छोड्छन् । हामीले च्याँगा-पाँगा लगाएर (पहिरिएर) नै यो तीन शहर नेपाल, नौ लाख किराँत र हिन्दुपतिको राज्य पनि आर्जन गरेका थियौँ । यसैले नेपाली जनतालाई विदेशी कपडा लगाउन मनाही (निषेध) गरिदिनू । आफ्नै देशका कपडा बुन्न जान्ने मानिसहरू लगाई नमुना देखाएर सिकाउनू र बुन्न लगाउनू । यसो भए आफ्नो देशको नगद विदेश जान पाउँदैन ।

आफ्नो देशका जिनिस तथा अन्य जरिबुटी पनि विदेशतर्फ लैजानू र त्यहाँबाट नगद रकम आफ्नो देशतर्फ खैँचनू । नगद रकम जसरी हुन्छ आफ्नै देशमा खैँचिराख्नू । प्रजा मोटा (बलिया/समर्थ) भए भने दरबार पनि बलियो रहन्छ । राजाका भण्डार भनेका रैतीहरू (जनता) हुन् ।


देशमा इजारा (ठेक्का) पनि कसैलाई नदिनू । सरकारबाट नै अमानत (ठेक्कामा नदिई ज्यालादारीमा गराइने काम)मा सरकारिया तहसिल (आम्दानी असूल उपर गर्ने कार्यालय) राखी सालसालैको कच्चावारी (खुलस्त हुने गरी देखाइएको आम्दानी र खर्चको फाँटबारी) लिने गर्नू । चुनिएका राम्राराम्रा सिपाही भए पनि र भाइभारदार नै भए पनि यिनीहरू कसैलाई पनि धन दौलत कमाउन नदिनू । मानिस हेरी उनीहरूको औकातअनुसार खानपान र इज्जत मात्रै राखिदिने गर्नू । किन ? भनौला । किनभने धनसम्पत्ति भएका मानिसहरू तरबार (हरूको काम) मा पसी स्वयं मर्न र शत्रुलाई मार्न पनि अग्रसर हुन सक्नेछैनन् । यसो भएमा देशमा हरिप(शत्रु)को चमक (बोलवाला) हुने हुन्छ । सिपाही तथा अन्य भाइभारदारले पनि सोखसयल गरेनन् भने चारैखुट (दिशा)मा मेरो तरबार बज्रनेछ । देशका सिपाही का भाइभारदारहरू सोखसयलमा पसे (फसे) भने अनर्थ हुनेछ ।


यो मेरा सानो दुःखले आर्जिएको मुलुक होइन । यस मुलुकको आर्जनमा देशका विभिन्न जात तथा जातिका धेरै नागरिकको परिश्रम परेको छ । यसैले यो मुलुक सबै जात तथा जातिको साझा फूलबारी हो । सबैलाई यो कुराको चेतना भए राम्रो हुने थियो । यस फूलबारीलाई सानाठूला चार वर्ण छत्तीसै जातका जनताले समान रूपले सम्भार गर्नुपर्छ।


यो वास्तविक हिन्दुस्थान हो । यहाँका नागरिकहरूले आफ्ना कुलका परम्परागत धर्म कहिल्यै पनि नछोड्नू । आफ्ना ख्वामित्‌ (मालिक)को नुनको उद्धार सबैले गर्ने गर्नू । कालु कपर्दारका सन्तानलाई कपर्दारी (राजदरवारका खरखजानाहरूको हेरविचार गर्ने आधिकारिक व्यक्ति) को पदबाट नछुटाउनू । दक्षिण (भारत)तर्फको घा (मित्रता) राख्ने कामबाट शिवरामसिंह बस्न्यातका सन्तानलाई नछुटाउनू । भोट(तिब्बत)सँगको घा (मित्रता) राख्ने कामबाट पाँडेका सन्तानलाई कहिल्यै पनि नछुटाउनू ।

पाँडे, बस्न्यात, पन्त, भैयाद (भाइबन्धुहरू) तथा मगर आदि भाइ भारदारहरूलाई ‘माराताप’ दिँदा पनि पालैपालो गरी खान दिने गर्नू । यिनीहरू मेरा नुन तथा गुनका सोझा सेवक हुन् । ज्यानै जाने गरी बिराम गरेका भए पनि यिनीहरूलाई आफूले नमार्नू । बरु ‘माराताप’ दिएर लडाइँमा झोसिदिनू । यसरी झोसिदिँदा उसले आफ्नो जीउ जोगाई आयो भने बढिया नै भयो । मरी गयो भने पनि आफूले मार्नुभन्दा अर्कैबाट मारिएको बढिया हुन्छ। यसैले राजाले आफ्ना सेवकहरूलाई आफ्नो देशमा कहिल्यै पनि नमार्नू।  


राजाले देशमा न्याय तथा निसाफ राम्ररी हेर्ने गर्नू । मुलुकमा कुनै पनि किसिमका अन्याय हुन नदिनू । देशमा न्याय निसाफ बिगार्ने भनेका घूस दिने र घूस खाने व्यक्तिहरू नै हुन् । यी दुई थरी व्यक्तिहरूको त धन र जीउ जफत गरी लिएमा पनि पाप लाग्ने छैन । यी दुई थरी व्यक्ति त राजाका महाशत्रु नै हुन् ।
उप्रान्त जड (मुख्य) कुरा राजालाई खास चाहिने भनेका सिपाहीहरू नै हुन् । यिनीहरूका निम्ति घर र खेत मिलाइदिनू । यसो भएमा त्यस जमिनमा उनीहरूले आफैँले मलजल गर्छन् र दुवै बोटी (जग्गावालाले पाउने र जग्गा कमाउने मोहीले पाउने भाग गरी दुवै थरी भाग) आफ्नै घरभित्र हाल्न पाउँछन् । यसो भए उनीहरू कविला (जहान परिवार)को चिन्ताबाट निष्फिक्री हुन्छन् । राजदरबारमा रहे पनि गढी गौँडाको सुरक्षा गर्न राखिए पनि सिपाहीहरूको छाती बलियो (निश्चिन्त) रहने हुन्छ ।


सैनिकहरूको पजनी (थमौती वा सरुवाबढुवा) गर्दा पनि एक सय नाल (बन्दुकको नाल वा बन्दुक बोक्ने सिपाही) को ‘कम्पनी’ बनाउने गर्नू । एक सय नाल भएको कम्पनीका निम्ति एकजना सुबेदार (कम्पनीको नेतृत्व गर्ने सैनिक अधिकृत)का हिसाबले भर्ना गर्दा चारपाँच लडाइँमा जस पाइआएका व्यक्तिलाई मात्र आफूले जाँची सुबेदारको पदमा हाल्नू । सुबेदारले पनि आफूअन्तर्गत रहने ‘सातपगरी’हरू भर्ना गर्दा लडाइँमा दुईचार प्रहार खाएका अनुभवी व्यक्तिहरूलाई मात्र हेरेर सातपगरीहरूमा हाल्नू ।

‘सातपगरी’हरूले पनि आफूअन्तर्गत रहने १६ ‘हुद्दा’ (सैनिक कम्पनीको एउटा एकाइको प्रमुख) भर्ना गर्दा आफूसित मर्न र शत्रुलाई मार्न पनि तयार हुने वा नहुने राम्रोसँग जाँची योग्य देखिए मात्र भर्ना गर्नू । यसैगरी १६ हुद्दाले पनि आफूसित मर्न वा विपक्षीलाई मार्न तयार हुने वा नहुने राम्रोसँग जाँची सिपाहीमा भर्ना गरेर आ-आफ्ना ‘पट्टि’ (सैनिक सङ्गठनभित्रको एउटा एकाइ) भर्ना गर्नू । पट्टि-पट्टिमा सिपाही भर्ना गर्दा पनि खस, मगर, गुरुङ र ठकुरी यिनै चार थरी जातलाई मात्र छ्यासमिस गरी भर्ना गर्ने गर्नू । यसो गरेमा विपक्षीहरूसँग तरबारको काम आइपर्दा आफ्नो बल दह्रिलो हुने हुन्छ ।

हातहतियारहरू भिर्ने पनि यथार्थमा माथि उल्लेख भएका यिनै चार जात मात्र हुन् । यिनीहरूलाई सशक्त तुल्याएमा मात्र तरबारको काम आइपर्दा आफ्नो दह्रिलो हुने हुन्छ र यसो गरेमा वैरीहरूको त के कुरा ?  स्वयं देवराज इन्द्रको आसन पनि सजिलैसँग डगाउन सकिन्छ । हजारौँ धनु, हजारौँ पत्थरकला (चकमक तथा पत्थरबाट तत्कालै आगो निकाली बारुदमा झोसेर पड्काइने पुरानो खाले बन्दुक), हजारौँ खुँडा र हजारौँ तोप जम्मा गर्न सकिए इन्द्रको आसन पनि डगाउन सकिन्छ ।


लडाइँका काममा पनि हतियार प्रहार गर्ने तथा साथ दिने यी दुवैथरी बराबर नै हुन् । जागिर दिँदा र वितलप (कुनै किसिमको तिरो तिर्न नपर्ने एक किसिमको बिर्ता जग्गा) दिँदा पनि यी दुवै थरीलाई बराबरी गरी दिनू । कदाचित् ऊ लडाइँमा मर्‍यो भने उसको छोरो खुँडा हान्न समर्थ नभएसम्म उसको परिवारलाई ‘मरवट’ (देशको भलाइका निम्ति जीवन उत्सर्ग गर्ने व्यक्तिका सन्तानलाई जीविकाको निम्ति सरकारबाट दिइने एक किसिमको बिर्ता जग्गा) दिनू । खुँडा हान्न सक्ने भएपछि भने उसलाई जागिरमा उकालिदिनू (भर्ना गरिदिनू)। यसरी राजाले आफ्ना सैनिकहरूमाथि विवेक राखिदिए देशविदेशका सिपाही पनि नोकरीको आशा राखी यहाँ आउनेछन् र यसो भएमा तरबारिया (तरबार चलाउन सिपालु) सिपाहीहरूलाई आफ्नो हात पार्न (पाउन) सकिनेछ ।


राजाका सार (मूल तत्त्व) भनेका सिपाही तथा रैतीहरू (जनता) नै हुन् । राजाहरू चतुर भएमा सिपाही तथा रैतीहरूलाई पनि हात लिइराख्नू । यसो भएमा राज्यमा हुलकुल (हूलहुज्जत/विद्रोह) हुन पाउँदैन । आफ्ना भएका सिपाहीहरूलाई सधैँ तिखारिराख्नू । तिखारिराखेका सिपाहीहरू कसैको मुलाहिजामा पस्दैनन् र आफ्नो काम पनि फत्ते हुन्छ ।

गुरुङ, मगर, खानज्यादा (राजपरिवारका व्यक्ति), भैयाद (भाइबन्धुहरू), भारदार, मीर-उमराव (प्रमुख उमराव) र थरघरहरू पुरानापुराना जाँची घुँडा (आफ्नै घुँडाको नजिक अर्थात् राजधानीमा) र गौँडा (अन्त कतैबाट जाने ठाउँ नभई त्यहीँबाट मात्र आवत-जावत गर्नुपर्ने ठाउँ)हरूमा पनि राख्ने गर्नू. पूर्व र पश्चिमका खस एवं बाहुनहरूलाई दरबारमा पैठ (प्रवेश) हुन नदिनू । किन ? भनौला । बाहिरका मान्छेहरूले दरबारमा बेथिति गराउँछन् ।


राजाको हुकुम जफत (बलपूर्वक कब्जा) गरी आफ्नै अधीनमा राखिराख्नू । मैले तीन थुम (पहाडी क्षेत्रको सानो इलाका वा बस्ती)का वराह उमराव(हरू)लाई देवराज इन्द्रको बज्र जस्तै बलियो तुल्याएर राखिरहेको थिएँ । तिनीहरूलाई छुट्टै नगरा तथा निशान (फौजी झण्डा) पनि दिइराखेको थिएँ । यस्तै तिनीहरूलाई बाह्र-बीसका गाँठा (वार्षिक २४० रुपियाँ तलब) पनि बाँधिदिएको थिएँ । यसैले सल्ल्यान (गोरखा राज्यको राजधानीबाट पैदल १८ किलोमिटर जति पूर्वमा रहेको बस्ती), लिगलिग (गोरखा राज्यको पश्चिमी सिमाना चेपे नदीको किनारमा अवस्थित एउटा बस्ती), धादिङ (गोरखा राज्यको दक्षिणपूर्वी भागमा रहेको प्रसिद्ध बस्ती)का मुखको अगाडिको भागमा  जहाँ-जहाँ तिनीहरूको काम पर्दथ्यो त्यहाँ-त्यहाँ तिनीहरूले त्यस कामलाई फत्ते पारिदिन्थे र यसबाट नै मैले अहिले यस ऐश्वर्य उपभोग गरिरहेको हुँ ।


आफ्ना घर (राज्य)का पुराना सेवकहरूलाई जाँची उनीहरूलाई आफ्ना हजूरमा (समीपमा) हरदम (हर्दम/सधैँ) राखी बन्दोबस्त बाँधी आफ्नो देशलाई सदैव बलियो राख्नू । यसो भए मात्र दरबार बलियो रहन्छ । राजाहरूमा चतुर्‍याइँ भए आफ्ना सिपाही तथा रैतीलाई पनि सधैँ आफ्नो हातमा लिइराख्नू । कसैको मुलाहिजा (खुसामद)को पछि र गुनको पछि पनि लाग्न नदिनू । नुन (तलब)को पछि मात्र लगाउनू ।


उप्रान्त, टक्सार चोखो चलाउनू । अदालतमा कर्मचारीहरू भर्ना गर्दा पनि ठकुरीमध्येबाट जाँची ‘डिठ्ठा’ (मुद्दा मामिला हेर्ने अधिकारी) को पदमा राख्नू । यसैगरी मगरमध्येबाट जाँची ‘बिचारी’ (अदालतमा मुद्दा मामिलाको छानबिन गर्ने अधिकारी)को पदमा थपना गर्नू । कचहरी (न्याय निसाफ सम्पादन गर्ने सभा)पिच्छे एक-एकजना पण्डित राखी न्यायशास्त्रबमोजिम अदालत चलाउनू । अदालतका पैसा दरबारभित्र नहुल्नू (नछिराउनू) ।

बरु फकिर (घरगृहस्थी त्यागेका निर्धन व्यक्ति), फकिडा (भीखमङ्गा गरीब व्यक्ति), जोगी-योगी, अतिथि, जोगी (योगी), सन्न्यासी (सांसारिक प्रपञ्चदेखि विरक्त भएर घरगृहस्थी त्यागेका व्यक्ति) र ब्राह्मणहरूलाई दक्षिणा एवं भोजनका लागि प्रयोग गरिदिनू । उब्रिएको पैसा पनि दक्षिणाका निम्ति चढाई धोती र रुमालका निम्ति चलाइदिनू (खर्च गरिदिनू) । यसो भए असत्यको दोष लाग्नेछैन ।


खानी भएको ठाउँमा गाउँ बसिरहेको भए त्यस गाउँलाई अरू ठाउँमा सारेर भए पनि त्यहाँ रहेको खानी चलाउनू । यस्तै खेत बन्न सक्ने जग्गामा घरहरू बसिरहेका भए ती घर उपयुक्त ठाउँमा सारी कुलो काटेर खेत बनाई आबाद गर्ने गर्नू ।

उप्रान्त पहिले कुनै वेलामा भक्तपुर राज्यका राजा रणजित मल्लले हात दिन (स्वागत गर्न हात अगाडि बढाउनु)मा पसी मलाई आफ्नो देशमा झिकाएका (बोलाएका) र पछाडि भने दगा (धोखा) दिएका थिए । यस अवस्थामा ठूलो दुःख (निकै परिश्रम) गरी मैले पछाडितर्फ शुद्ध (निरापद) लगाएर मात्र नेपालमाथि चारैतर्फबाट मोर्चा (सैनिक सङ्घर्षको निम्ति बनाइने ठूलो आड) लगाइदिएको थिएँ ।


राजा जयप्रकाश मल्लले आफ्नो मतलब (स्वार्थ) का निम्ति दक्षिणतिर (भारततर्फ)बाट ‘नागा’ (खरानी घसेर सधैँ निर्वस्त्र रहने तियारधारी एक थरी सन्न्यासी सैनिकहरूलाई) झिकाएका थिए । मैले ती सबै नागा सैनिकहरूलाई नेपालभित्र पस्न नै नदिई सात-गाउँ (खड्पु, पनौती, चौकोट आदि बनेपाका असपासमा रहेका सात गाउँ) भित्र नै रगतले भिजाइदिएको (मारेको) थिएँ ।

यसैगरी ‘कासिम-अलि खाँ’ (बङ्गालका नवाफ मीर कासिम) पनि मकवानपुरगढीमा चढ्यो र एक सय बीसजना खुँडाधारी सैनिक पठाएर त्यसलाई काटी (छिन्नभिन्न पारी) त्यसका सैनिकहरूलाई त्यहाँबाट घर्काई (लखेटी) आफ्नो देशको सिमानाभन्दा पारिपट्टि कटाएर आएको थिएँ । यस घटनाको केही वर्षपछि तीनचार पल्टन लिई सिन्धुलीगढीमा ‘हार्डिङ’ (मेजर किनलकका साथ नेपालमा आक्रमण गर्न आएका निजामती अधिकृत) अङ्रेज साहेब पनि चढ्यो र त्यहाँ पनि उसका सैनिकहरूलाई काटी उसका पत्थरकला (चकमक वा पत्थरबाट आगो पारी लुँडोमा सल्काएर त्यसैको सहयोगले चलाइने एक किसिमको बन्दुक) त्यहाँबाट खोसेर ल्याएको थिएँ । त्यति नै वेला लखनउबाट तीनजना मुसलमान कालिगडहरू मेरो चाकडीका निम्ति नुवाकोटमा पिछा पर्न आएका थिए ।

कासिम-अलि खाँ तथा अङ्रेजहरूसँगबाट खोसेर ल्याइएका यिनै बन्दुकहरूको तुल-कलायत (सञ्चालन कौशलको काम) तिनै मुसलमानले जानेका रहेछन् र ‘शेख-जोराबर’, ‘ममतकि’ र ‘भेखार्सिङ’ नाम भएका यी तीनैजना मुसलमानलाई मैले पल्टनमा अजिटनी (सेनामा सहायक स्तरको अधिकृत) दिएर राखेको थिएँ र यिनीहरूकै सहयोगबाट आफ्नो देशमा तिलङ्गा (बन्दुकधारी सैनिकहरूलाई) सधाएको हुँ ।


नेपालको किताब (वंशावलीहरू) हेर्दा (यो देश) तुर्काना (तुर्कहरूको अधिकार भएको भूभाग), मगराँत (मगरहरूको आबाद रहेको क्षेत्र) तथा मुगलाना (मुगलहरूको प्रशासन रहेको क्षेत्र) पनि हुन्छ भन्ने लेखिएको रहेछ । यसमध्ये तुर्कना अगाडि नै भइसकेको रहेछ । मगराँत हुनेछ भन्ने भनाइको सम्बन्धमा मगराँतको राजा म नै हुँ । यसैले यो दोष पनि अहिलेसम्म मेटिइसकियो । एकपटक मुगलान बन्छ भन्ने भनाइको दोष मेट्न मैले आफ्नो राज्यमा भएका थुमहरूमध्ये आधा थुम मासेर (खर्च गरेर) भए पनि मुगलानामा जस्तै यहाँ पनि सेनाका कम्पनीहरू जमाएको (गठन गरेको) हुँ । यसैअनुसार आधा खुँडा बोक्ने र आधा पत्थरकला बोक्ने सैनिकहरू बनाएको हुँ ।


एक सय नाल (बन्दुकको नाल वा बन्दुक बोक्ने सिपाही)को एक कम्पनीको हिसाबले सैनिकहरूको संगठन गर्दा यस्तो कम्पनी छरितो हुने रहेछ र यसो भएमा एक सय नालको कम्पनीले एक हजार जवानसम्मलाई पनि सजिलै भ्याउने (पर्याप्त हुने) रहेछ । किल्लाकिल्लापिच्छे एकएक कम्पनी (सैनिकहरू) राखी उनीहरूको खान्गीका निम्ति ‘गर्खा'(गाउँहरूको समूह) बाँडिदिनू र जगेडामा रहेका सैनिकहरूको लगत बाँधी जीविका चलाउन आवश्यक समुचित अन्नपात वा खर्च नियमित रूपमा भरिराख्ने (दिइराख्ने) गर्नू ।


उप्रान्त मलाई एउटा गम्भीर कुराको सन्देह लागिरहेको छ। कुन कुरा भने – नेपालबाट मुगलाना (मुगलहरूबाट शासित देश- भारत) नजिकै रहेछ । त्यस ठाउँमा छोकडा (व्यभिचार कर्ममा संलग्न केटा) तथा पत्रिया (पात्तर वा निर्लज्ज भएर पात्तिने व्यक्ति) पनि धेरै हुँदा रहेछन् । हाम्रा नवयुवाहरू त्यस्ता ठाउँमा पुगी चित्रकारी गरिएका कोठामा पुगेर ढोलक एवं सितारका राग (गीतको मनमोहक धून) तथा तान (स्वरसाधना) मा भुल्लान् कि भन्ने मलाई अहिले ठूलो चिन्ता लागिरहेको छ ।

राग तथा तानहरूमा मानिसको ठूलो मोह (आसक्ति) रहेको हुन्छ र राग तथा तानका यस्ता जमघटमा दौलत (सम्पत्ति) का थैली पनि प्रशस्त मात्रामा खोलिने हुन्छ । यसले गर्दा आफ्ना देशका भेद पनि तिनीहरूले सजिलैसँग लैजाने गर्छन् र आफ्नो देशमाथि हरिप (शत्रु)हरू दगा (विश्वासघात) गर्ने गर्दछन् ।


यसैले राग तथा तानको अभ्यास देशमा कसैले पनि नगर्नू । छोकडा, पत्रिया तथा गायक यी तीन थरी जातलाई त पहाडतर्फ आवतजावत गर्ने बाटो पनि कसैले नखोल्नू । अथवा केही गरी खोलिहाले पनि फागु पर्वसम्मलाई एकदुईजना गरी झिकाएर तिनीहरूलाई चाँडै यहाँबाट बिदा गराइदिनू । यसो गरेमा उनीहरूले हाम्रो देशको भेद पनि पाउनेछैनन् ।

हाम्रो आफ्नो सोखसयललाई त आफ्नै शास्त्रहरू (नाट्यशास्त्र) अनुसारका तीन शहर नेपाल (काठमाडौँ, भक्तपुर र ललितपुर) का नेवार (काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दा)का नाच झिकाई हेरे पनि हुन्छ । यिनीहरूलाई त दिएको पनि आफ्नै देशमा सुरक्षित रहने हुन्छ । यसो भए आफ्नो देश पनि अगम्य (गमन गर्न नसकिने/भेद पाउन नसकिने) रहने हुन्छ ।

पृथ्वीकालीन एवं प्रचलित भाषामा
प्रथम पृष्ठ


 ‍‍‍‍‍‍‍‍  उपदेशको मूल पाठ (गाढा अक्षरमा)
   स्वस्ति श्रीगणेशाय नमः॥ ॥श्रीकालिका सहाः॥ ॥श्री ३ सिव गोरषनाथ सहाः॥ ॥श्री ५ प्रिथिनारायण सहा:॥ ॥

   ॥श्रीश्रीश्री ५ वुढा महाराजाले तिन सहर नेपाल र हिंडुपतिको राज लियापछि पछिल्लापटक् नुहाकोटमा पाउलाग्नुभयामा गुरुप्रोहित थरघर१० भैयाद भारादार् र आफ्ना ददा११ सुरथसिं राना१२ सवैका वुढापाकाछेउ हुकुम भयाका कुरा१३.

नेपाली भाषाको प्रचलित रूप
स्वस्ति श्रीगणेशाय नमः । श्री (गोरख) कालिका (हाम्री) सहाय (क भएर रहून्) । श्री ३ शिव(स्वरूप) गोरखनाथ (हाम्रा) सहाय (क भएर रहून्) । श्री ५ पृथ्वीनारायण (शाह पनि हाम्रा) सहाय (क भएर रहून्) ।

श्री ५ बूढा महाराज (पृथ्वीनारायण शाह)ले तीन शहर नेपाल र हिन्दूपतिको राज्य (समेत) लिएपछि पछिल्लो पटक नुवाकोटमा पाउ लाग्नुभए (को समय)मा गुरुपुरोहित, थरघर, भैयाद, भारदार (तथा) आफ्ना ददा सुरथसिंह राना (समेत) सबै बूढापाकाका समक्ष (उहाँबाट) हुकुम भएका कुरा :-

प्रचलित रूप
(१. श्री कालिका सहाय- २. श्री ३ शिवगोरखनाथ सहाय- ३. श्री ५ पृथ्वीनारायण शाह   ४. बूढा महाराज  ५. तीन शहर नेपाल   ६. हिन्दूपति   ७. पछिल्लोपटक   ८. नुवाकोट  ९. पाउ लाग्नु भएमा   १०. थरघर – वि. सं. १६१६ मा गोरखा राज्य स्थापना गर्न सहयोग गर्ने गणेश पाँडे, नारायण अर्ज्याल, सर्वेश्वर खनाल, भगीरथ पन्त, गंगाराम राना र केशव बोहोराका सन्तान- छथरी  ११. बाल्य अवस्थामा स्याहार तथा सम्भार गर्न भनी राखिएका व्यक्ति   १२. सुरथसिं राना- श्री ५ पृथ्वीनारायण शाहका ददा कपर्दार  १३. विचार )


वुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सवैछेउ सुनाइ गयाको या तम्रा सन्तान लाई सुनाउला र तम्रा सन्तान ले हाम्रा सन्तान ला सुनाउनं र यो राजे थामि षानन्

॥ उप्रान्तः ॥ हाम्रा मुमाहरू तिन हुन्. हामी तिन षोपिका पाँच पाण्डुव़ाको अव़तार भयाका थिञु. मेरा विवाहा मकुव़ानपुर१० मा भयाको थियो. डोला११ सुम्पेको थियन. र… 

“बूढा(हरू) मरे (अनि) भाषा(हरू) सरे,” – भनी भन्छन् । (यसैले अहिले) तिमीहरू सबै (का) सामुमा सुनाएर गएमा (तिमीहरूले) तिम्रा सन्तानलाई सुनाउला, तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र (हाम्रा सन्तानले यस राज्य(लाई) थामेर खान सक्लान् (भनी तिमीहरूलाई अहिले यी उपदेश दिन लागिरहेको छु)।
उप्रान्त हाम्रा मुमाहरू तीन (वटी) हुन् । हामी तीन (वटा) खोपीबाट (गरी) पाँच पाण्डवका अवतार (जस्तै) भएर जन्मिएका थियौँ । मेरो विवाह मकवानपुर (राज्य)मा (सम्पन्न) भएको थियो । डोला (भने त्यहाँबाट) सुम्पिएको थिएन ।

(१. बूढा मरे भाषा सरे २. तिम्रा ३. हाम्रा ४. सुनाउनन् ५. राज्य ६. खालान् ७. तीन मुमाहरू ८. खोपी ९. पाँच पाण्डव १०. मकवानपुर  ११. डोला)


-डोला पनि लैयाउ नेपाल पनि देषि आउ भनि मकुव़ानपुर गञु र पुग्यपछि दिकवन्द सेनलाई यवटा कुराको करेउलिलिएर भने. यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला. दिन्न भन्या काढि तरव़ारसित पनि लैजाला भनि हाक पारि. नेपाले राजा१० ले चिन्नन् र पक्रनन् भनि स्याषु११ व़ढि१२ रापति१३का तिरैतिर. भानु जैसि१४ कुलानन्द जैसि१५ अरू थरघर१६ पनि साथैमा थिया.

(यसैले) डोला पनि लिएर आऊँ (र) नेपाल पनि हेरेर आऊँ भनी हामीहरू मकवानपुर (राज्य)मा गयौँ र (त्यहाँ पुगेपछि युवराज) दिग्बन्धन सेनलाई एउटा कुरामा करेउली लगाएर (मैले) भनेँ- “एकदन्ता हात्ती र नौलाखी हीराको हार दिन्छौ भने डोला पनि लिएर जाउँला, दिन्न (भन्दछौ) भने तरबार चलाएर भए पनि लिएर जाउँला” भनी उनलाई हाँक दिएर नेपाली राजाले चिन्लान र पक्रलान् भनी स्याखुँ ओढी रापती (नदी)को तीरैतीर भानु ज्योतिषी, कुलानन्द ज्योतिषी (तथा) अरू थरघर (हरू) पनि साथैमा (रहेका) थिए ।

(१. ल्याऊँ  २. देखेर  ३. गयौँ  ४. दिग्बन्धन सेन  ५. करकाप-अड्डी  ६. एकदन्ता हात्ती  ७. नौलाखी हीराको हार  ८. काढी तरवारसित  ९. हाँक  १०. नेपाले राजा  ११. स्याखुँ -ऊनले बनेको राडी जस्तो एक प्रकारको घुम   १२. ओढेर  १३. राप्ती  १४. भानु ज्योतिषी  १५. कुलानन्द ज्योतिषी १६. थरघर)


चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन्हो भनि सुध्याञा र त्यो भादगाउ हो. त्यो पाटन् हो. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरा मनमा इ तिन सहरको राजा हुन पाया ता हुदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.

उसै वेलामा उ दुवै जैसिले भने. हजुरको मनकान्छ्या अविलाष् पुग्ला महाराजा भन्या र मलाई आसर्जे लाग्यो र मेरा पेटका कुरा कसोगरि जानेउ र तेस्व भनेउ. भनि मैले भन्दा. जसै नेपाल मा नजर दिनुभयोथ्यो. उसैवेला मोच१०मा वाहुलि डिदा११ मनमा नेपाल को राजा हुन पाया ता हुदो हो भन्या…

-(त्यहाँबाट) चन्द्रागिरि (को डाँडा)मा आइपुगेपछि – ‘नेपाल भनेको कुन हो ?” भनी सोध्दा उनीहरूले “यो भादगाउँ हो, त्यो पाटन हो र त्यो काठमाडौँ हो’ भनी देखाए र (त्यति वेला) मेरो मनमा यी तीनवटै शहरहरूको राजा हुन पाए त हुँदो हो’ भन्ने मनमा परिरहेको थियो । त्यति नै वेला ती दुवै ज्योतिषीले “हजुरको मनोकाङ्क्षा (तथा) अभिलाषा (अवश्य) पुग्नेछ महाराज !” भनी भने र मलाई (उनीहरूको यस भनाइबाट) आश्चर्य लाग्यो र – “मेरा मनमा रहेको कुरा (तिमीहरूले) कसरी जान्यौ र यसो भन्यौ?” भनी मैले सोद्धा (उनीहरूले भनेका थिए)- “जब हजूरबाट तीन शहर नेपालमाथि नजर दिइबक्सेको थियो त्यसै वेला (हजूरबाट आफ्नो) जुँगामा बाहुली लिँदा हजूरको मनमा नेपालको राजा हुन पाए त हुँदो हो भन्ने…..

(१. चन्द्रागिरि  २. सोधेँ  ३. मनोकाङ्क्षा  ४. अभिलाषा  ५. आश्चर्य  ६. पेटका कुरा- मनका कुरा   ७. जान्यौँ   ८. त्यसो   ९. भन्यौ  १०. मूछ- जुँगा   ११. दिँदा)


जस्तो परेछ भनि विन्ति हजूरमा गर्‍याकै हो भने र यो कुरा पुग्ला भनि मैले भन्दा. हजूरले गौ व्रह्मान अतित फकिर देउदेवता को मानिता वहुतै राषनु भयाको छ. हाम्रा हातमा पनि सरसोति को र्दान छ. हजूरलाई नेपालको राज वस्य हुनेछ भने र. थांकोट्को ठुलो भन्‌ज्यान्१० काटि रातदिन गरि कल्ल्हारिघाट११ तरि धादिंन्१२ उक्लेउ१३ र. चेप्या१४को षावा१५ लिग्‌लीग्‌को१६ आड१७ गरि राषेका मेरा तिन विर छन्. तिनलाई बोलाहाट१८को रुका१९ लेषन जैसि भन्दा...

– जस्तो परेछ भन्ने (जानकारी हुन आएकाले) हजुरमा (यस्तो) बिन्ती गरेका हौँ?” भने र – “(उसो भए मेरो मनमा रहेको) यो कुरा पुग्ला” त भनी मैले सोध्दा (उनीहरूले मलाई भनेका थिए- हजूरबाट गाई, ब्राह्मण, अतिथि, फकीर र देवदेवताहरूको (पनि) मान राखिबक्सिएको छ, हामीहरूको हातमा पनि सरस्वतीको वरदान छ । (यसैले) हजूरलाई नेपालको राज्य अवश्य (प्राप्त) हुनेछ भनेका थिए ।

(यसपछि) थानकोटको ठूलो भञ्ज्याङ काटी रातदिन गरी (त्रिशूली नदीको) कल्लेरीघाट तरेर धादिङमा उक्लियौँ र ‘चेपे’ (नदी खावा (तथा) ‘लिगलिग (गढी)को आड गरी राखिएका मेरा तीन (जना वीर (यहीँ नै) छन्, तिनीहरूलाई बोलावटको रुक्का लेख्नुपर्‍यो (लेख त) ज्योतिषी” (भनी मैले) भन्दा :-

(१. ब्राह्मण  २. अतिथि  ३. फकीर  ४. देवीदेवता  ५. मान्यता  ६. सरस्वती  ७. वरदान  ८. अवश्य  ९. थानकोट  १०. भञ्ज्याङ  ११. कल्लेरी घाट  १२. धादिङ  १३. उक्लियौँ  १४. चेपे  १५. खावा  १६. लिगलिग  १७. आड  १८. बोलावट  १९. रुक्का- राजा वा युवराजका तर्फबाट लेखिने पत्र।)


तिनको नाम के हो भनि सुध्यायार रणजित् बस्न्यात्. मानसिं रोकाहा विरभद्र पाठक् मैधिमा रात दिन गरि आइपुक भनि लेषी पठाञा आइपुगे र तिनछेउ यकान्त गऱ्यां (र) भने –

दि
कवन्द सेन सित हाक दि आञा. नेपाल पनि देषि आञा हान्नाको मनसुवा पनि राषी आञा. तिमिहरू क्या भन्छौ भनि मैले भन्दा. हान्नुहवस् महाराजा भनेर सल्लाहा दिया र मैले भने. म जसै अर्काको छत्रभङ्ग गर्न जांछु मेरो छत्रभङ्ग गर्न अर्को आयो भन्या कसो होला भनि मैले भन्दा हजुरका हातिहउवा ई बाइसी१० चौबीसी११ आयो भन्या चेप्या१२मा रगतको नदी बहाउला महाराज भन्या र

“तिनीहरूको नाम केके हो त ?” भनी (उनीहरूले) सोधे र (मैले तिनीहरूको नाम) रणजित बस्न्यात, मानसिंह रोकाया र वीरभद्र पाठक” (भनी जवाफ दिएपछि तिनीहरूले)- “रातदिन गरी (यहाँ) मैधी (तुरुन्तै) आइपुग’ भनी लेखी पठाए र (यसै रुक्का अनुसार तिनीहरू यथा समयमा मकहाँ आइपुगे) र तिनीहरूसँग एकान्त (मा छलफल गरेँ) र भनेँ,

“(मैले) दिग्बन्धन सेनलाई हाँक दिएर आएँ, नेपाल पनि हेरेर आएँ, (त्यसलाई) हान्ने मनसुवा पनि राखेर छु, (यसमा) तिमीहरू के भन्छौ त ?”  भनी सोध्दा (उनीहरूले)- (हान्नुभए हुन्छ) हान्नुहोस् महाराज! भनी (मलाई) सल्लाह दिए र मैले तिनीहरूलाई – म जब अर्काको छत्रभङ्ग गर्न (भनी अगाडि सरेर) जान्छु (त्यसै वेला) मेरो छत्रभङ्ग गर्न अर्को (व्यक्ति) यहाँ आइदियो भने कसो होला ?” भनी सोद्धा (तिनीहरूले) -‘हजूरका हात्तीहौवा बाइसे तथा चौबीसे (राज्यका राजाहरू यहाँ) आए भने चेपे (नदी)मा रगतको नदी (नै) बगाइदिउँला महाराज! भने र

(१. सोधे  २. रोकाया  ३. मैधी  ४. एकान्त  ५. दिग्बन्धन सेन  ६. हान्नु  ७. मनसुवा  ८. छत्र-भङ्ग-वैदिक परम्परामा छत्र, ध्वज, चामर र धनु- यी राजाका चिह्न हुन्थे। यीमध्ये कुनै एक भङ्ग-भाँचिनु भनेको हार हुनु बुझिन्थ्यो   ९. हात्तीहौवा  १०. बाइसे  ११. चौबीसे  १२. चेपे  १३. गयौँ)


यकान्तबाट उठि गोर्षा गयउ र पुगेपछि मामाज्यू पनि निलकंण्ठ पसुपतिको दर्सनलाई देउघाटको बाटो गरि जानुभयाको रहेछ. निलकंण्ठ पसुपतिको दर्सन भयापछि. श्रीगोरषनाथको दर्सनलाई गोर्षा आउनुभयो र दर्सन भयापछि मसित भेट भयो र मैले भन्या. “मामाज्यू मकुव़ानपुर पनि पुगीआञा. नेपाल पनि देषि आञा. हान्नाको मनसुवा पनि राषि आञा. कति कुराले मेरो काज फत्ये होला. अर्ति बक्सनुभया हुँदो हो” भनि मैले भन्दा मलाई पनि पञ्चरात्रिमा द्रिष्टान्त भयो. हामीले देष्‌ता पाच पाण्डुव़ा१०को अव़तार भया जस्तो लाग्दछ. कुरुक्षेत्र११को मेला नभै नेपाल फुट्ने१२ छैन.

– (यसमा हजूरले कुनै पनि किसिमको धन्दा मान्नुपर्दैन भनी) भनेर (त्यसपछि) एकान्त (स्थल)बाट उठी (हामीहरू) गोर्खा गयौँ र (त्यहाँ) पुगेपछि मामाज्यू पनि भगवान् नीलकण्ठ (गोसाइँस्थान) र भगवान् पशुपति (नाथ)को दर्शन (गर्न) भनी देवघाटको बाटो गरी जानुभएको रहेछ र (भगवान्) नीलकण्ठ तथा पशुपति (नाथ)को दर्शन (पूरा) भएपछि श्री गोरखनाथको दर्शन गर्न गोरखा (पनि) आउनुभयो र दर्शन भइसकेपछि (उहाँको) मसँग भेट भयो र मैले सोधेँ :-
“मामाज्यू ! मकवानपुर पुगेर आएँ, नेपाल पनि हेरेर आएँ, (नेपाल) हान्ने मनसुवा पनि राखेर आएको छु, (अब के) कति कुराले मेरो (यो) काम फत्ये होला ? (यस सम्बन्धमा) अर्ती बक्सनुभए हुँदो हो’ भनी भन्दा (उहाँले) – “मलाई पनि पञ्चरात्रिमा दृष्टान्त भएको छ । हामी(हरू)ले देख्दा (तपाईं पाँच भाइहरू) पाँच-पाण्डवको अवतार (हुनु) भएको जस्तो लाग्छ । (उहिले) कुरुक्षेत्र (मा घटे)को मेला (जस्तै अहिले यहाँ पनि ठूलो मेला) नभई नेपाल (राज्य) फुट्ने (लक्षण) छैन ।

(१. मामाज्यू- पाल्पाली राजा गन्धर्व सेनका पुत्र उद्योत सेन  २. नीलकण्ठ- गोसाइँकुण्डस्थित नीलकण्ठ महादेव  ३. पशुपतिनाथ   ४. देवघाट  ५. गोरक्षनाथ  ६. कार्य   ७. फत्ते  ८. पञ्चरात्र -आइपुगेपछिका पाँच रात  ९. दृष्टान्त – उदाहरण १०. पञ्चपाण्डव  ११. कुरुक्षेत्र  १२. फुट्नु)


लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ. मेरा साथमा चार जातका सिपाहि छन्. इन्मा कस्को सवार गऱ्या चाडो काज फत्य होला भनि सोद्धा. के के जात छन् भनि सोधनुभयो. बाहुन् षस१० मगर११ ठकुरि१२ इनमा कस्को सवार गऱ्या चाडो काज फत्य होला भनि सोद्धा. बाहुन्‌को सवार भन्याको बयेल१३ हो. पातक्१४ लाग्छ. ठकुरिको सवार भन्याको सिंघ१५ हो. पछाडि दगा हुन्छ. मग्र१६ को सवार भन्याको टागन् घोडा हो. ढिलो हुन्छ. षसको सवार भन्याको ताजि१७ तुर्कि घोडा१८ हो. षसको सवार गऱ्या चाडो होला भन्या जस्तो लाग्छ भनि अरू ढेरै१९ कुराको अर्ति दि जानुभयोथ्यो.

-लमजुङ (राज्य) भनेको गरुड (जस्तो) हो, गोरखा (राज्य) भनेको सर्प (जस्तो) हो (र) नेपाल भनेको भ्यागुता (जस्तो) हो (भन्ने लाग्छ । यसैले सबैभन्दा) पहिले हामीले गरुडको आँखा छल्नु (पर्छ) तब(मात्र) सर्पले भ्यागुतो खान पाउँछ’ (भनी उहाँले मलाई सल्लाह दिनुभयो र यसपछि मैले उहाँलाई) -“मेरा साथमा चार जातका सिपाहीहरू रहेका छन् । यिनीहरूमध्ये क-कसको सवारी गरेमा मेरो काम चाँडै फत्य होला?” भनी सोध्दा उहाँले- “तपाईंका साथमा कुन कुन जातका सिपाही रहेका छन्” भनी सोध्नुभयो र (मैले) “मेरा साथमा बाहुन, खस, मगर (तथा) ठकुरी (गरी चार जातका सिपाहीहरू रहेका छन्), यिनीहरूमध्ये ककसको सवारी गरेमा (मेरो काम) चाँडै फत्य होला ?” भनी सोध्दा “बाहुन(हरू) को सवारी (गर्नु) भनेको बयलको सवारी गर्नु (जस्तै) हो, यसो गरेमा पछि पातक लाग्छ, ठकुरी(हरू)को सवारी (गर्नु) भनेको सिंह(को) सवारी गर्नु जस्तै हो, (यसो गरेमा) पछाडि दगा हुन्छ, मगर(हरू) को सवारी (गर्नु) भनेको टाँगन घोडा (को सवारी गर्नु जस्तै) हो, (यसो गरेमा) ढिलो हुन्छ । खस(हरू)को सवारी (गर्नु) भनेको ‘ताजी’ तुर्की घोडाको सवारी गर्नु जस्तै हो । (यसैले) खस(हरू)को सवारी गरेमा नै आफूले आँटेको काम) चाँडो (फत्य) होला जस्तो (मलाई) लाग्छ” भनी (उहाँले) अरू धेरै कुराका अर्ती दिएर जानुभएको थियो ।

(१. लमजुङ  २. सर्प  ३. अघि  ४. आँखा  ५. पाउँछ  ६. यिनमा  ७. सवारी  ८. कार्य  ९. बाहुन  १०. खश/खस  ११. मगर  १२. ठकुरी  १३. बयल-गोरु  १४. पातक-पाप  १५. सिंह  १६. मगर  १७. ताजी- ताजकिस्तानमा पाइने घोडाको एक जात   १८. तुर्की- तुर्किस्तानमा पाइने घोडाको एक जात  १९. धेरै)


यिनै अर्ति लिञा र म्‌जुंग्या राजा रिपुमर्दन् साहसित भेट गर्न भनि गयां र चेपे घाटमा भेट भयो र घाहा घरेस्का बात गर्दा जौना कुराले घाहा बाधुला भंने जढ कुरो मेरो पेटमा थियो सोहि जढ कुरो कालु पाडेले गऱ्यो र घाहा बलियो बस्यो र मलाई आसर्जेलाग्यो र. तर मलाई ता रिझायो. दुनिञा१० स्‌देषी राजि रहन्छन् उसैलाई कजाई दिनु भन्ने सास्त्रमा११ पनि कहेको छ. दुनिञामा बुझिहेरूं भनि बुझि हेर्दा दुनिञाबाट पनि कालु पांडेको चाहा१२ रहेछ र ….

-(उहाँका) यिनै अर्ती (मैले मनमा) लिएँ र लमजुङे राजा रिपुमर्दन शाहसित भेट गर्न भनी (लमजुङ राज्यतर्फ जाँदा) चेपे (नदीको) घाटमा उनीसँग भेट भयो र (उनीसँग बसी) घा एवं घरायसका कुरा गर्दा जुन कुराले (लमजुङे राजासित आफ्नो देशको) घा बाधुँला भन्ने जड कुरा मेरो मनमा थियो, त्यही कुरा कालु पाँडेले (पनि) गर्‍यो र (त्यसैअनुसार लमजुङ राज्यसँग हाम्रो देशको) घा बलियो बस्यो र (यसबाट) मलाई आश्चर्य लाग्यो । मलाई त रिझायो, जसदेखि दुनियाँ राजी रहन्छन्, त्यसलाई (नै) कज्याइँ दिनु भन्ने शास्त्रमा पनि भनिएको छ, (यसैले सर्वसाधारण) दुनियाँमा (पनि यस सम्बन्धमा एकपटक) बुझेर हेरूँ (न त) भनी बुझी हेर्दा दुनियाँमा पनि कालु पाँडेको (नै) चाहना रहेछ र…..

(१. चेपे-घाट  २. घा- दौत्य सम्बन्ध/मित्रता  ३. घरायस- घर सम्बन्धी- यहाँ देश सम्बन्धी  ४. वार्ता  ५. जुन  ६. जड  ७. पेट- मन  ८. कालु पाँडे  ९. आश्चर्य  १०. दुनिञा- सर्वसाधारण जनता  ११. शास्त्र  १२. चाहना)


कालु पांडेलाई कजाई दिनुभया हामी दुनिञादारमा छाहारि रहदो हो भन्या सल्लाहा दिया र. अब बाइसि चौबिसिले क्या भन्छन् भनी बुझ्नु हुदा. बाइसि चौबिसिबाट पनि कालु पाडेकै चाहा रहेछ र कालु पाडेलाई कजाञि भया घाहा घराइस् बलियो राषन्यैछ भन्ने सल्लाह दिया. मेरो मनमा ता बिराज बषेति लाइ कजाई दिन आटेको थियो. तर ज्याधा बुद्धी कालु पांडेकै ठहऱ्यो र कालु पांडेलाई कजाञि भयाको हो. 

अब पांडे र बस्न्यात्‌को जुग बाधिदिंछु. तेरि छोरि सिवराम बस्न्यात् को छोरो केहर्सिंह बस्न्यात्लाई देउ भनि मागि बिहे गरिदिञा र पांडे बस्न्यात्‌को जुग बाधि पाडेको ढाल्१० बस्न्यात्‌को तरव़ा११ गरि नेपालमा चढाइ१२ र्‍याको हो.

“कालु पाँडेलाई कज्याइँ दिनुभएमा हामी दुनियाँदारमा छहारी रहने थियो भन्ने (सबैले) सल्लाह दिए र अब बाइसे तथा चौबीसे (राज्यका राजाहरू पनि यस सम्बन्धमा) के भन्दा रहेछन् भनी बुझिहेर्दा बाइसे तथा चौबीसे (राज्यका राजाहरू)मा पनि कालु पाँडेको नै चाहना रहेछ र -“कालु पाँडेलाई कज्याइँ भएमा (यिनले) घा (पनि) बलियो राख्नेछन्” भन्ने (उनीहरूले) सल्लाह दिए । मेरो मनमा त विराज बखेतीलाई कज्याइँ दिउँला भन्ने लागिरहेको थियो तर (विराज बखेतीको भन्दा) ज्यादा बुद्धि कालु पाँडेको नै ठहरियो र कालु पाँडेलाई कज्याइँ दिएको हो ।

अब पाँडे र बस्नेतको जोडी बाँधिदिन्छु (भन्ने विचार गरी) -“तेरी छोरी शिवरामसिंह बस्न्यात्‌का छोरा केहरसिंह बस्न्यात्‌लाई दे” भनी (कालु पाँडेसँग उसकी छोरी) मागी विवाह पनि गरिदिएँ । (यसरी) पाँडे (तथा) बस्न्यात्‌हरूको जोडी बाँधी पाँडे(हरू)को ढाल तथा बस्न्यात्‌(हरू)को तरबार गरी नेपाल (राज्य)माथि चढाइँ गरेको हो ।

(१. बाइसे/बाइसी  २. चौबीसे/चौबीसी  ३. घा-घराइस  ४. विराज बखेती  ५. ज्यादा  ६. बुद्धि  ७. युगल- जोडी  ८. शिवरामसिंह बस्न्यात  ९. केहरसिंह बस्न्यात  १०. ढाल   ११. तरवार  १२. )


उप्रान्त ॥ रणजित बस्न्यात् रोकाहा विरभद्र पाठक् इनलाई गौटान्को बिरा लिग्‌लीग्‌को आडमा राषि म पनि सल्लान्‌कोकि देवी साछ्यात् छन् भनि भन्दछन्. म पनि सायेत गरि जान्छु. भनि विदा गराया र सायेत गरि म पनि गञु र बारि मा थर्पु१० पऱ्यो र सल्ल्यानिको थरघर११ बराहा उमराउ१२ हरूसित सुधाञा१३.

माई१४को दर्सन् गर्न हुन्छ की भन्दा भित्र दर्सण१५ पुजाहारि१६ टहलुवा१७लाई मात्रै भित्र दर्सन गर्नु हुन्छ. जो हुकुम् भन्या र ढोकामा ता हुन्छ कि भन्दा ढोकामा ता हुन्छ. भन्या र साज बिह्यान१८ ढोकासम्म जाई१९ पाठ पुजा२० जप् दर्सन गर्थ्यां र

-यसपछि रणजित बस्न्यात्‌, मानसिंह रोकाया तथा वीरभद्र पाठक यी (तीनजना वीर)लाई गौटानको बिह्रौटो तथा लिगलिगको आडमा राखी म पनि सल्ल्यानकोटकी देवी साक्षात् छन् भनी (सबैले) भन्छन्, (यसैले) साइत गरी एकपल्ट म पनि त्यहाँ पुगेर आउनुपर्‍यो भनी (उनीहरूलाई त्यहाँबाट) बिदा गराएँ र साइत गरी म पनि (सल्ल्यानकोट) गएँ । (त्यहाँ) बारीमा थर्पु पर्‍यो र सल्ल्यानीका थर-घर (तथा) वराह उमरावहरूसँग (मैले) सोधेँ-

“माईको दर्शन गर्न हुन्छ कि ?” (भनी मैले उनीहरूसँग) सोध्दा- “पुजारी (तथा) टहलुवा(हरू)ले मात्र भित्र(सम्म गई) दर्शन गर्न हुन्छ, (अरूले हुँदैन), जो हुकुम !” (उनीहरूले भने) । “ढोकासम्म (गएर दर्शन गर्न) त हुन्छ कि ? भनी मैले सोध्दा- “ढोकासम्म (गएर दर्शन गर्न) त हुन्छ” (भनी उनीहरूले भने र (यसैअनुसार) साँझबिहान ढोकासम्म गई पाठ, पूजा, जप (तथा) दर्शन गर्ने गरेको थिएँ ।

(१. मानसिं रोकाया  २. गौटानको  ३. बिह्रौटो  ४. आड  ५. सल्ल्यानकोट  ६. साक्षात्  ७. साइत  ८. गएँ  ९. बारी  १०. अस्थायी छाप्रो  ११. थर-घर  १२. वराह-उमराव  १३. सोधेँ  १४. माई  १५. दर्शन  १६. पुजारी  १७. टहलुवा  १८. साँझ-बिहान  १९. गई  २०. पाठपूजा)


एक दिनका रातमा सोपना भयो र दुई हातमा दुई षड्ग लियाकी सात आठ वर्षकी कन्न्या कुसुमेपछिउराको घुगुटि पारि मछेउ आइन् र मैले सोध्या तिमी स्‌कि छोरी हौ भनि मैले भन्दा पुजाहारि राना कि छोरि हुँ भनिन् र उ दुवै षड्ग मेरा हातमा दिइन् र आरसि प्रर्मानको लाल ल्बल् गर्थ्यो षोकीलाबाट झिकी मेरा मुखसम्ममा ल्याई यो पनि निल् भनिन्. र तम्रो मनकान्छ्या पुऱ्याइदियाको छ. म पनि केही माग्छु. थपि जाउ भनि. जसै दुई पाईला गैथिन्. उसै बेलामा म पनि बिम्‌ज्यां१० र..

– (यसै अवस्थामा) एक दिनको रातमा (मलाई) सपना भयो । (त्यस सपनामा) दुई हातमा दुईवटा खड्ग लिएकी सातआठ वर्षकी कन्या कुसुमे पछ्यौरीको घुम्टी पारी मेरो छेउमा आइन् र मैले – “तिमी कसकी छोरी ह्वौ भनी सोद्धा” (उनले) “(म) पुजारी रानाकी छोरी हुँ भनिन् । उनले ती दुवै खड्ग मेरो हातमा दिइन् र ‘आरसी’ जत्रो रातो (रङको) टलपल गरिरहेको (एउटा वस्तु आफ्नो) खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई “यो पनि निल” भनी (मलाई) भनिन् र -“तिम्रो मनोकाङ्क्षा पुर्‍याइदिएकी छु, (यसैले अब) म पनि (तिमीसँग) केही (कुरा) माग्छु, (मलाई) थपेर जाऊ” भनी (उनी) जब (त्यस ठाउँबाट) दुई पाइला (जति अगाडि) गएकी थिइन्, त्यसै वेला म पनि बिउँझिएँ र..

* (१. सपना  २. खड्ग  ३. कुसुमे  ४. पछ्यौरा  ५. घुङटी-घुम्टी  ६. सोधेँ  ७. पुजारी राना-  ८. आरसी  ९. तिम्रो  १०. बिउँझिएँ)


भानु जैसि. कुलानन्द जैसि. पुजाहारि रानालाई डाक्यां र सुध्यायां. जैसिले पनि पुजाहारिले पनि ति माई हुन् दर्सन पाउनु भयछ. भने र उसै बेलामा धुप् दिप् धजा नैबेदे नित्य पुजालाई सात राग्गा सातै बोका थपि बोर्लां घाट को आम्दानी र घाटै छेउको टार माईलाई संकल्प गरि दिञा र उसै घरिको सायत गरि रात दिन गरि सरासरी आयां र सिमल्‌चौर चौतारामा थर्पु हालि बस्याको थिञा.

दावा भन्या नुहाकोट्१० को बहाना भन्या षिंच्यात्११ को कुलो काटि षेत बिराउना१२ को गरि राषाथ्यां. वेत्रावतिका वेनि इन्द्रायेनि१३ का थानमा डुंगा रि जप पाठलाई जांथ्या. ध्यान१४ भन्न्या सल्ल्यान्‌कोट्कि देवीको र इन्द्रायनि भैरवीको गर्थ्यां…..

-(त्यति नै वेला मैले) भानु ज्योतिषी, कुलानन्द ज्योतिषी (तथा)  पुजारी रानालाई (पनि) डाकेँ र (उनीहरूसँग यसको रहस्य) सोधेँ । (दुवै) ज्योतिषी तथा (त्यस मन्दिरका) पुजारीले पनि – “ती (त साक्षात्) माई (नै) हुन्, (हजुरबाट उहाँको) दर्शन पाइबक्सिएछ (बढिया भयो)” भने र त्यति नै बेला धूप, दीप, ध्वजा (र) नैवेद्य चढाएँ । नित्य पूजा (तथा विशेष पूजाका निम्ति पनि) सातवटा राँगा तथा सातैवटा बोका थप गरी बोर्लाङघाटको आम्दानी तथा घाटैको छेउमा रहेको टार (पनि) माईलाई सङ्कल्प गरेर दिएँ । त्यसै घडीको साइत गरी (त्यहाँबाट प्रस्थान गरेर) रातदिन गरी सरासर (नुवाकोटतर्फ) आएँ र (त्यहाँ) सिमलचौरको चौतारामा थर्पु हालेर बसिरहेको थिएँ ।

(यति बेला मैले) दाउ भने नुवाकोट (को गढीमाथि हान्ने तर) भने खिञ्चेतको कुलो काटी खेतहरू बिराउने (भन्ने गरिरहेको थिएँ) । बेत्रावतीमा (रहे)को बेनी इन्द्रायणीको स्थानमा डुङ्गा तरी जप तथा पाठपूजालाई (पनि त्यहाँ बराबर) जाने गर्थें । ध्यान भने सल्ल्यानकोटकी देवीको तथा इन्द्रायणी र भैरवीको (पनि) गर्ने गरिरहेको थिएँ ।

(१. सोधेँ  २. ध्वजा  ३. नैवेद्य  ४. राँगा  ५. बोर्लाङघाट  ६. टार-  ७. सङ्कल्प  ८. घडी  ९. दाउ  १०. नुवाकोट  ११. खिन्चेत-  १२. बिराउनु-  १३. इन्द्रायणी  १४. ध्यान)


महामंण्डल भनेको नुहाकोटको सवता रहेछ. महामंण्डलमा ग्यामि राना थियो. तं हाम्रा घरको ग्यामि होस्. महामण्डल छोडिदे, मछेउ आईज. भनी पठाञा हुना ता मं हजुरैको हुँ. तर जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेट्न्याछु भनि हाक पारि पठायो र. 

येक दिन कचहरिमा बस्याको थिञा. तान्रालागेछ र तान्रैमा इन्द्रायनिका थानमा बस्याको रहेछु. आजका साता दिनमा ठुलो सायेत१० छ. तेसै दिनको सायतले नुहाकोट साध्ये११ हुन्याछ. भन्याको सुन्या र पात्रो हेरन जैसि भन्यां र पात्रो हेऱ्या र आजका साता दिन विहाउडो१२ सनिश्चर वार ठुलो सायत रहेछ भनि विन्ति गर्‍या र...

– ‘महामण्डल’ भनेको नुवाकोटको सौता (जस्तै) रहेछ । महामण्डलमा ग्यामी रानाले (त्यस गढीको) सुरक्षा गरेर बसिरहेको थियो । (मैले उसलाई) “तँ हाम्रो (आफ्नै) घरको ग्यामी होस्, महामण्डल (हामीलाई) छोडिदे, (तँ) मकहाँ आइज” भनी (उसलाई बोलावटको खबर) पठाएँ र (उसले पनि) “हुनत म हजूरको नै (मानिस हुँ), तर (मैले अहिलेसम्म राजा) जयप्रकाश मल्लको नुन खाइहालेँ, (यसैले नुनको सोझो गर्दै आफ्ना राजाका निमित्त) मरिमेट्नेछु, (महामण्डल हजूरलाई यत्तिकै सुम्पन म सक्दिनँ)” भनी (उसले मलाई) हाँक दिई पठायो ।

एक दिन कचहरीमा बसिरहेको थिएँ । (त्यहीँ नै) तन्द्रा लागेछ र तन्द्रामा नै (म) इन्द्रायणीको स्थानमा बसिरहेको रहेछु। (त्यहाँ) “आजको साता दिनमा ठूलो साइत (परेको) छ, त्यसै दिनको साइतमा (हमला गरेमा) नुवाकोट साध्य हुनेछ” (भनी इन्द्रायणी भगवतीले) भनेको सुनेँ र – “(एकपटक) पात्रो हेर न ज्योतिषी ! (त्यस दिनको साइत कस्तो रहेछ)” भनी मैले भनेँ र (ज्योतिषीले) पात्रो हेरे र – “आजको साता दिनको दिन बिहाउँदो शनिवार ठूलो साइत (परेको) रहेछ भनी उनीहरूले (मलाई) बिन्ती गरे र…

(१. महामण्डल   २. सौता  ३. ग्यामी राना  ४. घर- देशको अर्थमा प्रयोग  ५. जयप्रकाश मल्ल  ६. नुन  ७. हाँक  ८. कचहरी  ९. तन्द्रा  १०. साइत   ११. सिद्ध  १२. बिहाउँदो-निक्लँदो)


उहि सायतमा महामण्डलमा उक्‌लेउ र तरव़रार पऱ्योर हाम्रा नुन्‌का सेषले झुकाई दिने पंथ बाऱ्है वर्षमा मेरा भाई दलमर्दन साहले जेठि तरव़ार रानाको थापलामा हान्यो र नुवाकोट साधे गरि बढाई गरेउ र ककनि सिवपुरि मा ठाना हालि मुर्चा लाई राषथेउ१०.

मलाई प्रसुराम थापा११ले नेपाल हान्न आउ भनि हात दिई१२ राषाथ्यो. आफ्ना भाईलाई लाषबिसि१३ पुऱ्याउनु बाइसि चौबिसि उठाई पछाडी हान्नु भनि पठायछ र मैले थाहा पाञा र कहा पुग्याको छ भनि सुधाञा र पोषराको हटिया१४मा डेरा गरि बस्याको भनि सुन्या र तेसलाई बैठाई आउन१५को सकौला भनि सल्लाह गर्दा कसैले पनि ठहराउन सकेन र...

– त्यही साइतमा (हामी माथि) महामण्डल(को डाँडा) मा उक्लियौँ । (त्यहाँ दुई पक्षका बीचमा) तरवार पर्‍यो र हाम्रो नुनको शेषले (गर्दा हामीहरूबाट झुकेका) पन्त (को सहयोगले गर्दा) बाह्रै वर्ष (को उमेरमा मेरा भाइ दलमर्दन शाहले (शङ्खमणि) रानाको थाप्लोमा ‘जेठी तरवार हान्यो र नुवाकोटलाई सिद्ध गरी (हामीहरूले हर्ष) बढाइँ गर्‍यौँ र ककनी (एवं) शिवपुरीमा (पनि) ठाना(हरू) हाली काठमाडौँ उपत्यकालाई हामीहरूले चारैतिरबाट) मोर्चा लगाएर राखिरहेका थियौँ ।

मलाई परशुराम थापाले – ‘नेपालमा हान्न आउनू’ भनी हात दिइराखेको थियो । (तर उसले त्यसै बेला) आफ्नो भाइलाई -“लाख-बीसी पुर्‍याउनू र बाइसे एवं चौबीसे (राज्यका राजाहरूलाई) उचाली (गोर्खा राज्यलाई) पछाडि (बाट) हान्न लगाउनू” भनी (गोरखा राज्यभन्दा पश्चिमतर्फ) पठाएको रहेछ । र (यो कुरा) मैले थाहा पाएँ र – “(त्यो अहिले) कहाँ पुगिरहेको छ त ?” भनी सोद्धा (त्यो अहिले) पोखराको हटियामा डेरा गरी बसिरहेको छ” भन्ने सुनेँ र – “(त्यसो भए त्यहाँ गएर) त्यसलाई बैठ्याएर आउन (तिमीहरूमध्ये) कसले सकौला त ? भनी सल्लाह गर्दा (त्यहाँ रहेका) कसैले पनि (यसै गर्ने भनी) ठहऱ्याउन सकेन र

(१. तरवार पर्नु-तरवार जुध्नु-लडाइँ हुनु   २. हाम्रो नुनको शेषले झुकाइदिने पन्त  ३. जेठी-तरवार   ४. गोरखा राज्यका भूतपूर्व काजी जयन्त रानाका छोरा शङ्खमणि राना  ५. ककनी  ६. शिवपुरी  ७. ठाना- चौकी वा किल्ला  ८. मोर्चा  ९. लगाई  १०. राखेका थियौँ  ११. परशुराम थापा- सिन्धुपाल्चोक मूल घर भई काठमाडौँ राज्यका विद्रोही उमराव थापाका भाइ   १२. हात दिनु- स्वागतका निम्ति हात अगाडि सारेर आमन्त्रण गर्नु  १३. लाख-बीसी  १४. हटिया- हाटबजार लाग्ने ठाउँ  १५. बैठाइ आउनु- हिर्काएर अर्थात् मारेर आउनु)


मैले भन्या. झागल गुरुं सक्‌ला भनि डाकी अऱ्हाई मेरो कंमरको कोताषान् दियां र गयो र पुगि गाइनेको भेष गरि हातमा बल्‌छीको टागो लि काषिमा सारंगी च्यापि २/४ धार्निको सहर लैगी अरू उसका लस्करहरू भात षान्या बषत्‌मा अवसर हेरि बैठाइ आयो र पछाडि सुद्ध गरि नेपाल षोल्याई पुरुब पछिमका दुनिञा हात गरि नेपाल लियाथ्यां ॥

– मैले (आफैँले यो काम त) झागल गुरुङले (अवश्य पनि) सक्ला भन्ने (निश्चय गरी उसलाई) डाकी अह्राई मेरो (आफ्नै) कम्मर (मा बाँधिरहे)को ‘कोताखान’ दिएँ र (ऊ यहाँबाट) गयो र त्यहाँ पुगी गाइनेको भेष (धारण) गरी हातमा (माछा मार्ने बल्छी)को टाँगो लिई काखमा सारङ्गी च्यापेर दुईचार धार्नीको सहर (माछो साथमा) लिई उसका अन्य लस्करहरू भात खान लागिरहेको समयमा (उपयुक्त) अवसर हेरी (उसलाई) बैठ्याई आएको हो । (यसरी) पछाडि (तर्फ) निर्विघ्न तुल्याई नेपाल (राज्यमा आक्रमण गर्नका निमित्त बाटो) खुलाई पूर्व तथा पश्चिमका (सबै) जनतालाई हात लिई (मैले) नेपाल (राज्य)लाई (आफ्नो कब्जामा) लिएको थिएँ ।

(१. कोताखान –   २. बल्छी-  ३. सहर- माछाको एक प्रकार  ४. लस्कर-  ५. दुनियाँ)


उप्रान्त ॥ यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ. चीन वादशाहसित ठुलो घाहा राष्‌नु. दषिनको समुन्द्रका वादशाहसित घाहा ता राषनु. तर त्यो महाचतुर छ. हिन्दुस्थाना दबाई राषेछ. सरजिमीमा परिरहेछ हिन्दुस्थाना जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्या छ. सन्धीसर्पन् हेरि गढि तुल्याई राष्‌नु र रस्ता रस्तामा भाजा हालि राष्‌नु र यक दिन त्यो बल आउन्या छ. जाइ१० कटक् नगर्नु. झिकी११ कटक् गर्नु र..

-उप्रान्त यो (नेपाल) राज्य (भनेको) दुई ढुङ्गा (बीच)को तरुल जस्तो रहेछ । (आफ्नो देशदेखि उत्तरतर्फका) चीनका बादशाहसित (सधैँ) ठूलो घा (=मित्रता) राख्नू । दक्षिण (तर्फ) का समुद्रका बादशाहसित (भने) घा त राख्नू, तर त्यो अत्यन्त चतुरो छ । (त्यसले अहिले) हिन्दुस्थानलाई (बलपूर्वक) दबाइराखेको छ । समतल जमिनमा (पनि) परिरहेको छ । (यसैले हिन्दुस्थानीहरू) जागे भने (आफूलाई त्यहाँ रहन) कठिन पर्ला भनी (आफ्ना निम्ति सुरक्षित) किल्ला(को) खोजी गर्न (त्यो यतातर्फ कुनै न कुनै दिन) आउनेछ । (यसैले आफ्ना) सन्धिसर्पनहरू हेरी गढी (तथा गौँडाहरूलाई तम्तयार) तुल्याइराख्नू र बाटाबाटाहरूमा भाँजाहरू (पनि) हालिराख्नू । एक न एक दिन त्यो बल (यहाँ अवश्य पनि) आउनेछ ।

(१. –    २. घा- मित्रता   ३. समुद्रका बादशाह-   ४. हिन्दूस्तान-भारत   ५. सरजमिन- समतल जमिन  ६. सन्धि सर्पन-   ७. तुल्याइ राख्नु- बनाइराख्नु  ८. भाँजा- भाँजो   ९. बल-शक्ति  १०. जाई-गएर अर्थात् तराईतिर ओर्लिएर   ११. युद्ध/लडाइँ   १२. झिकी-झिकाएर अर्थात् पहाडतिर बोलाएर)


चुरेघाटिमा षुपै काटिन्या छ. पाच सात पुस्तालाई षजानापनि मिल्नेछ. श्री गंगाजिको साध पनि लाग्नैछ. लडाईमा पुकेन भन्या लोलोपोतो अनेक कल-छल गरिकन पनि  

यो नेपालको तषत किल्ला हो. यो किल्ला पायो भन्या चारै बादसाहलाई वऱ्हाला लाउनैछ. (यो) इस्वरले रचना गऱ्याको किल्ला रहेछ. स्वधनुपर्ने रहेनछ. सिवपुरि, फुल्चोक्१०, चण्डागिरि११ , महादेउपोषरि१२, पालुं१३ , दाप्चा१४, काहुल्या१५, ईनमा पनि किला पकी बनाउनु. …

-(त्यति बेला त्यहाँ) गएर लडाइँ नगर्ने, झिकेर (= पहाडी प्रदेश ल्याएर मात्र) लडाइँ गर्नू । (यसो गरेमा) चुरे (पहाडका) घाँटीमा (त्यो शक्ति) खुबै काटिनेछ । (यसो गर्न सकेमा हाम्रो) पाँचसात पुस्तासम्मलाई (पुग्ने) खरखजाना पनि मिल्नेछ । श्री गङ्गा (नदीसम्म हाम्रो देश)को साँध पनि लाग्नेछ । लडाइँमा (लड्न) सकेन भने लोलोपोतो तथा (अन्य) अनेकौँ छलकपट गरेर भए पनि (त्यस शक्तिले यहाँ आउने प्रयास गर्नेछ)।

(यो) नेपालको तखत (भनेको एउटा प्राकृतिक) किल्ला हो । यो किल्ला (त्यसले) पायो भने (संसारका चारैवटा बादशाहलाई ओह्रालो लगाइदिनेछ । (यथार्थमा यो राज्य) ईश्वरले (आफैँले नै) रचना गरेको किल्ला रहेछ । शोध्नुपर्ने रहेनछ । शिवपुरी(मा)- १, फूलचोकी (मा)- १, चन्द्रागिरि (मा) – १, महादेवपोखरी (मा) – १, पालुङ(मा) – १, दाप्चा(मा) – १, (र) काहुले(मा) – १ (समेत गरी) यी (सातै ठाउँ) मा किल्ला पनि पक्की बनाउनू ।

*   (१. चुरे घाटी- चुरे पहाडको भञ्ज्याङ   २. खजाना- सैनिक साजसामान  ३. पुगेन- सकिएन  ४. बाहिरी व्यवहारले मात्र मित्रता देखाउने काम  ५. छलकपट  ६. तखत- राज्य वा हरेक दृष्टिकोणले उपयुक्त ठाउँ  ७. चारै बादशाह  ८. सोध्नुपर्ने- शोधन गर्नुपर्ने अर्थात् मर्मत सम्भार गर्नुपर्ने  ९. शिवपुरी  १०. फूलचोकी  ११. चन्द्रागिरि  १२. महादेव पोखरी  १३. पालुङ  १४. दाप्चा   १५. काहुले)


किल्लापिछे तोप लम्छट् गरि राषीदिनु र जति भन्ज्यां छन् भन्ज्यांपीछे यक यक फलामे ढोका बनाई ढोकापिछे यक यक तोप लम्‌छट् गरि राषीदिनु र पपांच सिपाहि राषीदिनु र यस्व भयापछि चेवा गर्न्या. चर्चा गर्न्या. भागन्या. नास्न्या. ढुकुवा. फसफसादि. षुनि यस्ताहरूको पनि केही चल्नेछैन. चारै बादसाही चढाइँ गरि आयो भन्या पनि कसैको केही चल्‌न्य रहेनछ.

उप्रान्त ॥ राजा राम शाह१०ले बाध्याको थिति पनि हेरिसके. राजा जयेस्थितिमल्११ले बाध्याको थिति पनि हेरिसकें. राजा महिन्द्र मल्ल१२ले बाध्याको थिती पनि हेरिसकें. इस्वर१३ले दियो भन्या म पनि यस्ता बन्देज१४को बाऱ्ह हजा१५को थिति बांधि जाला भन्या अवीलाषा१६ थियो.

-किल्लैपिच्छे तोप लमछट गरी राखिदिनू । (माथि उल्लेख जति (पनि) भञ्ज्याङ छन् (तिनमा) भञ्ज्याङैपिच्छे एक-एकवटा फलामे ढोका बनाई ढोकैपिच्छे एक-एकवटा तोप लमछट गरी राखिदिनू र (ढोकैपिच्छे) प-पाँच (जना) सिपाही (पनि) राखिदिनू । यसो गरेमा चेवा गर्ने, चर्चा गर्ने, भाग्ने, हराउने, ढुकुवा (बस्ने), दङ्गा फसादी (गर्ने तथा) खुन (गर्ने)हरूको पनि केही चल्नेछैन । (यसो गर्न सके संसारमा रहेका) चारवटै बादशाहले (यहाँ एकैपटक) चढाइँ गरेर आए भने पनि कसैको केही चल्ने रहेनछ ।

उप्रान्त (पहिलेका) राजा राम शाहले बाँधेका स्थिति (बन्देजहरू) हेरिसकेँ, राजा जयस्थिति मल्लले बाँधेका स्थिति (बन्देजहरू) हेरिसकेँ (र) राजा महिन्द्र मल्लले बाँधेका स्थिति (बन्देजहरू) पनि हेरिसकेँ । (यसैले) ईश्वरले दिए भने (अब) म (आफैँले) पनि यस्ता (स्थिति) बन्देजको बाह्र हजार घरधुरी (भएका गोर्खाली)को स्थिति (बन्देज पनि) बाँधेर जाउँला भन्ने (मेरो पनि) अभिलाषा (रहेको) थियो ।

*   (१. लमछट्- सन्नद्ध अर्थात् तम्तयार  २. भञ्ज्याङ –  ३. सात भञ्ज्याङ  ४. फलामे ढोकाहरू-  ५. चेवा गर्ने-चियो गर्ने  ६. नास्ने- नोक्सान गर्ने/बिगार्ने  ७. ढुकुवा-  ८. फसादी- दङ्गा फसाद गराउने उपद्रवी  ९. खुनी- खुन गर्ने/हत्यारा  १०. राजा राम शाह   ११. जयस्थिति मल्ल  १२. महिन्द्र मल्ल   १३. ईश्वर   १४. बन्देज- व्यवस्था  १५. बाह्र हजार-  १६. अभिलाषा)


पुरुब पछिम्‌को रस्ता बन्ध गरि नेपालको रस्ता चलाई दिउंला, आफ्ना आफ्ना जात विसेषको कर्म गर्नु (भन्ने) बन्देज गरिजांला (भन्ने पनि मेरो मनमा अभिलाषा रहेको थियो)। 

यो तिन सहरभन्याको चिस्व ढुंगो रहेछ. षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनि हुंदैन. सुरो पनि हुंदैन. षेलषाल मात्रै हुंदो रहेछ. मेरो मनसुवा ता दहचोक्‌मा दरबार बनाउला र चारै दिसा थरघरको. गुरु प्रोहित. भैयाद. भारदार. मिर उमराउ१०को घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयल११लाई मात्रै जाला भंन्या यस्तो अविलाषा१२ थीयो.

पूर्व तथा पश्चिमका बाटा(हरू) बन्द गराई नेपालको बाटोलाई (मात्र) चलाइदिउँला, (देशका) सबैले आ-आफ्ना जातअनुसारका काम गर्नू भन्ने बन्देज (पनि) बाँधेर जाउँला भन्ने मेरो मनको अभिलाषा थियो । तर मेरो (मनमा रहेको) यो अभिलाषा मनको मनैमा रहिरह्यो ।

(उपत्यकाभित्र रहेका) यी तीन शहर भनेका त चिसा ढुङ्गा (जस्ता पो) रहेछन् । यहाँ त खेलखाल मात्र धेरै (हुँदा) रहेछन् । कुवा (इनार) को पानी खानेहरूको त बुद्धि हुने (रहेनछ र यस्ता मानिस शूरा पनि हुँदा रहेनछन्) । (यहाँ त) खेलखालहरू मात्रै (धेरै हुने) रहेछ र मेरो मनसुवा त दहचोक(को डाँडा) मा (आफ्नो) दरबार बनाउँला । (दरबारका) चारै दिशामा थरघरका, गुरुपुरोहित(हरूका), भैयाद (हरूका), भारदार(हरूका) र मीर उमराव (हरूका पनि) घर बनाई (आफ्नो) छुट्टै दरबार बनाउँला र (उपत्यकाभित्र रहेका) यी तीन शहरमा त (आफ्नो) दरबारबाट (वेलाबखत) सोखसयललाई मात्र जाउँला भन्ने अभिलाषा (रहेको) थियो ।

*   (१. पूर्व-पश्चिमको  २. रास्ता-बाटो  ३. काठमाडौँ उपत्यकाभित्रका तीन शहर  ४. चिसो ढुङ्गो-  ५. खेलखाल-दाउपेच  ६. कूप-कुवा/इनार  ७. बुद्धि  ८. शूरो-आँटिलो   ९. थर-घर  १०. मीर-उमराव- मुख्य उमराव  ११. सोखसयल  १२. अभिलाषा)


उप्रान्त ॥ देसका महाजन्लाई गोड प्रसाह देषी उभो आउन नदिनु. देशका महाजन्‌हरु हाम्रा मुलुकमा आया भन्या दुनिञा कंगाल गरि छाड्दछन्. हामीले च्यागापांगा लाई तिन सहर नेपाल नौलाष् किरायत र हिन्दुपतिको राज आर्ज्यथ्येउ१०. देसका कपरा लगाउनलाई मह्नाई११ गरिदिनु. आफ्ना देसका कपरा बुन्न जान्न्यालाई नमना देषाई सधाउनु१२ र बुन्न लाउनु र यस्व भया नगद देस जादैन.

आफ्ना देसको जिनीस्१३ जरिबुटि१४ देस लैजानु र नगद षैचनु१५. नगद षैचि राषनु र प्रजा मोटा१६ भया दर्बार१७ बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू१८ हुन्.

उप्रान्त (वि)देशका महाजन(हरू)लाई पर्सागढीबाट माथितिर आउन नदिनू । विदेशका महाजनहरू हाम्रा मुलुकमा आए भने (उनीहरूले यहाँका) जनतालाई कङ्गाल गराई छोड्छन् । हामीले च्याँगा-पाँगा लगाएर (नै यो) तीन शहर नेपाल, नौ लाख किराँत र हिन्दुपतिको राज्य (पनि) आर्जन गरेका थियौँ । (यसैले नेपाली जनतालाई) विदेशी कपडा लगाउन मनाही गरिदिनू । आफ्नै देशका कपडा बुन्न जान्ने (मानिसहरू) लगाई नमुना देखाएर सिकाउनू र बुन्न लगाउनू । यसो भए(आफ्नो देशको) नगद विदेश जान पाउँदैन ।

आफ्नो देशका जिनिस (तथा अन्य) जरिबुटी (पनि) विदेश(तर्फ) लैजानू र (त्यहाँबाट) बाट नगद (रकम आफ्नो देशतर्फ) खैँचनू । नगद (रकम जसरी हुन्छ आफ्नै देशमा) खैँचिराख्नू । प्रजा मोटा (=समर्थ) भए (भने) दरबार पनि बलियो रहन्छ । राजाका भण्डार भनेका रैतीहरू (नै) हुन् ।

(१. देश-  २. महाजन-व्यापारी  ३. गढ-पर्सा- पर्सागढी   ४. उभो-माथि  ५. च्याँगापाँगा  ६. लगाई- पहिरिएर  ७. तीन शहर नेपाल  ८. नौ लाख किराँत-  ९. हिन्दूपतिको राज  १०. आर्जेका थियौँ-आर्जन गरेका थियौँ  ११. मनाही-निषेध  १२. सधाउनु- समकाउनु/तालिम वा शिक्षा दिनु  १३. जिनिस-नगद बाहेकका अन्य उपभोग्य वस्तुहरू  १४. जरिबुटी- औषधिको काम दिने वनस्पति  १५. खैँचनू- आफूतिर तान्नू  १६. मोटो- बलियो/सम्पन्न  १७. दरबार-राजदरबार अर्थात् सरकार  १८. रैतान- रैती/जनताको समूह)


मुलुकमा ईजारा पनि नदिनु. सर्षारबाट अमानित् राषि सर्षारिया तहसिल राषी सालवसाल्‌को कचा लिनु. क्या चुनी सिपाई भया. क्या भैभारदार भया. इनलाई दवलथ कमाउन नदिनु. आदमी हेरि हुर्मत् मात्रै राषीदिनु. क्यान भनौला. दवलथ भयाकाले तरवारमा पसि मर्न मार्न सकैनन् र हरिपको चमक् हुन्छ. सिपाहि भैभारदारले स्वष१० गरेनन् भन्या चारै षुट्११ (मा) मेरा तरवार बज्नैछ. स्वषमा पसो भन्या१२.

मेरा साना दुषले आर्ज्या१३को मुलुक होइन. सबै जात१४को फुलबारि हो. सबैलाई चेतना भया. यो फुलबारि१५ हो. यो फुलबारिको छोटो बडा चारै जात छत्तिसै बर्न१६ले (यसलाई सम्भार गर्नुपर्छ).

-देशमा इजारा पनि (कसैलाई) नदिनू । सरकारबाट नै अमानतमा सरकारिया तहसिल (अड्डा) राखी सालसालैको कच्चावारी (हिसाब) लिने गर्नू । चुनिएका (राम्राराम्रा) सिपाही भए (पनि र) भाइभारदार (नै) भए (पनि) यिनी(हरू कसै)लाई (पनि धन) दौलत कमाउन नदिनू । मानिस हेरी (उनीहरूको औकातअनुसार) हुर्मत मात्रै राखिदिने गर्नू । किन ? भनौला । (किनभने) दौलत भएका (मानिसहरू) तरबार (हरूको काम) मा पसी (स्वयं) मर्न तथा मार्न (विपक्षीहरूलाई) (पनि अग्रसर हुन) सक्नेछैनन् । (यसो भएमा देशमा) हरिप(हरू)को चमक (हुने) हुन्छ । सिपाही (तथा अन्य भाइभारदार)ले पनि सोख (सयल) गरेनन् भने चारैखुटमा मेरो तरबार बज्रनेछ । (देशका सिपाही का भाइभारदारहरू) सोख (सयल) मा पसे भने (अनर्थ हुनेछ)।

(यो) मेरा सानो दुःखले आर्जिएको मुलुक होइन । (यस मुलुकको आर्जनमा) देशका विभिन्न जात तथा जातिका धेरै नागरिकको परिश्रम परेको छ । यसैले यो मुलुक सबै जात तथा जातिको (साझा) फूलबारी हो । सबैलाई (यस कुराको) चेतना भए (राम्रो हुने थियो) । यस फूलबारीलाई सानाठूला चार वर्ण छत्तीसै जात(का जनता)ले समान रूपले सम्भार गर्नुपर्छ)।

*   (१. इजहारा-ठेक्का  २. अमानत- ठेक्कामा नदिई ज्यालादारीमा गराइने काम  ३. तहिसल- उठ्ती वा आम्दानी असूल उपर गर्ने कार्यालय  ४. साल-वसाल- प्रत्येक वर्ष  ५. कच्चावारी- खुलस्त हुने गरी देखाइएको आम्दानी तथा खर्चको फाँटवारी  ६. दौलत- धन सम्पत्ति  ७. हुर्मत- अत्यावश्यक खानपान तथा इज्जत  ८. हरिप-शत्रु  ९. चमक-बढिबलाउ वा बोलवाला  १०. सोख-कुनै वस्तुलाई उपभोग गर्ने प्रबल इच्छा  ११. खुट-दिशा  १२. पस्यो भने- प्रवेश गर्‍यो भने  १३. आर्जेको-आर्जन गरेको अर्थात् कमाएको  १४. जात-रूप, गुण, कर्म, धर्म तथा आकार-प्रकार आदिका आधारमा छुट्याइने मानवसमाजको विभाजन  १५. फूलबारी- फूलबारी लगाइने बगैँचा  १६. चार वर्ण छत्तीस जात)


यो असिल् हिन्दुस्थाना हो. आफ्ना कुलाधर्म नछोड्नु. ष्वामित्‌को नुन्‌को उधार गर्नु. कालुकबर्दारका सन्तानलाई कबर्दारि नछुउनु. दषिनको घाहा सिवराम बस्न्यात्‌का सन्तानलाई नछुटाउनु. भोटको घाहा कालु पांडेका सन्तानलाई नछुटाउनु.

पांडे बस्न्यात् पंथ भैयाद मग्र१०लाई मारातप्११ दिदा आलोपालो गरि षान दिनु. ई मेरा नुन् गुन्१२ का स्वझा१३ सेवक हुन्१४. ईनीहरूको जीव१५ जान्या बिराम१६ गऱ्याको भया पनि आफूले नमार्नू. बरु मारातप् दिएर लडाञीमा झोसिदिनु१७ र जिव जोगाई आयो भन्या बढिया भयो. मरि गयो भन्या आफुले मार्नु(भन्दा) अर्कैबाट मारिदियाको बढिया हुन्छ. तब राजाले सेवकलाई घर१८मा नमार्नु.

-यो वास्तविक हिन्दुस्थान हो । (यहाँका नागरिकहरूले) आफ्ना कुलका (परम्परागत) धर्म (कहिल्यै पनि) नछोड्नू । (आफ्ना) ख्वामित्‌(हरू)को नुनको उद्धार (सबैले) गर्ने गर्नू । कालु कपर्दारका सन्तानलाई कपर्दारी(को पदबाट) नछुटाउनू । दक्षिण  (तर्फ)को घा (राख्ने कामबाट) शिवरामसिंह बस्न्यातको सन्तानलाई नछुटाउनू । भोट(सँग)को घा (राख्ने कामबाट) पाँडेका सन्तानलाई (कहिल्यै पनि) नछुटाउनू ।

पाँडे, बस्न्यात, पन्त, भैयाद (तथा) मगर (आदि भाइ भारदारहरूलाई) ‘माराताप’ दिँदा (पनि) पालैपालो गरी खान दिने गर्नू । यिनीहरू मेरा नुन तथा गुनका सोझा सेवक हुन् । ज्यानै जाने गरी बिराम गरेका भए पनि (यिनीहरू)लाई आफूले नमार्नू । बरु ‘माराताप’ दिएर लडाइँमा झोसिदिनू । (यसरी झोसिदिँदा उसले आफ्नो) जिउ जोगाई आयो भने बढिया (नै) भयो । मरी गयो भने (पनि) आफूले मार्नुभन्दा अर्कैबाट मारिएको बढिया हुन्छ। यसैले राजाले (आफ्ना) सेवक(हरू)लाई (आफ्नो) देशमा (कहिल्यै पनि) नमार्नू।

*   (१. हिन्दुस्तान-हिन्दूहरूको वास्तविक वासस्थान  २. कुलधर्म-  ३. ख्वामित्-मालिक  ४. नुन- आफ्ना मालिकबाट प्राप्त भएको नुन परेको दानापानी  ५. कपरदार-राजदरवारका खरखजानाहरूको हेरविचार गर्ने आधिकारिक व्यक्ति  ६. दक्षिण- दक्षिणतर्फको देश भारत   ७. भोट-तिब्बत  ८. घा-मित्रता वा मित्रता राख्ने काम  ९. भैयाद- भाइबन्धुहरू  १०. मगर-  ११. –   १२. गुन-गरिदिएको कामलाई राम्रो सम्झनु   १३. सोझा-सरल प्रकृतिका  १४. –  १५. जीउ- ज्यान/शरीर  १६. बिराम-कसूर/अपराध  १७. झोसिदिनू-आगोमा हालिदिनू  १८. घर-आवास)


तब राजाले ठुलो निञानिसाफ हेर्नु. अन्याय मुलुकमा हुन नदिनु. निञानिसाप विगार्न्या भन्याको घुस दिन्या र घुस षान्या (हुन्). ईन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन. ई राजाका महासतुर हुन्.

उप्रान्त ॥ जड कुरो राजालाई चाहीन्या सिपाहिहरुको घरषेत् मिलाईदिनु र मल्‌जल् गर्छन् र दुवै बोटि भित्र हाल्न पाउछन् र कबिलाको निर्फिक्रिहुन्छ. ढोकामा भया पनि गौडा१०मा भया पनि सिपाहिहरुको छाति बलियो रहन्छ११. पजनि१२ गर्दामा पनि सये नाल१३का कम्पनी१४ जमाउनु र सये नालका सुबेदार१५ चार पांच लडाञीमा जस पाई आयाका यस्ता आफुले जाचि सुवेदार हाल्‌नु.१६ सुवेदारले पनि सातपगरि१७ दुई चार बाढ१८ षायाका यस्ता सातपगरि हाल्नु.

-राजाले (देशमा) न्याय तथा निसाफ राम्ररी हेर्ने गर्नू । मुलुकमा (कुनै पनि किसिमका) अन्याय हुन नदिनू । (देशमा) न्याय (तथा) निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने (व्यक्तिहरू नै) हुन् । यी दुई (थरी व्यक्तिहरू)को त धन र जिउ (नै जफत गरी) लिएमा पनि पाप (लाग्ने) छैन । यी (दुई थरी व्यक्तिहरू त) राजाका महाशत्रु (नै) हुन् ।
उप्रान्त जड कुरा राजालाई (खास) चाहिने (भनेका) सिपाहीहरू नै हुन् । (यिनीहरूका निम्ति) घर (तथा) खेत मिलाइदिनू । (यसो भएमा त्यस जमिनमा उनीहरूले आफैँले मलजल गर्छन् र दुवै बोटी (आफ्नै घर) भित्र हाल्न पाउँछन् । (यसो भएमा) कविला(हरू)को (चिन्ताबाट उनीहरू) निष्फिक्री हुन्छन् । (राजाको) ढोकामा रहे पनि (गढी तथा) गौँडामा रहे पनि सिपाहीहरूको छाती बलियो रहने हुन्छ ।

(सैनिकहरूको) पजनी गर्दा पनि (एक) सय नालको ‘कम्पनी’ बनाउने गर्नू । एक सय नाल (भए)को (कम्पनीका निम्ति एकजना सुबेदारका हिसाबले भर्ना गर्दा) चारपाँच लडाइँमा जस पाइआएका (व्यक्ति) लाई (मात्र) आफूले जाँची सुबेदार (को पदमा) हाल्नू । सुबेदारले पनि (आफूअन्तर्गत रहने) ‘सातपगरी’ (हरू भर्ना गर्दा लडाइँमा) दुईचार प्रहार खाएका (अनुभवी व्यक्तिहरूलाई मात्र हेरेर) सातपगरीहरूमा हाल्नू ।

*    (१. न्याय-इन्साफ  २. घूस  ३. धन र ज्यान-जीउधन  ४. महाशत्रु  ५. जड कुरा- मुख्य कुरा  ६. दुवै बोटी- जग्गावालाले पाउने तथा जग्गा कमाउने मोहीले पाउने भाग गरी दुवै थरी भाग  ७. कबिला-जहान परिवार  ८. निष्फिक्री-निश्चिन्त  ९. ढोका-राजाको ढोका अर्थात् राजदरवार  १०. गौडा-गौडाहरूको सुरक्षा गर्न राखिएका गढीहरू  ११. छाती बलियो रहनु-मुटु बलियो हुनु-निश्चिन्त हुनु   १२. पजनी-थमौती वा सरुवा बढुवा  १३. नाल-बन्दुकको नाल वा बन्दुक बोक्ने सिपाही  १४. कम्पनी  १५. सुबेदार- कम्पनीको नेतृत्व गर्ने सैनिक अधिकृत/ पहिले पहिले जिल्लाका प्रशासकलाई पनि सुबेदार भनिन्थ्यो)


सातपगरिले स्वर्‍ह हुदा हाल्दा आफुसित मर्ने मार्न्य जाची १६ हुदा हाल्नु. १६ हुदाले पनि आफुसित मर्ने मार्न्य जाची सिपाही हालि आफ्ना आफ्ना पट्टि भर्ना गर्नु. पट्टीट्टिमा सिपाहि पनि षस् मगर गुरुं ठकुरि इनै चार जात मात्रै षिचोला गरि हाल्नु र तर्वार पर्दा सार्‍हो हुन्छ. 

लुहा च्यापन्या पनि इनै चार जात मात्रै हुन् तरवार पर्दा सार्‍हो हुन्छ र बैरि त क्या इन्द्रको आसन् पनि डगाईं१०. हजारौं धना११ हजारौं पथर्कला१२ हजारौं षुडा१३ हजारौं तो१४ भया इन्द्रको आसन पनि डगाईंछ.

‘सातपगरी’हरूले (पनि आफूअन्तर्गत रहने) १६ ‘हुद्दा’ भर्ना गर्दा आफूसित मर्न तथा (विपक्षीहरूलाई) मार्न पनि तयार हुने वा नहुने राम्रोसँग जाँची (योग्य देखिए मात्र) १६ हुद्दामा भर्ना गर्नू । (यसैगरी) १६ हुद्दाले पनि आफूसित मर्न वा विपक्षीलाई मार्न तयार हुने वा नहुने राम्रोसँग जाँची सिपाहीमा भर्ना गरेर आ-आफ्ना ‘पट्टि’ (हरू) भर्ना गर्नू । पट्टि-पट्टिमा सिपाही भर्ना गर्दा पनि खस, मगर, गुरुङ र ठकुरी यिनै चार (थरी) जातलाई मात्र छ्यासमिस गरी भर्ना गर्ने गर्नू । (यसो गरेमा) विपक्षीहरूसँग तरबारको काम आइपर्दा आफ्नो बल दह्रिलो हुने हुन्छ ।

हातहतियारहरू भिर्ने (पनि यथार्थमा माथि उल्लेख भएका) यिनै चार जात मात्र हुन् । (यिनीहरूलाई सशक्त तुल्याएमा मात्र) तरबारको काम आइपर्दा आफ्नो दह्रिलो हुने हुन्छ र (यसो गरेमा) वैरी (हरूको) त के (कुरा ? स्वयं देवराज) इन्द्रको आसन पनि (सजिलैसँग) डगाउन सकिन्छ । हजारौँ धनु, हजारौँ बन्दुक, हजारौँ खुँडा (र) हजारौँ तोप जम्मा (गर्न) सकिएमा इन्द्रको आसन पनि डगाउन सकिन्छ ।

*   (१. हुद्दा- सैनिक कम्पनीको एउटा एकाइको प्रमुख   २. पट्टि- सैनिक सङ्गठनभित्रको एउटा एकाइ  ३. खिचाला- छ्यासमिस  ४. साह्रो-कठोर अर्थात् बलियो  ५. लोहा-फलाम। यहाँ फलामबाट बनेका हाततियारको अर्थमा प्रयोग  ६. च्याप्ने-अठ्याउने अर्थात् समाउने  ७. चार जात- खस, मगर, गुरुङ र ठकुरी  ८. बैरी-शत्रु  ९. इन्द्र-देवताका राजा  १०. डगाइन्छ-हल्लाइन्छ  ११. धनु-धनुष, वाणहरू प्रहार गर्ने काठ वा बाँसको साधन  १२. पत्थरकला- चकमक तथा पत्थरबाट तत्कालै आगो निकाली बारुदमा झोसेर पड्काइने पुरानो खाले बन्दुक  १३. खुँडा- आधा चन्द्रमा जस्तो आकार भएको टुप्पोमा अगाडितर्फ केही झुकेको खड्ग  १४. गोला हान्ने ठूलो नाल भएको बन्दुक)


लडाञीमा पनि हान्न्या र सष दिन्या ई दुवै बरोबर हुन्. जागिर दिदा वितलप् दिदा दुवैलाई बरोबर दिनु. मर्‍यो भन्या उस्‌का छोरा षुडा हान्न्या नहुन्ज्याल् मरवट् दिनु. षुडा हान्न्या भयापछि जागिरमा उकालिदिनु र राजाले विवेक राषीदिया देसदेसका सिपाहि पनि आसा राषी आउछन् र यस्वभया तरवारिया सिपाहि हात लाग्छन्.

राजाका सार भन्याको सिपाहि र रैति१०हरू हुन्. राजा चतुर११ भया सिपाहि र रैति हात हात गरि राष्‌नु र हुल्‌कुल्१२ हुन पाउंदैन. सिपाहि भन्याको तिषारि राषनु१३. तिषारिराष्याका सिपाहि कसैका मलाजामा१४ पस्तैनन् र आफ्नु काज१५ फत्य१६ हुन्छ.

लडाइँ (का काम)मा पनि (हतियारहरूले) प्रहार गर्ने तथा साथ दिने यी दुवै (थरी) बराबर (नै) हुन् । जागिर दिँदा (तथा) वितलप दिँदा (पनि यी) दुवै (थरी) लाई बराबरी (गरी) दिनू । (कदाचित् ऊ लडाइँमा) मर्‍यो भने उसको छोरो खुँडा हान्न (समर्थ) नभएसम्म (उसको परिवारलाई) ‘मरवट’ दिनू । खुँडा हान्न (सक्ने) भएपछि (भने उसलाई) जागीरमा उकालिदिनू । (यसरी) राजाले (आफ्ना सैनिकहरूमाथि) विवेक राखिदिएमा देशविदेशका सिपाही पनि (नोकरीको) आशा राखी (यहाँ) आउनेछन् र यसो भएमा तरबारिया सिपाही(हरूलाई आफ्नो) हातमा पार्न सकिनेछ ।

राजाका सार भनेका सिपाही तथा रैतीहरू (नै) हुन् । राजाहरू चतुर भएमा सिपाही तथा रैतीहरूलाई (पनि) हात लिइराख्नू । (यसो भएमा राज्यमा) हुलकुल हुन पाउँदैन । (आफ्ना भएका) सिपाहीहरूलाई (सधैँ नै) तिखारिराख्नू । तिखारिराखेका सिपाहीहरू कसैको मुलाहिजामा पस्दैनन् र आफ्नो काम (पनि) फत्य हुन्छ ।

*   (१. हान्ने- प्रहार गर्ने   २. सख दिने- साथ दिने  ३. बितलप्-कुनै किसिमको तिरो तिर्न नपर्ने एक किसिमको बिर्ता जग्गा  ४. मरवट-देशको भलाइका निम्ति जीवन उत्सर्ग गर्ने व्यक्तिका सन्तानलाई जीविकाको निम्ति सरकारबाट दिइने एक किसिमको बिर्ता जग्गा  ५. उकालिदिनू- माथिल्लो तहमा पुर्‍याइदिनू। यहाँ भर्ना गरिदिनू भन्ने अर्थमा प्रयोग  ६. देश-देशका- विभिन्न देशका  ७. तरवारिया- तरवार चलाउन सिपालु  ८. हात लाग्नु- प्राप्त हुनु  ९. सार-मूलतत्त्व  १०. रैती-जनता  ११. चतुर-बाठो-होशियार  १२. हुलकुल-हुलहुज्जत/विद्रोह  १३. तिखारी राख्नू- प्रयोग गर्नका खातिर तयार पारेर राख्नू  १४. मुलाहिजा-खुसामद   १५. कार्य-काम  १६. फत्य-सफल)


गुरुं मगर षान्‌ज्यादा भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जाची घुंडा गौंडा मा राषनु. पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति१० गराउछन्.

राजाको हुकुम जफत११ गरि राषनु. मैले तिं थुम्१२ का बर्‍हाहा उमराउ१३लाई ईन्द्रवज्र१४ तुल्याई राष्याथ्यां. नगरा१५ निसान१६ पनि दिई राष्याथ्यां. बार्‍हबिसको गांठो१७ बाधी दियाको थीयो र सल्ल्यान्१८ लिग्‌लीग्१९ धादिं२० का मुहुडा२१ मा जाहाजहा काज पर्थ्यो फत्य गर्थ्या र यो अ‍ैस्वर्जे२२ गर्‍याको हो.

गुरुङ, मगर, खानज्यादा, भैयाद, भारदार, मिर-उमराव (तथा) थरघरहरू पुरानापुराना जाँची घुँडा (तथा) गौँडा(हरू)मा (पनि) राख्ने गर्नू. पूर्व (तथा) पश्चिमका खस (एवं) बाहुनहरूलाई दरबारमा पैठ हुन नदिनू । किन ? भनौला । बाहिरका मान्छे(हरू)ले दरबारमा बेथिति गराउँछन् ।

राजाको हुकुम(लाई) जफत गरी (आफ्नै अधीनमा राखि)राख्नू । मैले तीन थुमका वराह उमराव(हरू)लाई (देवराज) इन्द्र(को) बज्र (जस्तै बलियो) तुल्याएर राखिरहेको थिएँ । (तिनीहरूलाई छुट्टै) नगरा तथा निशान(हरू) पनि दिइराखेको थिएँ । (यस्तै तिनीहरूलाई) बार्‍ह-बीसका गाँठा (पनि) बाँधिदिएको थिएँ । सल्ल्यान, लिगलिग र धादिङका मोहडामा (यसैले) जहाँ-जहाँ तिनीहरूको काम पर्दथ्यो त्यहाँ-त्यहाँ तिनीहरूले त्यस कामलाई फत्य नै पारिदिन्थे र (यसबाट नै मैले अहिले) यस ऐश्वर्य (उपभोग) गरिरहेको हुँ ।

*   (१. खानज्यादा-राजपरिवारका व्यक्ति   २. भैयाद-भाइ बन्धुहरू   ३. मीर-उमराव- प्रमुख उमराव  ४. थर-घर-  ५. घुँडा- आफ्नै घुँडाको नजिक अर्थात् राजधानीमा   ६. गौँडा- -अन्त कतैबाट जाने ठाउँ नभई त्यहीँबाट मात्र आवत-जावत गर्नुपर्ने ठाउँ   ७. खस-बाहुन- खस तथा ब्राह्मण   ८. पैठ-प्रवेश  ९. बाहिरिया- स्वदेशभन्दा बाहिरका  १०. बेथिति-दुर्व्यवस्था  ११. जफत- बलपूर्वक कब्जा  १२. थुम- पहाडी क्षेत्रको सानो इलाका वा बस्ती  १३. वराह-उमराव  १४. इन्द्रबज्र- इन्द्रको बज्र जस्तै बलियो  १५. नगरा- ढोलक वा दमाहा जस्तै एक किसिमको बाजा  १६. निशान- फौजी झण्डा  १७. बाह्रबीसको गाँठो- बाह्रबीस रुपियाँको गाँठो अर्थात् वार्षिक २४० रुपियाँ तलब   १८. सल्ल्यान- गोरखा राज्यको राजधानीबाट पैदल १८ किलोमिटर जति पूर्वमा रहेको बस्ती   १९. लिगलिग-गोरखा राज्यको पश्चिमी सिमाना चेपे नदीको किनारमा अवस्थित एउटा बस्ती  २०. धादिङ- गोरखा राज्यको दक्षिणपूर्वी भागमा रहेको प्रसिद्ध बस्ती  २१. मोहोडा- मुखको अगाडिको भाग   २२. ऐश्वर्य- अकल्पित श्रीसम्पत्ति)


आफ्ना घरका पुराना सेवक जाची हजूरमा हरोदम् राषी दरोबस्त बाधि घर बलियो राषनु. यस्व भया दरबार बलियो रहन्छ. राजाको चतुराई भया सिपाही रैति हात गरि राषनु. कसैका मलाजा पछि गुण पछी लाग्नु नदिनु. नुन्‌ पछि लाउनु.

उप्रान्त ॥ टक्सार पनि चोषो चलाउनु.१० अदालथ११मा पनि ठकुरि१२ जाचि डिष्ठा१३ राष्‌नु. मगर जाचि विचारि१४ थाप्‌नु१५. कचहरि१६ पिछे यक्‌यक् पण्डित राषी निञासास्त्र१७ बमोजिम् अदालथ चलाउनु. अदालथका पैसा दरबारभित्र नहाल्नु१८.

-आफ्ना घरका पुराना सेवक(हरूलाई) जाँची (उनीहरूलाई आफ्ना) हजूरमा हरदम राखी बन्दोबस्त बाँधी (आफ्नो) देशलाई (सदैव) बलियो राख्नू । यसो भए(मा मात्र) दरबार बलियो रहन्छ । राजाहरूमा चतुर्‍याइँ भए (आफ्ना) सिपाही तथा रैतीलाई (पनि सधैँ नै) आफ्नो हातमा (लिइ)राख्नू । कसैको मुलाहिजाको पछि र गुनको पछि (पनि) लाग्न नदिनू । नुनको पछि (मात्र) लगाउनू ।

उप्रान्त, टक्सार(लाई) चोखो चलाउनू । अदालतमा (कर्मचारीहरू भर्ना गर्दा पनि) ठकुरी (हरूमध्येबाट) जाँची ‘डिठ्ठा’ (को पदमा) राख्नू । (यसैगरी) मगर(हरूमध्येबाट जाँची) ‘विचारी (को पदमा) थपना गर्नू । कचहरीपिच्छे एक-एक (जना) पण्डित राखी न्यायशास्त्रबमोजिम अदालत चलाउनू । अदालतका पैसा दरबारभित्र नहुल्नू ।

*   (१. घर- देश/राज्य   २. हजूरमा- समीपमा   ३. हरदम- हरहमेसा/सधैँ  ४. दरोबस्त-बन्दोबस्त/व्यवस्था  ५. हात गरि राख्नू- हातमा लिई राख्नू  ६. मुलाहिजा-खुसामद   ७. गुन- अरूले गरेको उपकार  ८. नुन- नुन परेको दानापानी  ९. टकसार- टक ढाल्ने ठाउँ  १०. –  ११. अदालत-न्यायालय/न्याय-इन्साफ गर्ने सरकारी कार्यालय  १२. ठकुरी-क्षत्रियहरूको एक थरी जाति  १३. डिठ्ठा- मुद्दा मामिला हेर्ने अधिकारी  १४. बिचारी- अदालतमा मुद्दा मामिलाको छानबिन गर्ने अधिकारी  १५. –  १६. कचहरी- न्याय निसाफ सम्पादन गर्ने सभा  १७. न्यायशास्त्र- न्याय निसाफ गर्ने नीतिशास्त्र  १८. नहाल्नू- नहुल्नू अर्थात् नछिराउनू)


की फकिडा अतित जोगि सन्न्यासि ब्राह्मणहरू इनैलाई दक्षिणा भोजन चलाईदिनु. उप्रेका पैसा दक्षिणा चलाई धोती रुमाल चलादिनु. यस्व भया असत्य१०को दोस्११ लाग्दैन.

षानी१२ भयाका ठाउमा गाउ१३ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्‍हो१४ बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि१५ षेत१६ बनाई आवाद गर्नु.

उप्रान्त ॥ कोही बेलामा हात दिना१७मा पस्या र मलाई झिकाया१८ र पछाडि दगा दिया र महादुष१९ गरि पछाडि सुद्ध२० गरि नेपाललाई मुर्चा२१ लाञाथ्यां.

– (बरु) फकिर, फकिडा, अतिथि, जोगी, सन्न्यासी (तथा) ब्राह्मणहरूलाई दक्षिणा (एवं) भोजन (निम्ति) प्रयोग गरिदिनू । उब्रिएको पैसा (पनि) दक्षिणा(का निम्ति) चढाई धोती (एवं) रुमाल(का निम्ति) चलाइदिनू । यसो भए असत्यको दोष लाग्नेछैन ।

खानी भएको ठाउँमा गाउँ (बसिरहेको) भए (त्यस गाउँ)लाई अरू ठाउँमा सारेर (भए पनि त्यहाँ रहेको) खानी चलाउनू । (यस्तै) खेत बन्न सक्ने जग्गामा घरहरू बसिरहेका) भए (ती) घर अन्यत्र (उपयुक्त ठाउँमा) सारी कुलो काटेर खेत बनाई आबाद गर्ने गर्नू ।

उप्रान्त (पहिले) कुनै बेलामा (भक्तपुर राज्यका राजा रणजित मल्लले) हात दिनमा पसी मलाई (आफ्नो देशमा) झिकाएका र पछाडि (भने) दगा दिएका थिए । (यस अवस्थामा) ठूलो दुःख गरी (मैले) पछाडि (तर्फ) शुद्ध लगाएर (मात्र) नेपालमाथि (चारैतर्फबाट) मोर्चा लगाइदिएको थिएँ ।

*    (१. फकीर- घरगृहस्थी त्यागेका निर्धन व्यक्ति  २. फकिडा-भीखमङ्गा गरीब व्यक्ति  ३. अतिथि-पाहुना   ४. जोगी-योगी  ५. सन्न्यासी- सांसारिक प्रपञ्चदेखि विरक्त भएर घरगृहस्थी त्यागेका व्यक्ति   ६. दक्षिणा  ७. भोजन  ८. चलाइदिनू- खर्च गरिदिनू  ९. उब्रिएका- खर्च गरेर बाँकी रहेका  १०. असत्य  ११. दोष-दाग/खोट  १२. खानी-  १३. गाउँ  १४. गह्रो- धान रोप्ने खेतको पाटो  १५. कुलो काटी- कुलो बनाई  १६. खेत  १७. हात दिनमा- स्वागत गर्न हात अगाडि बढाउनुमा  १८. झिकाए- बोलाए  १९. महादुःख- अत्यन्त परिश्रम  २०. शुद्ध- निरापद  २१. मोर्चा- सैनिक सङ्घर्षको निम्ति बनाइने ठूलो आड)


जयप्रकास मल्लका मतलप्‌लाई दषिनबाट नागा झिकाया र नेपालभित्र पस्न नदि सातगाउ भित्रैमा भिजाञा.
कास्मेरिषान् नवाफ् मकवानपुरमा चढ्यो र छअविस् षोडाले काटि घर्काई१० सिवाना कटाई आञा. तिन् चार पल्टन् लिएर सिडुलि गढिमा११ हांडीसाहेब१२ चढ्यो र वाहीं पनि काटि पथर्कला१३ च्याति१४ ल्याञा र लषनै१५बाट तिन मुसल्‌मां१६ मेरो चाकरिलाई नुवाकोटमा पिछा परि आयाका थिया.

-(राजा) जयप्रकाश मल्लले आफ्नो मतलबका निम्ति दक्षिण (तिर)बाट ‘नागा’ (सैनिकहरूलाई) झिकाए (का थिए) । मैले ती (सबै) नागा सैनिकहरूलाई नेपालभित्र पस्न नै नदिई सात-गाउँभित्र नै (रगतले) भिजाइदिएको थिएँ ।

(यसैगरी) ‘कासिम-अलि खाँ’ (नाम भएको एकजना) नवाफ (पनि) मकवानपुर (गढी)मा चढ्यो र एक सय बीसजना खुँडाधारी सैनिक (पठाएर) (त्यसलाई) काटी (त्यसका सैनिकहरूलाई त्यहाँबाट) घर्काई (आफ्नो देशको) सिमाना (भन्दा पारिपट्टि) कटाएर आएको थिएँ । (यस घटनाको केही वर्षपछि) तीनचार पल्टन लिई सिन्धुलीगढीमा ‘हार्डिङ’ (नाम भएको अर्को एकजना अङ्रेज) साहेब पनि चढ्यो र त्यहाँ पनि (उसका सैनिकहरूलाई) काटी (उसका) पत्थरकला(हरू)लाई (त्यहाँबाट) खोसेर ल्याएको थिएँ । (त्यति नै वेला) लखनउबाट तीन (जना) मुसलमान (कालिगडहरू) मेरो चाकडीका निम्ति नुवाकोटमा पिछा पर्न आएका थिए ।

*    (१. मतलब- स्वार्थ   २. दक्षिण- दक्षिणतर्फको देश भारत  ३. नागा- खरानी घसेर सधैँ निर्वस्त्र रहने तियारधारी एक थरी सन्न्यासी  ४. सात गाउँ- खड्पु, पनौती, चौकोट आदि बनेपाका असपासमा रहेका सात गाउँ  ५. भिजाएँ- पानी/रगतले भिजाएँ अर्थात् मारेँ  ६. कासीम अलि खाँ- बङ्गालका नवाफ मीर कासिम  ७. छबीस- १२० वटा  ८. खुँडा-  ९. काटी- टुक्रा टुक्रा पारी/ छिन्नभिन्न पारी   १०. घर्काई- धपाई/लखेटी  ११. सिन्धुलीगढी  १२. हार्डिङ साहेब- मेजर किनलकका साथ नेपालमा आक्रमण गर्न आएका निजामती अफिसर   १३. चकमक वा पत्थरबाट आगो पारी लुँडोमा सल्काएर त्यसैको सहयोगले चलाइने एक किसिमको बन्दुक  १४. च्याती-खोसी  १५. लखनउ  १६. मुसलमान)


ईनै बन्दुकको तुल कलायेत तिनै मुसरमानले जान्याको रहेछ र सेष जरवर ममतकि भोषार्सिं तिनै जनालाई अजिटनी दियां र तिलंगा सधायाको हो. 

नेपालको किताप हेर्दा तुर्काना मंग्रात् मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भैगयेछ. मगरात्‌को राजा मै हुं. मुग्लानाको दोस् मेट्नालाई आधा थुम मेटि१० कंपनी जमायाको११ हो. आधा षुडा१२ आधा पथरकला१३ बनायाको हो. 

(कासिम-अलि खाँ तथा अङ्ग्रेजहरूसँगबाट खोसेर ल्याइएका) यिनै बन्दुकहरूको तुल-कलायत(को काम) तिनै मुसलमानले जानेका रहेछन् र ‘शेख-जोराबर’, ‘ममतकि’ र ‘भेखार्सिङ’ (नाम भएका) यी तीनैजना (मुसलमान)लाई (मैले पल्टनमा) अजिटनी दिएर राखेको थिएँ र (यिनीहरूकै सहयोगबाट आफ्नो देशमा) तिलङ्गा (सैनिकहरूलाई) सधाएको हुँ ।

नेपालको किताब हेर्दा (यो देश) तुर्कना, मगराँत तथा मुगलाना (पनि) हुन्छ (भन्ने लेखिएको रहेछ । यसमध्ये) तुर्कना अगाडि (नै) भइसकेको रहेछ । (मगराँत हुनेछ भन्ने भनाइको सम्बन्धमा) मगराँतको राजा (भनेको) म (नै) हुँ । (यसैले यो दोष पनि अहिलेसम्म मेटिइसकियो) । (एकपटक) मुगलान (बन्छ भन्ने भनाइ)को दोष मेट्न (मैले आफ्नो राज्यमा भएका थुमहरूमध्ये) आधा थुम मासेर (भए पनि मुगलानामा जस्तै यहाँ पनि सेनाका) कम्पनीहरू जमाएको हुँ । (यसैअनुसार) आधा खुँडा (बोक्ने) र आधा पत्थरकला (बोक्ने सैनिकहरू) बनाएको हुँ ।

*   (१. तुल-कलायत- सञ्चालन कौशल  २. अजिटन- सेनामा सहायक स्तरको अफिसर  ३. तिलङ्गा- बन्दुकधारी सैनिक  ४. नेपालको किताब- नेपालका वंशावलीहरू  ५. तुर्काना- तुर्कहरूको अधिकार क्षेत्रमा भएको भूभाग  ६. मगराँत- मगरहरूको आबाद रहेको क्षेत्र  ७. मुगलाना- मुगलहरूको प्रशासन रहेको क्षेत्र  ८. तुरकाना अघि भैगएछ-  ९. दोष- दाग वा खोट  १०. मेट्नु- मास्नु वा खर्च गर्नु  ११. जमाउनु- गठन गर्नु/बनाउनु  १२. खुँडा- एक प्रकारको तरवार  १३. पत्थरकला)


ये नालका कम्नीले छरितो हुन्छ र यस्व भया सये नालका कंपनिले हजार जवानलाई भ्याउँछ. किल्ला किल्लापिछे यक्क्म्‌पनी राषी गर्षा बाडिदिनु र जगेरा बांधी भरि राष्‌नु. 

उप्रान्त ॥ मलाई यटा कुराको संध्यह लागिरहेछ. कुन् कुरो भन्या मुग्‌लाना१० नजिकै रहेछ. तेस् जग्गामा छोकडा११ पत्रीया१२ रह्याछन्. चित्रकार भर्‍याको१३ कोठामा ढोलक्१४ सितार१५ राग१६ तान्१७मा भुल्‌नन्. 

-(एक) सय नालको (एक) कम्पनी (को हिसाब)ले (सैनिकहरूको संगठन गर्दा यस्तो कम्पनी) छरितो हुने रहेछ र यसो भएमा (एक) सय नालको कम्पनीले (एक हजार जवानसम्म)लाई (पनि सजिलै) भ्याउने रहेछ । किल्लाकिल्लापिच्छे एकएक कम्पनी (सैनिकहरू) राखी (उनीहरूको खान्गीका निम्ति) ‘गर्खा'(हरू) बाँडिदिनू र जगेडामा (रहेका सैनिकहरूको लगत) बाँधी (जीविका चलाउन आवश्यक खर्च नियमित रूपमा) भरिराख्ने गर्नू ।

उप्रान्त मलाई एउटा (गम्भीर) कुराको सन्देह लागिरहेको छ। कुन कुरा भने – (नेपालबाट) मुगलाना नजिकै रहेछ । त्यस ठाउँमा छोकडा तथा पत्रिया(हरू पनि धेरै हुँदा) रहेछन् । (हाम्रा नवयुवाहरू त्यस्ता ठाउँमा पुगी) चित्रकारी गरिएका कोठा(मा)  (पुगेर) ढोलक एवं सितारका राग (तथा) तानमा भुल्लान् (कि भन्ने मलाई अहिले ठूलो चिन्ता लागिरहेको छ) ।

*    (१. सय    २. नाल- बन्दुकको नाल वा बन्दुक बोक्ने सिपाही  ३. कम्पनी-  ४. भ्याउँछ- पर्याप्त हुन्छ  ५. गर्खा- गाउँहरूको समूह  ६. जगेडा बाँधी- जगेडा देखाएर सैनिकहरूको हिसाब राखी  ७. भरी राख्नू-समुचित अन्नपात वा खर्च दिँदै रहनू  ८. एउटा  ९. सन्देह- दुविधा  १०. मुगलाना- मुगलहरूबाट शासित देश- भारत  ११. छोकडा- व्यभिचार कर्ममा संलग्न केटा  १२. पत्रिया- पात्तर वा निर्लज्ज भएर पात्तिने व्यक्ति  १३. चित्रकार भरिएको- चित्रकारी गरिएको  १४. ढोलक-ढोल  १५. सितार- प्रसिद्ध बाजा  १६. राग-गीतको मनमोहक धून  १७. तान-स्वर साधना गर्ने तरिका)


राग तान्‌मा बडो ठुलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ. देसको भेद पनि तिनेले लैजान्छन् र हरिपले दगा गर्छ. रागको अभ्यास पनि कसैले नगर्नु. तिन जातलाई पहाड आमफदरफ् पनि कसैले नषोल्‌नु अथवा फागुलाई यक् दुई गरी झिकि चाढै विदा गराईदिनु र देसको भेद पनि पाउदैनन्.

आफ्ना स्वष सयेललाई ता सास्त्रबमोजिम्‌१०को तिनै सहर नेपाल ११को नेवार१२हरूको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन१३ रहन्छ ॥ ॥ ॥ ॥

-राग (तथा तान)हरूमा (मानिसको) ठूलो मोह (रहेको) हुन्छ र (राग तथा तानका यस्ता जमघटमा) दौलत (का थैली) पनि (प्रशस्त मात्रामा) खोलिने हुन्छ । (यसले गर्दा आफ्ना) देशका भेद (पनि) तिनीहरूले (सजिलैसँग) लैजाने गर्छन् र (आफ्नो देशमाथि) हरिपहरू दगा गर्ने गर्दछ (न्) ।

(यसैले) राग (तथा) तानको अभ्यास देशमा कसैले (पनि) नगर्नू । (छोकडा, पत्रिया तथा गायक यी) तीन (थरी) जातलाई (त) पहाड(तर्फ) आवतजावत गर्ने (बाटो) पनि कसैले नखोल्नू । अथवा (केही गरी खोलिहाले पनि) फागु(को पर्वसम्म)लाई एकदुई (जना) गरी झिकाएर (तिनीहरूलाई) चाँडै नै (यहाँबाट) बिदा गराइदिनू । यसो गरेमा उनीहरूले हाम्रो देशको भेद पनि पाउनेछैनन् ।

हाम्रो आफ्नो सोखसयललाई त (आफ्नै) शास्त्र(हरू) अनुसारका तीन शहर नेपालका नेवारका नाच झिकाई हेरे पनि हुन्छ । यिनीहरूलाई त दिएको पनि आफ्नै देशमा (सुरक्षित) रहने हुन्छ । यसो भए आफ्नो देश (पनि) अगम्य रहने हुन्छ ।

*   
(१. मोह- आसक्ति  २. दौलत-सम्पत्ति  ३. भेद- रहस्य  ४. हरिप- शत्रु/विरोधी  ५. दगा- धोखा/ विश्वासघात  ६. तीन जातलाई- छोकडा, पत्रिया तथा गायक यी तीन थरीलाई   ७. आमफदरफ्- आवतजावत  ८. नखोल्नू- खुला नगर्नू  ९. झिकी- झिकाई अर्थात् बोलाई  १०. शास्त्रबमोजिमका- नाट्यशास्त्र बमोजिमका  ११. तीन शहर नेपाल- काठमाडौँ, भक्तपुर र ललितपुर  १२. नेवार- काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दा  १३. अगम- अगम्य/ भेद पाउन नसकिने)

पृथ्वीनारायण पूर्वका (जयस्थिति मल्ल, महिन्द्र मल्ल, राम शाह) नीति

‍‍‍‍‍‍‍‍१. जयस्थिति मल्ल

जयस्थिति मल्लका स्थिति-बन्देजहरू

) प्रजाहरूले आफ्ना घर-खेत (तथा) बिर्ताहरू धितो राखी ऋण ग्रहण गर्न तथा विक्री गर्न समेत पाउनेछन् ।

) चार वर्ण छत्तीस जातको निर्णय गरी पृथक्‌पृथक् जातिको भेद छुट्टयाएर (सबैले) जातअनुसार (धार्मिक) कर्मकाण्डहरू गर्नुपर्नेछ ।

) अघिका राजाहरूका पालामा अपराध गर्नेहरूलाई हस्तप्रहार तथा धिक्कार वचन गरी दुई थरी (मात्र) सजाय (दिने प्रचलन) थियो । कालका प्रभावले यस्ता सामान्य दण्डहरूले (मात्र) प्रजाहरूको रक्षा नहुने ठानी (अब उप्रान्त) ती दण्डहरूको निवृत्ति गरी रुपियाँ नै (दण्ड) लिने (नयाँ किसिमको दण्ड-नीति) प्रवृत्ति गरेर व्यवहारमा चलाइनेछ ।

) राजा तथा राजसन्तति परलोक हुँदा सबै जातका आफ्ना प्रजाहरूलाई जम्मा गरी जातिका क्रमले मानिसको दुई-चार जोडीको पंक्ति गरी नयाँ पलङ बनाएर श्मशानमा लैजाने, त्यस पलङमा (मृतशरीर) राखी स्वजातिले बोकेर दीपक-राग गाउँदै बाजा बजाई स्मशानमा लैजाने, घाटमा लगी मृतकलाई अग्निसंस्कार गर्ने र मृतकका विषयमा छत्तीस जातहरूमध्ये कसैकसैलाई काहार बाजा बजाई श्मशानमा लगेर जलाउने सम्बन्धी नियमहरू ।

) आफ्ना जातले गरिआएको कार्य छोड्ने र अर्का जातले गरिआएको कार्य स्वीकार गर्नेलाई अपराधी सरह दण्ड (सजाय) गर्ने नियम ।

) जात चिन्नका लागि स-साना जातको निम्ति पहिरन तथा घरहरू यस्तोयस्तो बनाई व्यवहार गर्ने र यस्तो-यस्तो नगर्ने भनी जातैपिच्छे बेग्लाबेग्लै नियम गरी चालचलन गर्ने गर्नू ।

फुटकर व्यवस्थाहरू:

क) चलन(चल्ती)को हकमा काँटा, ढक, पाथी, कुरुवाले नापजोख गरी किन्ने तथा बेच्ने गर्नू ।
ख) आफ्ना जातको रकम नछोड्नू र आफ्नो (भएको) जात नछिपाउनू ।
ग) प्रजाका घर-खेताहरूका हकमा ‘सुना-घर’, ‘सुना-खेत’ र ‘सुना-बारी’ भन्ने नाउँ दिई घर, खेत र पाखाबारीहरूको व्यवस्था गरिने । यसलाई (देशका सबै प्रजाले) आफूखुसीसँग बेच्न, दान गर्न, देवताहरूलाई चढाउन र बन्धक राख्न समेत पाउने ।

स्थिति-बन्देजसम्बन्धी अन्य व्यवस्थाहरू:
) घरको सम्बन्धमा – आफ्नो हातको बूढीऔँलाको (हिसाबले) चौबीस अंगुलका प्रमाणको १ हात गरी (व्यवहार) गर्ने गर्नू । यही नापो अनुसार) गल्ली(भित्र)का घरको निम्ति घरको प्रमाण- घरको चौतर्फी नापो ९५ हातको खा. १, गल्लीभित्रका (बाहिरी) घरको निम्ति १०१ हातको खा. १ र शहरभित्रका घरको निम्ति ८५ हातको खा. १ (मानी घरहरूको नापजाँच) गर्ने गर्नू ।

) ब्राह्मण, क्षत्रिय, वैश्य एवं शूद्र यति (चार) जातको निमित्त घर बनाउँदा वास्तु प्रकारोक्त क्रम र अष्टवर्गका विचारले यथोक्त विधिपूर्वक शिलान्यास गरेर मात्र बनाउने गर्नू ।

) जातककार्यको सम्बन्धमा – ब्राह्मण एवं क्षत्रियले ब्राह्मण(हरू)बाट र वैश्य एवं शुद्रहरूले देवज्ञ(हरू)बाट जातकशास्त्रको विचार गरी दिनको यथेष्ट कालादि तथा फलनिर्णय समेत (हुने गरी) जातकपत्री लेखाउने गर्नू ।

) खेतहरूको विषयमा :

क) अवल, दोयम, सि(य)म र चाहार (गरी) चार प्रकारको (वर्गीकरण गर्ने गरी) व्यवस्था बाँध्ने । (यसरी व्यवस्थाहरू बाँध्दा) अवल खेतको निम्ति चारैतर्फ ९५ हातको प्रमाणको, दोयम खेतको निम्ति चारैतर्फ १०५ हातको, सि(य)म खेतको निम्ति चारैतर्फ ११२ हातको र चाहार खेतको निम्ति चारैतर्फ १२५ हातको १ ‘कर्ष’ मानी व्यवहार गर्ने गर्नू ।
ख) साढे दश हात प्रमाणको ‘टाँगो’ नामक खेत नाप्ने मानदण्ड भईआएकोमा (अब उप्रान्त) साढे सात हात प्रमाणको ‘टाँगो’ को नापो बनाई नाप्ने गर्नू ।
ग) (जग्गाको नापो गर्नको निम्ति) ‘डंगोल’ नामक क्षेत्रकार जातको तथा घरको नापो गर्नको निम्ति तक्षकार बाँडाहरूमध्ये ‘पिछु’ भन्ने गृहकार जातिको व्यवस्था गरियो।
घ) (देशमा रहेका) नेवार (जातिलाई) ३६ जातमा विभाजन गरियो । यस्तै अन्य जातको पनि पृथक-पृथक् भेद गरियो । जस्तै- जोशीको ८, अचारको र वैद्यको ४ जात आदि ।
ङ) श्रेष्ठका ३६ जातमध्ये तागाधारी १३ (जात) रहेका छन् । जस्तै) -चण्डेरी, सुवेदी, भण्डारी, आचार र दैवज्ञ आदि।
च) ब्राह्मणहरूमा – पञ्चगौड र पञ्चद्रविड गरी १० थरी मूल जात हुन् । यिनैबाट धेरैजातका ब्राह्मणहरू भए । जैसी ब्राह्मणहरू अपूज्य रहे।
छ) ज्यापूको ३२ जात, कुमालेको ८ जात, खसहरूको ६४ जात, कसाईले नङ काट्ने ७२ जात, बाँडाहरूको ४ जात, कुसलेको ४ जात र चर्मकार तथा कुलू (समेत) सबै जात गरी जम्मा ७२५ जात निर्धारण गरिए।

माथि नाम उल्लेख भएका जात वा जातिहरूमध्ये साना जातका (मानिसका) हातबाट अधिकार नभएका उत्तम कार्यहरू गराउनाले कुलको नाश र आयुको पनि नाश (हुने) हुन्छ । यसैले नगराउनू भन्ने नियमको व्यवस्था गरियो । यस्तै ठूला जातका स्त्रीले आफूभन्दा साना जातका पुरुषसँग संसर्ग नगर्ने, गरेमा जातिविशेषको व्यवस्थाअनुसार जातिभ्रष्ट, भारी दण्ड तथा प्रायश्चित्तको भागी समेत हुन्छ भन्ने पनि नियम बाँधियो ।

जात-जातिका कामहरूको व्यवस्थाको सम्बन्धमा :-
सबैले आ-आफ्ना जातमा परापूर्वकालदेखि गरिआएका कामहरू मात्र गर्ने गर्नू । यस अनुसार ब्राह्मणहरूले आफूले गर्ने तथा गराउनुपर्ने पूजापाठ तथा जजमानीको काम गर्ने गर्नू । आफूले गर्नुपर्ने काम गर्दामा बिराएमा ब्राह्मणलाई १,००० तुरुष्क दण्ड गर्ने गर्नू ।

यस्तै काम आचारले बिराएमा ५००, गुभालले बिराएमा ५००, ज्यापूले बिराएमा २५, सुडेनीले बिराएमा २५, पिछिनीले बिराएमा १२, नाउले विराएमा १२, भाटले बिराएमा १२, कहारले बिराएमा १२, कुमालले बिराएमा १२, चित्रकारहरूले बिराएमा १२, कसाईले बिराएमा १२ र पोडेले बिराएमा उनीहरूलाई १२ तुरुष्क दण्ड गर्ने गर्नू । यस्तै यजमानले बिराएमा उसलाई पनि १,००० तुरुष्क नै दण्ड गर्ने गर्नू । राजाले पनि परापूर्वदेखि सबै जातको कुलाचार अनुसारका कामहरूमा प्रवृत्त गराउने गर्नू ।

जात-जातिका वृत्तिहरूको सम्बन्धमा :- बाह्मणले यजमानी, क्षत्रियले राजकाजको स्थिति, वैश्यले व्यापार र शूद्रले (माथि उल्लेख भएका) सबै जातको सेवा गर्ने गर्नू । यी कामहरू अरू जातले गर्नुहुँदैन ।

यस्तै चित्रकारहरूले चित्रकारी गर्नू, साल्मीहरूले तेल पेल्नू, छिपाले कपडा रङ्गाउनू, भाटले नम्बूर गाउनू, गठ तथा माली जातले फूल बेच्नू, खुसल जातले डोली बोक्नू, योगीको भेषधारी (व्यक्तिहरू) ले मागी खानू, लोहकर्मी जातले ढुंगाको काम गर्ने गर्नू, नकर्मी जातले फलामको काम गर्ने गर्नू, सिकर्मी जातले काठको काम गर्ने गर्नू, ज्योतिषीले ज्योतिषको काम गर्नू, कुमाल जातले माटाका भाँडाहरू बनाउने गर्नू, टटि जातका व्यक्तिले कात्रो बुन्ने गर्नू, कसाईले राँगो मार्ने तथा मासु बेच्ने गर्नू, नाऊले कपाल खौरने तथा नङ काट्ने गर्नू, भँडेलले पाककर्म गर्ने गर्नू, कसट जातले काँसाको काम गर्ने गर्नू, तमोट जातले तामाको काम गर्ने गर्नू, बाँडा जातले सुनचाँदीको काम गर्ने गर्नू, बौद्धाचार्य तथा गुभाल जातले चित्रकार साल्मी, छिपा, भाट, गठ, लोहकर्मी, कुमाल, नाऊ र बाँडा यी ९ थरी जातकहाँ (गई) जजमानी गर्ने गर्नू।

पञ्च-प्रजाहरूको निम्ति – सिपाहीले ढाल-तरबार, सामान्य प्रजाहरूले डोको-डालो र सबैले आ-आफ्ना (तोकिएका) कर्ममा (प्रवृत्त) रहने गर्नू । ब्राह्मणलाई सिपाहीले ‘पाउलागी !’ गर्ने गर्नू । यस्तै ब्राह्मणले ‘स्वस्ति कल्याण’ तथा ‘दीर्घायु !’ जस्ता आशीर्वाद दिने गर्नू । सिपाही तथा (सर्वसाधारण) नेवारहरूले परस्परमा ‘रामराम’ गर्ने गर्नू ।

चार वर्ण तथा छत्तीसै जातको निमित्त बाँधिएका स्थिति-बन्देजहरू : 

क) जातक जन्मँदा सुडेनीलाई दिने दस्तूर – चिउरा कुरुवा १०, चामल कुरुवा १० र जन्मेदेखि न्वारनसम्म बालकलाई दिएका वस्तुहरू सुडेनीले पाउँछे । डाक्या नआउने सुडेनीलाई १२ तुरुष्क दण्ड गर्ने गर्नू । साविक सुडेनीलाई नडाकी अन्य सुडेनीलाई डाक्ने र (यसरी डाक्दा) आउने सुडेनीलाई पनि २४/२४ तुरुष्क दण्ड गर्ने गर्नू । जन्म भएको दिन अजिमालाई र नातेदार इष्टमित्रहरूलाई पनि सिन्दूर-सुपारी दिने गर्नू । देवताहरूलाई सिन्दूरको पोका र दक्षिणा चढाउनू । गुरुपुरोहितलाई पनि दिनू । सिचुपालु पनि चढाउनू । दिन विचार गरी बढिया दिनमा पिछिनीलाई डाकी नाल कटाउनू । त्यसलाई दस्तुर चिउरा कुरुवा ५ दिनू । डाक्न जाँदा नआउने पिछिनीलाई १२ तुरुष्क दण्ड गर्ने गर्नू ।

ख) बालक जन्मेका चौथा दिनमा अजिमालाई सिचुपालु चढाउनू । सिचुपालु भनेको सुत्केरी हुँदा नुन, अदुवाको टुका, ज्वानु र चाकु एकै ठाउँमा मिसाइएको सुत्केरी हेर्न आउने सबै इष्टमित्रलाई बाँड्ने बालग्रह शान्त गर्ने पदार्थ हो । फेरि सिचुपालु बाँड्नू । क्वाथ र इसीमुगु (पनि) चढाउनू र खुवाउनू । सेतो भोटो, पहेँलो रुमाल, मिमिरा अंगुठी र एक कुरुवा चामल तथा बुकुवा तेल लाइदिनू । पुरोहितले सोझो काम गर्नू । यजमानले (पुरोहितलाई) दक्षिणा भेटी (बापत) २४ दाम दिने गर्नू ।

यसमा साविक पुरोहितलाई नडाकी अर्कै पुरोहितलाई डाक्ने यजमान तथा (यसरी डाक्दा) आई काम नगर्ने पुरोहितलाई (पनि) ५/५ तुरुष्क दण्ड गर्ने गर्नू । जो सकेको हर्षबढाइँ तथा सिचुपालु समेत गाउने-बजाउनहरूलाई दिई पठाउनू । फुपूले त्यहाँ आउने नातेदार तथा पुत्रपरिवारहरू सबैलाई खुवाउनू । काम सिद्धिएपछि फुपूलाई चोलाहरू दिई पठाउनू । पुरोहितलाई सिधा-दक्षिणा दिई पठाउनू।

ग) जातक जन्मिएको दशौँ दिनका दिन नाउलाई डाकी नङ केश बनाउनू । नाउले आफूले पाउनुपर्ने वर्षदिनको ठेक्का बाली अड्केको भए अड्केको बाली लिएर मात्र काम गर्ने गर्नू । यसैगरी यजमानले पनि नाउ-नङिनीलाई दिनुपर्ने ठेक-बाली नअड्काई अगाडि नै दिने गर्नू । डाक्या आएन भने त्यस नाउलाई १२ तुरुष्क दण्ड गर्ने गर्नू । यजमानले साविक नाउलाई छोडी अर्को नाउलाई डाकेर काममा लगाए भने काममा लगाउने तथा गर्ने दुबैलाई १२/१२ तुरुष्क दण्ड गर्ने गर्नू ।

देवपाटनमा बसेका लगाधने संघत भन्ने जातलाई लुगा धुन दिँदा १ पाथी चिउरा र १४ दाम दस्तुर दिने गर्नू । डाक्न जाँदा नआउने संघतलाई ३ तुरुष्क दण्ड गर्ने गर्नू । साविक संघतलाई छोडी अन्य संघतलाई डाकी काम लगाएमा सो गर्ने तथा गराउनेलाई ३/३ तुरुष्क दण्ड गर्ने गर्नू ।

सूतकभित्रमा ज्योतिषीलाई डाकी बढिया दिन हेरी चिना-चिटा गर्ने गर्नू । उनलाई १२ दाम दस्तूर दिने गर्नू । ब्राह्मण तथा रजपूतहरूको १२ दिनमा नामकर्म गर्ने गर्नू । अन्य जातको (भए) १० दिनमा गर्ने गर्नू । पुरोहितले कलशपूजा गरी नाम ठहराएर पञ्चसुगन्ध पदार्थले जन्मपत्रीमा नाउँ लेखी वाचेर बालकलाई सुनाउने गर्नू । यसो गर्दा सुडेनीले बालकलाई स्नान गराउनू । घृतप्राशन गराउनू । मिमिरा अंगुठी, भोटो, बुकुवा र तेल लगाइदिई रुमाल दिने गर्नू । कलशपूजामा तथा अजिमाको काम गर्दा पनि सिचुपालु चढाउने गर्नू । यी काममा लाग्ने मानिसहरूलाई पनि सिचुपालु बाँड्ने गर्नू । माइतबाट ल्याएको टीकाको सरजाम सौँपने गर्नू । माइतबाट आउने मानिसलाई पेटभरि खुवाएर दाम दिई बिदा गर्ने गर्नू । अजिमालाई दिने पदार्थ बाटामा लगी फाल्ने गर्नू । त्यस दिनदेखि बालकलाई महमा घोटी-औषधि खुवाउने गर्नू ।

घ) तेस्रो महिना लागेपछि बढिया दिनमा कलशपूजा गरी शुभलग्न तथा शुभ मुहूर्तमा कुलका मान्ने स्त्री वा पुरुषले नरिवल, कपूर, गुलियो फल र उखुका रसहरू खुवाउनू अनि सुडेनीले बलि फाल्नू । यजमानले ब्राह्मणलाई सिधा तथा दक्षिणा दिई बिदा गर्नू । माइतबाट आउनेलाई खुवाई २/२ दाम दस्तुर दिई बिदा गर्ने गर्नू । त्यस दिनदेखि बालकलाई फल तथा सातु (पनि) चल्यो ।

) छैटौँ महिना लागेपछि बढिया दिन तथा मुहूर्तमा ब्राह्मणले कलशपूजा गरी चौरासी जातका परिकार भएका व्यञ्जनहरू तथा शालिधानको एक कुरुवा चामलको भात समेत खाद्यपदार्थहरू ठूलो थालमा त्रिकूटी समेत राखेर पस्किई पहिले त्यही हिसाबको व्यञ्जन, भात, दही आदि खाने पदार्थहरू अजिमालाई पर सारी असल वेलामा कुलका मान्ने पुरुष वा स्त्रीले पञ्चग्रास खुवाई ठूलो गाँस गरी तीन गाँस खुवाउनू । देवदेवतालाई १ भाग भेटी र ब्राह्मणलाई सिधा दक्षिणा दिई बिदा गर्ने गर्नू । यस दिनदेखि बालकलाई अन्न चल्यो ।

चूडाकर्म- अघिल्ला दिन कुलका मान्ने पुरुषले नङ-कपालहरू बनाएर खली पिनाले नुहाई शुद्ध हुने गर्नू । भोलिपल्ट गणेशपूजा, नान्दीश्राद्ध, पीठपूजा, पूर्वाङ्ग तथा गुरुनाथको पूजा समेत आचार्यका हातबाट गराउने गर्नू । त्यसपछि वटुकको शिरदेखि पाउसम्म सूत्रले नापी १०८ आवृत्ति गरी कुमारीको हातले बेह्री बनाएको अधिवाससूत्र सुगन्धद्रव्य स्वस्तिक-चिह्नित पदार्थहरू र अग्निसंस्कृत लौहको क्षुर, शकुन-कलशहरू समेत जम्मा गरी र अभिषेक दिई नवरत्न-मुद्रिकाले वटुकको केशमा बाँध्ने गर्नू । देवतालाई भेटी चढाउनू । कुमारीको पूजा गरी ब्राह्मण, ज्योतिषी तथा आचार्यहरूलाई पूजा सिधा दक्षिणा दिने गर्नू । अनि त्रिकूटी सहितको ठूलो थालमा शालिधानको एक कुरुवा चामलको भात जम्मै पस्किई चौरासी व्यञ्जनहरू समेत त्यस वटुकलाई पञ्चग्रासपूर्वक भोजन गराउने गर्नू । अनि उच्छिष्ट कलुष फाल्ने गर्नू ।

भोलिपल्ट प्रातःकालमा सामग्रीहरू तयार गरी यज्ञमण्डपमा पूर्वाङ्गकर्म सिध्याई ब्रह्मार्चन गरेर हवन गर्ने गर्नू । यसपछि सुलग्न एवं सुमुहूर्तमा मातुल, क्षुर, सुवर्ण-सूचिहरू(लाई) चन्द्रमण्डल (अङ्कित) थालीमा हालेर पूजा गरी सर्वाैषधियुक्त जलले बालकको केश भिजाउनू । केशमा पञ्चपल्लव बाँधी मावलीको हातले पहिले पूर्वतर्फको केश, अनि कमैले दक्षिण, पश्चिम तथा उत्तरका केश छेदन गर्ने गर्नू । फुपूले चन्द्रमण्डल (अङ्कित) थलियामा थाप्नू । मामाले सुवर्णसूचिले सुगन्धी चन्दनद्वारा चिह्न लगाइदिनू अनि सम्पूर्ण केश नाउबाट नै खौराउनू ।

यसपछि कान छेड्नू, ठाडो टीका लगाउनू, स्नान गराई कपालमा श्रीखण्डले सेतो तिलक लगाइदिनू । निधारमा स्वस्तिक चिह्न लेखी शकुन तथा आशीर्वादहरू पढी वस्त्र पहिराउनू । (यसपछि) ठाडो चन्दन लगाइदिनू । देवताहरूलाई भेटी र ब्राह्मणहरूलाई सिधा दक्षिणा दिने गर्नू । यसपछि यज्ञविसर्जन तथा अभिषेक गरी सूर्य तथा गणेश आदि देवताहरूको दर्शन गराउनू । मामाको घरबाट ल्याएको टीका लगाइदिनू । ल्याउनेहरूलाई खुवाई २/२ दाम दस्तुर दिने गर्नू । फुपूलाई चोलो १ तथा चन्द्रमण्डल (अङ्कित) थाल दिने गर्नू । नाउलाई ४ दिन क्षौरकर्ममा लगाएको वस्त्र र खानेकुराको भाग तथा १२ दाम दस्तुर समेत दिई बिदा गर्ने गर्नू ।

यी काममा लाग्ने साविकका मानिसहरूलाई छोडी अरूलाई डाकेर काममा लगाउने यजमान तथा गर्नेलाई पनि २४/२४ तुरुष्क दण्ड गर्ने गर्नू । डाक्दा नआउने पुरोहितलाई १२ तुरुष्क, ज्योतिषीलाई ६ तुरुष्क, फुपूलाई ८ तुरुष्क, चित्रकारीलाई २ तुरुष्क, कुमाललाई १० तुरुष्क र नाउलाई ३६ तुरुष्कका दरले दण्ड गर्ने गर्नू ।

माथि उल्लेख भएको ब्राह्मण तथा क्षत्रियहरूको चूडाकर्मको व्यवस्था हो । अन्य जातहरूको हकमा भने कलशपूजा मात्र गरी क्षौर गर्ने गर्नू । दण्डहरूको हकमा माथि लेखिए अनुसार नै गर्ने गर्नू ।

व्रतबन्ध
व्रतबन्धको अघिल्लो दिनमा अधिवासन, गणेशपूजा, कलशस्थापन तथा नान्दीश्राद्ध आदि चूडाकर्ममा गरिएबमोजिमका कर्महरू गरी गुरुले हवन गर्ने गर्नू । शुभमुहूर्त तथा वेलामा यथाक्रमले गुरुमण्डल तथा इन्द्रादि देवताहरूका पूजा गरी दण्डादि ग्रहण र आभूषण धारणपूर्वक मौञ्जीबन्धन गरी अन्त्यमा गोदानहरू गर्ने गर्नू।

(क) व्रतबन्धको आरम्भकाल -ब्राह्मणहरूको माघादि, आषाढादि वा भाद्रशुक्ल पक्षमा व्रतबन्धको प्रारम्भ गर्नु बढिया हुने हुन्छ । यस्तै क्षत्रियहरूको निम्ति असल साइतमा आरम्भ गर्नु बढिया हुने हुन्छ । माैञ्जीबन्धनको अष्टम दिनमा समापवर्तन-कर्म गर्नु उचित हुन्छ । त्यसपछि कुलदेवताहरूको भोजन गरी अभिषेक तथा भोजनहरू गर्ने गर्नू ।

यो ब्राह्मण तथा क्षत्रियहरूका निम्ति व्यवस्था हो ।
अरू जातको निमित्त कलशपूजा मात्र गरी व्रतबन्ध गर्ने गर्नू, अरू कर्महरू गरिरहनुपर्दैन । यति कर्म भइसकेपछि स्वजातिका धर्म तथा मर्यादाहरूमा रहने गर्नू।

(ख) जातिच्युत भएमा संस्कार – खुसलदेखि माथिल्ला जातले त्यसभन्दा मुनि कुलूसम्मका जातका (मानिसका) हातको पानी नखानू । कदाचित् भूलमा परी खाएको भएमा चान्द्रायण व्रत गरी पञ्चगव्य खाएर ब्राह्मणलाई गोदान गरी रात्रिमा ताराको दर्शन गरेर मात्र भोजन गर्नू, त्यसपछि (मात्र) शुद्ध होइन्छ।

अकाल पर्दा जानि-जानी (तल्ला जातका मानिसका हातको पानी) खाएको भएमा प्राजापत्य चान्द्रायण व्रत तथा गोदान गरी ब्राह्मणहरूलाई सिधा-दक्षिणा दिएर सरकारमा १२० तुरुष्क दण्ड तिरी पञ्चगव्य (एवं) गङ्गाजल खाएर आफ्ना जातका व्यक्तिलाई १२/१२ तुरुष्क दिई उनीहरूलाई भोजन गराएर रात्रिमा ताराहरूको दर्शन गरी स्वजातिसँग भात मिलाउनू, (त्यसपछि मात्र) शुद्ध हुने हुन्छ ।

बाबु ब्राह्मण र आमा विधवा (ब्राह्मणी वा) रजपूतनीबाट जन्मेका जैसीहरूलाई जनै दिई शिखा तथा गायत्री पनि दिए हुन्छ । यस्ता जैसीहरू सङ्कल्प (वाक्यसम्म) पढ्न सक्छन् । यिनीहरूले विवाह-कर्म भने श्रेष्ठ जातसँग गर्ने गर्नू । यिनीहरूले ज्योतिषशास्त्र पढ्ने गर्नू । पात्रो बनाउनू, ग्रहण-योग तथा स्नानादि योगहरू बताउने गर्नू । चिना लेख्नू । यिनीहरूले यति कार्यहरू गर्न हुन्छ । यी कार्यहरू बाहेक ब्राह्मणहरूले गर्ने अन्य कार्यहरू गर्न हुँदैन । मर्यादा नाघी जैसी जातका व्यक्तिहरू अन्य ब्रह्मकर्महरूमा प्रवृत्त भएमा त्यस्ता जैसीहरूलाई १२ तुरुष्क दण्ड गर्ने गर्नू ।

बाबु ब्राह्मण तथा आमा सवर्ण क्षत्रिनीबाट जन्म हुने कर्माचार्य भन्ने जातले शिखा, गायत्री लिई तुलजादेवीको टहल गर्ने गर्नू । कदाचित् कुनै कारणले देवीको काम अड्क्यो भने पूजा नअड्काउनू । अरूले छुन नहुने देवदेवताहरूलाई बोकी राज हुने ठाउँमा ल्याउनू । कर्माचार्यले आफ्ना पुर्खामा नचलेकोमा बलमिचाइँ गरी जनै लाए त्यस जनैलाई छिनालिदिई त्यस्ता कर्माचार्यलाई आगामा लाल गरी पोलेका फलामका तारको जनै लगाइदिनू । अरू कुरामा माथिकै सदर ठान्नू ।

जैसी जातले आफूले गर्न हुने कर्महरूबाहेक बलमिचाइँ गरी उपल्ला जातले गर्ने कर्महरू गरे त्यस्ता जैसीको जनै छिनाई श्रेष्ठ जातमा मिलाएर २४ तुरुष्क दण्ड गर्ने गर्नू ।

ब्राह्मणले खुसल्नीलाई स्वास्नी तुल्याए १२० तुरुष्क दण्ड गर्ने गर्नू । प्राजापात्य चान्द्रायण गरी आफ्ना जातवर्गीलाई २४/२४ दस्तूर दिएर भोजन गराउने गर्नू । पञ्चगव्य, गङ्गाजल, शालिग्रामको जल तथा तुलसीजल खाई रात्रिमा ताराको दर्शन गरेर भोजन गर्नू (त्यसपछि मात्र) शुद्ध हुने हुन्छ ।

तपिनी, मुसल्नी, साल्मिनी, चित्रकार्नी, भटिनी र पुलपुलिनी जातका स्त्रीलाई ब्राह्मणले स्वास्नी तुल्याएमा खुसल्नीसँग बिग्रँदा गरिने कार्यहरू गरी शुद्ध हुन्छ । नाऊनी तथा संघतनीसँग ब्राह्मण बिग्रिए १४० तुरुष्क दण्ड गर्ने गर्नू । अन्य कुरा माथि लेखिए बमोजिम गरी शुद्ध हुन्छ ।

लोहकर्मी, कौनी, माहुतिनी, छिपिनी, मालिनी, बलिनी, कसाइनी, गठिनी, संखुनी, छत्रकार्नी, सबल्नी, सुडेनी, कुस्लिनी, बलामिनी र माझिनी जातका स्त्रीलाई ब्राह्मणले स्वास्नी तुल्याए ४८० तुरुष्क दण्ड गर्ने गर्नू । चान्द्रायणका हकमा माथि लेखिएको दोब्बर गरी अरू कर्म लेखिए बमोजिम गर्ने गर्नू ।

पोडिनी, च्यामिनी र कुलुनी जातका स्त्रीलाई यीभन्दा उपल्ला जातका पुरुषले स्वास्नी तुल्याएमा उही जात हुन्छ, प्रायश्चित्त छैन । नजानी भूल गरी बिग्रिए २४० तुरुष्क दण्ड गर्ने गर्नू । तीन प्राजापत्य चान्द्रायण गरी अरू कर्म माथि लेखिएबमोजिम गर्ने गर्नू, (त्यसपछि मात्र) शुद्ध हुन्छ । माथि उल्लेख भएका सबै जातमा लोग्ने भएका स्वास्नीसँग बिग्रिएमा ६० सुनशृङ्गी रुपियाँ दण्ड गर्ने गर्नू।

ल्हासा जानेका स्वास्नीहरूसँग बिग्रिएमा लेखिएको दण्डको दोब्बर दण्ड गर्ने गर्नू । माथि उल्लेख भएका प्रायश्चित भने आधा गर्ने गर्नू । लेखिएका कसूरहरू क्षत्रिय जातले गरेको भएमा त्यसको आधा दण्ड गर्ने गर्नू । अरू कुरामा ब्राह्मणलाई हुने दण्ड बमोजिम गर्ने गर्नू । वैश्य जाति बिग्रिए भने दण्डको हकमा क्षत्रियलाई हुने दण्ड बमोजिम गर्ने गर्नू । प्रायश्चित आधा गर्ने गर्नू । अरू लेखिएकै सदर । शूद्र जाति बिग्रिए भने दण्डका हकमा क्षत्रियलाई हुने दण्डको आधा दण्ड गर्ने गर्नू । चान्द्रायण व्रत माथिकै सदर हुन्छ । प्रायश्चित गर्न नपर्ने लोग्ने हुने स्वजातका स्वास्नीसँग बिग्रिएमा ६० सुनशृङ्गी रुपियाँ दण्ड गर्ने गर्नू ।

असल जातका स्वास्नीमानिससँग ऊभन्दा कम जातका पुरुष बिग्रिएमा जातको प‌ंक्ति बढाई स्वास्नीमानिसको गर्भ रहेको छैन भने भूल परी बिग्रिएको भए चौथाइ दण्ड गर्ने गर्नू । चान्द्रायण तथा प्राजापत्यको हकमा माथिकै सदर गर्ने गर्नू । जानी-जानी बिग्रिएको भएमा दण्ड तथा चान्द्रायणको हकमा दोब्बर बढाई गर्ने गर्नू । अरू माथि लेखिएकै सदर गर्नू ।

लोग्ने हुने ब्राह्मणीसँग ब्राह्मण बिग्रिए ३० सुनशृङ्गी रुपियाँ दण्ड गर्ने गर्नू । ती ब्राह्मणी आफ्नो जातबाट भ्रष्ट हुन्छिन् । लोग्ने भएका ब्राह्मणीसँग क्षत्रिय बिग्रिएमा लिङ्ग काटिदिई ३० सुनशृङ्गी रुपियाँ दण्ड गरेर खोला पारि पुर्‍याई त्यस क्षत्रियलाई एकै चोटमा मर्ने गरी चाण्डालको हातबाट हानी मार्ने गर्नेू । विधवा ब्राह्मणीसँग क्षत्रिय बिग्रिएमा लिङ्ग मात्र काटी ३० सुनशृङ्गी रुपियाँ दण्ड गर्ने गर्नू । त्यस क्षत्रियले आफ्नो जात-भातमा जानुपरेमा प्राजापत्य चान्द्रायण गर्ने गर्नू, गरेको अपराध शुद्ध हुन्छ । लोग्ने भएका ब्राह्मणीसँग वैश्य जात बिग्रिएमा लिङ्ग काटिदिई १२० सुनशृङ्गी रुपियाँ दण्ड गर्ने गर्नू । दुवै लोग्ने स्वास्नीलाई चान्द्रायण व्रत छैन, दुवै अपराधी ठहर्छन् । विधवा ब्राह्मणीसँग वैश्य बिग्रिएमा लिङ्ग काटिदिई ६० सुनशृङ्गी रुपियाँ दण्ड गर्ने गर्नू । ब्राह्मणीलाई चान्द्रायण व्रत छैन, अपराधी हुन् । त्यस्ता वैश्यले आफ्ना जातभातमा चल्नुपरेमा १० पटक(सम्म) प्राजापत्य तथा चान्द्रायण व्रत गर्ने गर्नू, (त्यसपछि मात्र) शुद्ध हुन्छ। लोग्ने हुने ब्राह्मणीसँग शूद्र बिग्रिएमा लिङ्ग काटिदिई त्यसैलाई खुवाई चाण्डालको हातबाट त्यसलाई कटाउनू । यस्ता ब्राह्मणीलाई चान्द्रायण व्रत छैन, लोग्नेको जातमा मिल्यो ।

जातविशेषका कार्यव्यवस्थाहरू:

कुलू जातले गर्ने कामको व्यवस्था – आफ्ना जातका हातबाट कपाल खौरनू, नङ काट्नू । वृद्धिसूतक तथा मृतसूतकको कर्म पनि आ-आफूले नै गर्ने गर्नू । आशौच १० दिन बार्ने गर्नू । ४५ दिने पिण्डकर्म तथा सपिण्डीकर्म पनि आफ्ना जातका नाइकेका वचनले आफ्ना जातका जान्ने मानिसका मुखबाट वाक्य पढी गराउने गर्नू । छालाका कुवा, गाग्रो, थैली, थैलो आदि मालहरू बनाउनू । बाजा पेटाराका गोलामा छाला लगाउनू । आफ्नो जातले गर्ने छालाको काम छोडी अरू जातले गर्ने इलम गरे त्यस कुलुलाई १२० तु‍‌‍रुष्क दण्ड गर्ने गर्नू । यस जातले आफ्ना जातमा विवाह गर्न पाएन भने आफ्नो जात नदबाई राजी गराई श्रेष्ठदेखि कुसलेसम्मका जातका स्वास्नी ल्याउनू, बात लाग्दैन ।

पोडे जातले गर्ने कामको व्यवस्था – आफ्ना जातका हातबाट कपाल खौरनू, नङ काट्नू । आ-आफूले वचन पढी सूतक-पिण्डहरू गर्नू । जोडी मिलाई जोर पोशाक लगाउने गर्नू । सुनको गहना नलगाउनू । सूर्यनारायण अस्त भएपछि विनाकामले शहरभित्र नपस्नू । पीठदेवताका समीपमा बसी देवताका गहनाको सम्भार गरेर नैवेद मागी खाने गर्नू । माछा मारी तथा भँगेरा समाती बेचेर खाने गर्नू । आफूभन्दा ठूला जातलाई नछुनू । गाई नखानू, सुँगुर खानू । मुर्दाका लुगाहरू बटुलेर लिनू । श्मशानको दस्तूर १ दाम लिने गर्नू । पोडिनीले सती जाने स्वास्नीमानिसहरूसँग प्रेमपूर्वक मागी जोर पोशाक लिने गर्नू । सती जाने स्वस्नीमानिसले लोग्नेसँग नमरी चिताबाट झरेर जान्न भनी भने त्यस स्त्रीले पोडिनीसँग मिली त्यही जात भई बस्ने गर्नू ।

डूम जातको व्यवस्था – कुसले जातसँग सँगै मिली ढोलक बजाउने गर्नू । स्वास्नी नचाएर कमाइ गरी खानू । मृतसूतककर्म र त्रैपाक्षिक कर्महरू आफैँले गर्ने गर्नू ।

कुसले जातको व्यवस्था – सबै प्रजाका मङ्गलकार्यहरूमा बाजा बजाउने गर्नू । सामान्य कार्य गर्दा दस्तूर १२ दाम लिने गर्नू । विवाहकार्यमा भए रु ॥ दस्तूर लिने गर्नू । पास्नी, चूडाकर्म तथा व्रतबन्धमा जनही दस्तूर ६/६ दामका दरले लिने गर्नू । मङ्गलकार्य गर्नेले यिनीहरूलाई पेटभरी खुवाउने गर्नू । यस जातले डाक्दा नआई काम अड्काए १२ तुरुष्क दण्ड गर्ने गर्नू । टोल-टोलमा दुनियाको चोक बढारी खाने गर्नू । कापालिक भेष भई डमरु बजाएर मागी खाने गर्नू । सूतक ६ दिन र मृतक ७ दिन बार्ने गर्नू । मृतक गाड्नू । पुरोहित आफ्नै जातको हुनू । मरेमा त्रैपाक्षिक कार्य गर्ने गर्नू । खेतबारी कमाउनू ।

कसाई जातको व्यवस्था – आफ्ना जातका हातबाट नङ केश बनाउनू । दुनियाँको शव श्मशानघाटमा लैजाँदा सतीको बाजा बजाएकोमा एक-एक टका र अरूमा तीन-तीन दाम दस्तुर लिने गर्नू । दुनियाँका काममा राँगो काट्दा एक दाम वा एक पैसा दस्तुर लिई काट्ने गर्नू । भित्र टीकावाल राँगो नकाटी बाहिर राँगा नकाट्नू । भला मानिसलाई त्यो मासु नबेच्नू । चौरमा प्रजाहरूको राँगो काट्नु परे राजदस्तूर बापत एक पैसा लिएर मात्र काट्ने गर्नू । मासुको व्यापार गर्नेले दोब्बर राजदस्तूर दिने गर्नू । दुनियाँले बँदेल काट्नुपर्‍यो भने सरकारमा टाउको चढाई आफ्नो दस्तूर आठ पैसा लिई मासु छुट्याइदिने गर्नू । आफूभन्दा ठूला जातलाई दही दूध नबेच्नू । घिउ पनि नदिनू । सूतक ६ दिन ६ र जूठो ७ दिन बार्ने गर्नू । त्रैपाक्षिक कर्महरू माथि लेखिए अनुसारकै सदर । खेती गर्नू । पुरोहित गुभास (= गुभाजु) गर्ने गर्नू ।

नरी जातको व्यवस्था – भित्तामा चित्रकार लेख्ने गर्नू । फर्मायसी चित्र पनि लेख्ने गर्नू । कसाईबाट नङ केश कटाउनू । सूतक दिन र मृतक दिन १० बार्ने गर्नू । त्रैपाक्षिक कर्म पनि गर्ने गर्नू ।

माली जातको व्यवस्था फूल बेची तथा साटी खाने गर्नू । सूतक, जूठो, त्रैपाक्षिक र पुरोहितहरू पनि नरी जातको बमोजिम गर्ने गर्नू ।

छिपा जातको व्यवस्था – नीर आदि रङ्गहरूले धागो कपडाहरू रंगाउने गर्नू । कसाईबाट कपाल (तथा) नङ कटाउने गर्नू । सूतक, जुठो, त्रैपाक्षिक र पुरोहितहरू पनि नरी जातको अनुसार (नै) गर्ने गर्नू ।

पुलपुलु जातको व्यवस्था – दुनियाँका मृतकहरूलाई श्मशानघाटमा लैजाँदा अघि-अघि लगेर मुजुरा आरती बजाई आफ्नो दस्तूर ४ दाम र एक कुरुवा चामल लिने गर्नू । कसाईबाट कपाल, नङ बनाउनू । सूतक, जूठो, त्रैपाक्षिक र पुरोहितहरू माथि लेखिए बमोजिम गर्ने गर्नू ।

नकर्मी जातको व्यवस्था – (नकर्मीले) फलामको काम गर्ने गर्नू । सूतक ६ दिन बार्नू । जूठो, त्रैपाक्षिक तथा पुरोहितहरू माथि लेखिएबमोजिम गर्ने गर्नू ।

पिछिनी जातको व्यवस्था – (पिछिनी जातले) दुनियाँका बालबच्चाहरू जन्मदा बढिया दिनमा नाल काटेर दोबाटामा लगी गाड्ने गर्नू । (यसले) सुडेनीले पाउने दस्तूरको आधा दस्तूर लिने गर्नू । आशौच १० दिन बार्नू । पुरोहित गुभाल गर्ने गर्नू । त्रैपाक्षिक गर्नू, नाऊ कसाई गर्ने गर्नू । खेत कमाउनू ।

संघत जातको व्यवस्था – दुनियाँको लुगा धोई वर्ष दिनको कबूल बमोजिम बाली वा महिनावारी लिने गर्नू । जुठो तथा सूतक परेमा त्यस्तो परेका विष्टबाट ६/६ कुरुवा चिउरा र १६/१६ दाम दस्तूर लिने गर्नू । खेत कमाउनू । सूतक, जूठो तथा पुरोहितहरू माथिकै सरह गर्ने गर्नू ।

नाऊ जातको व्यवस्था – ब्राह्मणदेखि ज्यापूपर्यन्तका जातको कपाल खौरने गर्नू नङ काट्नू । सूतक जुठो परेमा ६/६ कुरुवा चिउरा दस्तूर लिने गर्नू । अरू कार्यमा भने आफ्ना विष्टले जो दिएको भाग लिने गर्नू । माहूर लाउनू । ऐना देखाउनू । चूडाकर्म तथा व्रतबन्धहरूमा भोज खाई १२/१२ दाम दस्तूर लिने गर्नू । अरू कार्यमा विष्टले जो दिएको भाग लिने गर्नू । खेत कमाउनू । सूतक तथा जुठो १० दिन बार्ने गर्नू । त्रैपाक्षिक लत्याकर्म पनि पनि गर्ने गर्नू । पुरोहित माथिकै सदर गर्ने गर्नू ।

कोनाल जातको व्यवस्था – (कोनाल जातले) नेपाली धूप बनाई काठ कुँदेर बेची खाने गर्नू । अरू कार्य माथिकै सदर गर्ने गर्नू ।

महाब्राहमण तथा भाट जातको व्यवस्था – (महाब्राह्मण तथा भाट जातले) पाखी तथा पटुकाहरू रङ्गाउनू । मृतक परेमा ११ दिनमा दिएको भोजन खाने गर्नू । खेत कमाउनू । पसल नराख्नू । मृतकका जूठाहरू माथिको सदर ।

चित्रकार जातको व्यवस्था – (चित्रकार जातले) देवताको चित्र लेख्ने गर्नू । गुभालसँग दीक्षा ग्रहण गर्नू । खेत कमाउनू । रक्सी जाँडहरू बेच्नू । नाऊ कसाई गर्ने गर्नू । जूठो तथा सूतक माथि लेखिए बमोजिमको सदर।

साल्मी जातको व्यवस्था – (साल्मी जातले) तेल पेली बेच्ने गर्नू । बाबियाले खट बाँध्नू । अरू कर्महरू माथिकै सदर गर्ने गर्नू ।

मुसल जातको व्यवस्था – (मुसल जातले) कसाईले मासु बेच्ने ठाउँमा पोको पारिदिई उसले दिएको आफ्नो दस्तूर लिएर खाने गर्नू । सूतक तथा जुठो माथिको नै सदर गर्ने गर्नू ।

टोपे जातको व्यवस्था – (टोपे जातले) पालुङ्गाको साग रोपी व्यवस्थासित बेच्ने गर्नू । बेच्दा सरकारमा दस्तूर दिने गर्नू । काहार बाजा बजाउने गर्नू । खेती गर्नू । सूतक जूठो आदि माथिकै सदर गर्ने गर्नू ।

खुसल जातको व्यवस्था- (खुसल जातले) काहार बाजा बजाउने गर्ने । खट बाँध्दा साल्मी जातले नपुगे गुहार दिने गर्नू । खेती गर्नू । सूतक जुठो आदि माथिकै सदर गर्ने गर्नू ।

सिकर्मी जातको व्यवस्था- (सिकर्मी जातले) काठको काम गर्ने गर्नू । सूतक ६ दिन तथा जुठो १० दिन बार्ने गर्नू । त्रैपाक्षिक गर्नू । पुरोहित पनि माथिकै सदर गर्ने गर्नू ।

ग्वाल-तथा हेल जातको व्यवस्था – (ग्वाल तथा हेल जातले) गाई पाल्ने गर्नू । दूध, दही तथा घिउहरू बेच्नू । सरकार र प्रजाहरूलाई कार्य गर्दा चाहिएका गाईहरू तयार गरी मोल लिएर दिने गर्नू । सूतक १० दिन तथा जुठो १२ दिन बार्ने गर्नू । त्रैपाक्षिक तथा पुरोहितहरू माथिकै सदर गर्ने गर्नू ।

कुमाल जातको व्यवस्था – (कुमाल जातले) माटाका भाँडा बनाई सरकारलाई दस्तूर दिएर बेच्ने गर्नू । सूतक १० दिन बार्नू । जूठो तथा त्रैपाक्षिकहरू माथिकै सदर गर्ने गर्नू । पुरोहित गुभाल वा आचार गर्ने गर्नू ।

उदास जातको व्यवस्था – (उदास जातले) ल्हासामा कोठी थापी व्यापार गर्ने गर्नू । सूतक ६ दिन तथा जुठो १० दिन बार्ने गर्नू । त्रैपाक्षिक गर्नू । पुरोहित गुभाल गर्ने गर्नू ।

तटी जातको व्यवस्था – (तटी जातले) कात्रो बुन्नू । जनै बनाई बेच्ने गर्नू । सूतक तथा जूठो १० दिन बार्ने गर्नू । त्रैपाक्षिक गर्नू । पुरोहित ब्राह्मण गर्ने गर्नू ।

तमोट जातको व्यवस्था – (तमोट जातले) तामा, काँसो आदि धातुका भाँडाहरू बनाउने गर्नू । सुनचाँदीका भाँडामा जलप गर्ने गर्नू । सूतक ६ दिन तथा जुठो १२ दिन बार्ने गर्नू । त्रैपाक्षिककर्म माथिकै सदर गर्ने गर्नू । पुरोहित ब्राह्मण, आचार वा जोसीहरू गर्ने गर्नू । यजमान बुद्धमार्गी भए पुरोहित गुभाल गर्ने गर्नू ।

सुलमी श्रेष्ठ जातको व्यवस्था – (सुलमी श्रेष्ठ जातले) रानीका माइती नभए माइतीले गर्ने काम गर्ने गर्नू । व्यापार गर्नू । सूतक, जुठो तथा त्रैपाक्षिकहरू माथिकै सदर गर्ने गर्नू ।

किसानी जातको व्यवस्था – (किसानी जातले) देवदेवताका पूजासामा बोक्ने गर्नू । बलि फाल्नू । पुरोहित गुभाल गर्ने गर्नू, खेत कमाउनू । सूतक, जुठो तथा त्रैपाक्षिकहरू माथिकै सदर गर्ने गर्नू ।

वैद्य जातको व्यवस्था – (वैद्य जातले) दुनियाँको नाडी हेरी व्यथा ठहर्‍याएर औषधि गरी रोग निवारण गर्ने गर्नू । असाध्य भई जाने ठहरेका विरामीलाई वैतरणी आदि दान गराई तीर्थमा पुर्‍याउने गर्नू । औषधि खुवाउँदा अनुपाम तथा पथ्य मुनासिब विचार गरी प्रयोग गर्ने गर्नू । दस्तुर १ टका लिने गर्नू ।

लोहकर्मी जातको व्यवस्था – (लोहकर्मी जातले) शास्त्रोक्त प्रमाणपूर्वक देवदेवताहरूको मूर्ति बनाउने गर्नू । सुमेरु खोली ढुंगा फोर्ने गर्नू । सूतक १० दिन तथा जुठो १२ दिन बार्ने गर्नू । त्रैपाक्षिक कर्म गर्नू । पुरोहित गुभाल गर्ने गर्नू ।

बरही जातको व्यवस्था – (बरही जातले) काठको फर्मायसी काम गर्ने गर्नू । चर्खा, उइँटा आदि काठका मालहरू बनाई बेचेर खानू । सूतक जुठोहरू माथिकै सदर गर्ने गर्नू । पुरोहित ब्राह्मण गर्नू । बुद्धमार्गी भए गुभाल गर्नू ।

हलवाई जातको व्यवस्था – (हलवाई जातले) रोटी बनाउनू । गुभालसँग मन्त्र सुन्नू । सूतक १० दिन तथा जुठो १२ दिन बार्ने गर्नू । त्रैपाक्षिक कर्म पनि गर्ने गर्नू ।

भिखु (भिक्षु) बाँडा जातको व्यवस्था – (भिखु बाँडा जातले) मूला तथा अदुवाको खेती गर्ने गर्नू । पञ्चपताका दिनू, शिखा मुण्डन गर्ने गर्नू । गुभालसँग मन्त्र सुन्नू । सूतक १० दिन तथा जुठो १२ दिन बार्ने गर्नू । त्रैपाक्षिक कर्म पनि गर्नू । पुरोहित गुभाल गर्ने गर्नू ।

बाँडा जातको व्यवस्था (बाँडा जातले) सुनचाँदीको गहना बनाउने गर्नू । ढलौट धातुको भाँडा बनाउने गर्नू । धातुमा बुट्टा काट्नू । सुनचाँदीको जलप गर्ने गर्नू । काँसका कचौराहरू बनाउनू । पुरोहित गुभाल गर्ने गर्नू । सूतकादि कार्यहरू माथिकै सदर गर्ने गर्नू ।

बज्राचार्य जातको व्यवस्था – यो गुभाल जात हो । यसले श्रेष्ठ, ज्यापू, हलवाई, बरही, सिकर्मी, लोहकर्मी तथा चित्रकारसम्मका अघिदेखि आफूले मन्त्र दिइआएका बुद्धमार्गीलाई मन्त्र दिने गर्नू । सूतक ६ दिन तथा जुठो १० दिन बार्ने गर्नू । पुरोहित गुभाल नै गर्ने गर्नू । ४५ दिने कार्य पनि गर्ने गर्नू ।

पीठाचार्य जातको व्यवस्था – (पीठाचार्य जातले) पीठ-पीठमा देव-देवताको पूजा गर्ने गर्नू । आफूले अघिदेखि गरिआएका तथा अधिकार पाएका महाबलि आदि विधिविधान गर्ने गर्नू। ब्राह्मणबाट मन्त्र सुन्नू । जनै धारण गर्ने गर्नू । विधिका हकमा आफ्ना जातका शिष्ट पुरुषहरूले गर्ने गर्नू । सूतक तथा जुठो १२ दिन बार्ने गर्नू । ४५ दिने कार्य पनि गर्ने गर्नू । पुरोहित ब्राह्मण गर्नू । विवाहकार्यमा श्रेष्ठ जात तथा दुनियाँको घर पवित्र गर्ने गर्नू ।

शिवाचार्य जातको व्यवस्था- (शिवाचार्य जातले) शिवलिङ्गको पूजा गर्ने गर्नू । आफ्नो अधिकार भएका जातसम्ममा यजमानी कार्य गरी यज्ञादि कर्म गर्ने गर्नू । गृहशुद्धिकर्म पनि गर्ने गर्नू । ब्राह्मणबाट मन्त्र सुन्नू । जनै धारण गर्ने गर्नू । आफ्ना जातका कर्महरू आफ्ना जातका शिष्टहरूका हातबाट गर्ने गर्नू । सूतकादि माथिकै सदर गर्ने गर्नू । पुरोहित ब्राह्मण गर्नू । श्रेष्ठसँग विवाह आदि व्यवहार चलाउने गर्नू।

कर्माचार्य जातको व्यवस्था (कर्माचार्य जातले) श्री तलेज्यूको टहलमा चौकी बस्ने गर्नू । ब्राह्मणबाट मन्त्र सुन्नू । जनै धारण गर्ने गर्नू । कर्मकाण्डको विधि आफैँले गर्ने गर्नू । आफ्ना अधिकार भएका जातसम्ममा यजमानी गर्ने गर्नू । पुरोहित ब्राह्मणलाई गर्ने गर्नू । सूतक आदि माथिकै सदर गर्ने गर्नू ।

गुर्वाचार्य जातको व्यवस्था – (गुर्वाचार्य जातले) श्रेष्ठलाई दीक्षामन्त्र सुनाउने गर्नू । ब्राह्मणबाट मन्त्र सुन्नू । आफ्नो अधिकार भएका जातमा यजमानी गर्ने गर्नू । शुभकार्यमा होम गर्नू । पुरोहित ब्राह्मण गर्नू । सूतक तथा जुठो माथिकै सदर ।

देवाचार्य जातको व्यवस्था– (देवाचार्य जातले) आफ्नो जातका शिष्टजनबाट मन्त्र सुन्ने गर्नू । आफ्ना शुभकार्यमा होम गर्ने गर्नू । यजमानी गर्नू । पुरोहित तथा सूतक आदि माथिकै सदर ।

पात्रवंश तथा ठकुलवट जातको व्यवस्था- (पात्रवंश तथा ठकुलवट जातले) ब्राह्मणबाट मन्त्र सुन्ने गर्नू । ढाल-तरवार भिर्नू । राजसेवामा निरन्तर रहने गर्नू । पुरोहितहरू माथिकै सदर गर्ने गर्नू ।

राजलवट जातको व्यवस्था – (राजलवट जातले) ब्राह्मणहरूबाट मन्त्र सुन्ने गर्नू । ढाल-तरवार भिर्नू। राजसेवामा रहनू । पुरोहितहरू माथिकै सदर गर्ने गर्नू ।

कायस्थ जातको व्यवस्था- (कायस्थ जातले) सरकारको दस्तखत तथा मोहरहरू लेख्ने गर्नू । राजा तथा दुनियाँ सबैमा दानपत्र तथा सुक्रीविकीपत्र आदि व्यावहारिक लिखतहरू लेख्नू । त्यसरी लेखेकोमा दस्तूर लिने गर्नू । ब्राह्मणसँग मन्त्र सुन्नू । पुरोहित तथा सूतकहरू माथिकै सदर गर्ने गर्नू ।

भारो श्रेष्ठ जातको व्यवस्था – (भारो श्रेष्ठ जातमध्ये) शिवमार्गीले ब्राह्मणसँग र बुद्धमार्गीले गुभालसँग मन्त्र सुन्ने गर्नू । व्यापार गर्नू । पुरोहितका हकमा (पनि) शिवमार्गीले ब्राह्मण र बुद्धमार्गीले गुभाललाई गर्नू । सूतकादिहरू माथिकै सदर गर्ने गर्नू ।

अमात्य तथा महाजू जातको व्यवस्था – (अमात्य वा महाजू जातले) ब्राह्मणसँग मन्त्र सुन्ने गर्नू । उत्तम श्रेष्ठसँग विवाह गर्ने गर्नू । राजकार्य गर्ने गर्नू । पुरोहित तथा सूतकहरू भारो श्रेष्ठकै अनुसार गर्ने गर्नू ।

जोसी जातको व्यवस्था – (जोशी जातले) ब्राह्मणसँग मन्त्र सुन्ने गर्नू । जनै, शिखा तथा गायत्री पनि धारण गर्ने गर्नू । सङ्कल्पवाक्य पढी नित्यकर्म गर्ने गर्नू। उत्तम श्रेष्ठसँग विवाह गर्ने गर्नू । ज्योतिषशास्त्र पढ्नू । पात्रो बनाउनू। ग्रहण, ग्रहयोग, स्नान, दान, प्राशस्त्ययोग, ग्रहहरूको मेलक, शुभाशुभ योग आदिको ठीक-ठीक निर्णय गरी प्रजाहरूलाई बताउनू । जन्मपत्री तथा चिनाहरू लेख्नू । यसदेखि उपल्ला श्रेणीका कर्महरू नगर्नू । आफ्ना अधिकारसम्मको यजमानी कार्य गर्ने गर्नू । पुरोहित तथा सूतकहरू साविकै सदर गर्ने गर्नू ।

देवब्राह्मण जातको व्यवस्था – (देवब्राह्मण जातले) स्वजनबाट मन्त्र सुन्ने गर्नू । राजालाई मन्त्र दिनू । श्रेष्ठसम्मका जातहरूमा जजमानी गर्ने गर्नू । वेदमन्त्र, स्मृति तथा पुराण आदिबाट कृत्यमा गल्ती भएको ठहरिएका कार्यहरूमा (सुधार) गर्नू तथा गराउनू । आफ्नो निमित्त निषेध गरिएका कार्यहरू नगर्नू तथा नगराउनू । राजगुरुघरले पुराण वाच्ने गर्नू । राजगुरुले अरूलाई मन्त्र नसुनाउनू । पुरोहित स्वजातीय ब्राह्मण गर्ने गर्नू । सूतक १० दिन तथा जुठो १२ दिन बार्ने गर्नू । ४५ दिनमा गर्ने मासिक-श्राद्ध तथा सपिण्डक-श्राद्धहरू पनि गर्ने गर्नू ।

ब्राह्मण जातको छोरा नभई ब्राह्मण परलोक भएमा तिनकी ब्राह्मणीले स्वर्गमा रहुन्जेल जो भएको चल अचल धन खान तथा बेहोर्न पनि पाउँछिन् । ती ब्राह्मणी छउन्जेल अपुताली भनी अन्य दाजुभाइहरूले लिन पाउँदैनन् । कार्यहरू पनि अरूले गर्न पाउँदैनन् । तिनै ब्राह्मणीले गर्ने गर्नू ।

यस्ता हिसाबले राजा जयस्थिति मल्लले स्थिति बन्दोबस्तहरू बाँधी (आफ्ना) सबै प्रजालाई (यसैमा) प्रवृत्त गराएर आफू पनि यसै स्थिति-बन्देजमा रहेका थिए । यो स्थिति-बन्देजलाई पछि हुने राजा तथा प्रजाहरू जसले नास गर्ला त्यसलाई पाप लाग्ला, जसले थामी उत्तरोत्तर उन्नति गराउला उसलाई पुण्य होला भनी (राजा जयस्थिति मल्लले) यो श्लोक समेत लेखी प्रचार गराएका थिए :

आदित्यचन्द्रावनिलोनलश्च, द्यौर्भूमिरापो हृदयं यमश्च ।
अहश्च रात्रिश्च उभे च सन्धे धर्मस्थ जानाति नरस्य वृत्तम् ।।”

सत्यं हन्ति सुतं हन्ति, हन्ति पुण्यं पुरा कृतम् ।
स्वर्गस्थं पितरं हन्ति, ये प्रकुर्वन्ति चान्यथा  ।।
स्वदत्तां परदत्तां वा, यो हरेच्च वसुन्धराम्।।
षष्ठिवर्षसहस्राणि विष्टायां जायते कृमिः ।।”

 

२. महिन्द्र मल्ल

महिन्द्र मल्लका स्थिति-बन्देजहरूको मूल पाठ

“प्रजा हो । हाम्रा छिमेकी पुकाटोल छा-बहालका रैति थकाली मान्या १४ टोल गोचा गुभाजू मान्या का कीर्तिकान्त सुर्जेखू डङ्गोल कौचा देउभाजु उपाचा ब्रह्मनर्सिंह उपाध्याय सबै २६ टोल बस्न्या, क्या गरी नेपालमा अनिकाल असिना नपर्न्या हो भन्या सभा बस्या। अथ काली ब्रहमचर्य तान्त्रिक बस्या. पुरश्चरण गर्दा यो स्थिति महाराज महेन्द्र मल्ललाई आधा रात्रि शुक्लपक्षमा तलेजु माबाट सपना भएको हो.

) प्रजामा जुवा नखेल्नू. सबै प्रजाको हित गर्नू. सच्चा बोल्नू. टोल गाउँको कचहरी गाउँ टोलमा मिलाइदिन्या गर्नू. कचहरीमा गाउँ-टोलको यौटा पक्का तवरको थकाली मान्या बसी अन्यायको न्याय पार्ने गर्नू.

) ढिकी, जातो, लुगा बुन्ने तान तथा टुकि कैह्‌ले पनि खाली नराख्ने गर्नू. पटासि घरबुना खाडि कोरा यौटै किसिमबाट नबुने अनर्थ हुनेछ. पाला सन्दानी चिराखको लागि वनमा गई देवदारुबाट बाल्नू र कपडा बन्दै लग्यापछि कागतजस्तो मिहीं तथा सफेत कपडा पनि हुन्याछ. तेसो भयापछि अरु गावलका तथा मधिसे राजाहरुलाई विक्री गरी धनी हुन्या छौ.

) अरु राजाहरु भयाछेउ मुलुकमा नौला भनाउँदा काम सिकी भाँडावर्तनको कामहरु सिकी काम चोरी ल्याएमा आफ्नो मुलुकको धाक तथा प्रजाको रबाफ (पनि) बढ्नेछ.  काम गर्दाहुँदि राज्य-राज्यमा गुप्तचरहरू गै नौला किसिमका कामहरू सिकी आउनू. काम सिक्न जाँदा थाहा पाई (कसैले) कैद गर्‍यो भन्या (पनि) आफ्नू मुलुकको गुह्य कसैलाई नभन्नू मारिदिए (बरु) मर्नू. आफ्ना रुडिबुडि बूढापाका कुलले गर्‍याको राखेको धर्म नगुमाई चोखा कामहरु सिकी ल्याउने गर्नू.

) अर्को स्थिति झ्याली पिटाई दिन्याछु. राज्यभरमा आधादिनदेखि कसैले भोको नबस्नू. मैले तिमीहरूको भात खायाको खबर ली (त्यसपछि) मात्र आफू खान बस्दा पेटमा बतास भरिई मुखबाट अमिलो पानी आउन्या अजीर्णको व्यथा भयो. त्यसो भएकोले राज्यभर बेहान ९/१० घडि दिनभित्रै सबैले भात खान्या गर्नू. वेलुका ८ घडिदेखि १० घडिभित्रै खाइसक्नू. १० घडिबाट १ निमेष नाग्यो कि घण्टा बजाइदिन्या गर्नू. कोहीले नमान्या सजाय गर्नू. प्रजा भोकै भएछ भन्या त्यस दिनको पापको डण्ड टोलको थकाली मान्याहरुले भोगन्या छन्. (इत्यादि अपूर्ण ।)

          (बानेश्वर निवासी काजी अमरसिंह थापाका वंशधर श्यामकृष्ण थापाबाट प्राप्त । यथोपलब्ध प्रकाशित ।)

 

३‍. राम शाह

राम शाहका स्थिति-बन्देजहरू

पहिलो थिति – श्री नन्दा मिश्रज्यूलाई गुरु तुल्याइबक्सनु भै हाम्रा सन्तानले तपाइँका संतानलाई गुरु तुल्याउनू, अरूलाई नतुल्याउनू भन्या धर्म गरिबक्सनुभयो।

दोस्रो स्थिति – (पहिले-पहिले प्रजाहरूले व्यवहार गर्दा) बाँसका ढुङ्ग्रा, डाला, आह्री (वा) यस्तै वस्तुले भन्या वस्तु भरिकन लिनुदिनु गर्थ्या. एस्ता तरहको लिनुदिनु गर्नाले विथिति हुनाले (अब उप्रान्त) १० मूठिको १ मानु, ८ मानाको १ पाथी (र) २० पाथीको १ मुरी गरी चलन गर्नू भनी माना पाथीमा छाप लाइबक्सनुभयो।

तेस्रो थिति – (यस्तै तौलने) तुलो (तथा) ढक(हरू)को पनि विथिति हुनाले १० लालको १ मासा, १० मासाको १ तोला, १८ लालको एक पल, २७ तोलाको १ बोडि, १०८ तोलाको बिसौली (र) २ बिसौलीको (एक) धार्नी तुल्याई चलन गर्ने भनी तुलामा अंक काटी ढकमा छाप लगाइबक्सनुभयो।

चौथो थिति – पहिले पहिले असामिले साहुछेउ लियाको अन्नको कर्जा तिर्न नसकी जतिसुकै वर्ष रह्या पनि वर्षैप्रतिको व्याज हिसाब गरी लिँदा ढेरै वर्षमा ऋण तिर्न नसकन्या भया पनि वर्षप्रतिको व्याज जम्मा हुनाले कहिले पनि रिन तिर्न नसक्दा मुलुकमा कोही ता कहिले पनि साहुदेखि छुट्टि नहुन्या भै सबै ऋणग्राहि भया‍. तस्कारण १ वर्षको पचउँदका हिसाबले दस वर्षमा ३ गुना हुन्छ, (यसैले) साहुले तेबरसम्म मात्र (व्याज) लिने गर्नू. असामिले साउँ-व्याज केही पनि तिर्न नसकी १० वर्षदेखि उभो जतिसुकै वर्ष रह्या पनि फेरि सकन्या भै तिर्दाको वेलामा वर्षैप्रतिको व्याज साहुले नलिनू. (सावाँ) को तेबर(सम्म) मात्र लिनू (त्यसभन्दा बढी नलिनू). भन्या थिति बाँधिबक्सनुभयो।

पाँचौँ थिति – (नगद) दामको पनि पहिले आसामीले साहुछेउ लियाको कर्जा तिर्न नसकी जतिसुकै वर्ष रह्या पनि वर्षैप्रतिको व्याज जम्मा हुनाले कहिले पनि ऋण तिर्न नसक्दा मुलुकमा कोही ता कैले पनि साहुदेखि छुट्टि नहुन्या भै सबै ऋणग्राही भया. तस्कारण १ वर्षमा दसौंदका‌ हिसाबले १० वर्षमा दोब्बर हुन्छ साहुले (साउँको) दोबर(सम्म मात्र) लिनू‍. असामीले साउँ पनि व्याज पनि तिर्न नसकी १० वर्षदेखि उभो जतिसुकै वर्ष रह्यो भन्या पनि फेरि सक्न्या भै तिर्दाका वेलामा वर्ष प्रतिको व्याज साहुले नलिनू. दोबर मात्रै लिनू भन्या थिति बाँधिबक्सनुभयो।

छैठौँ थिति – पध्याराको थोरो-थोरो झगरा नसुन्नू भन्या हुकुम भयो. क्या अर्थले भन्या पध्यारामा बहुत स्त्री जाति जान्या, ताहाँदेखि अरू कोही चाकर बाकर जान्या, पानी नभै भन्या कसैको पनि काम नचलन्या. तसर्थ जो अघि पध्यारामा (पानी) लिन पुग्यो तेसैले अघिबाट ल्याउनू‍. अर्काले म (पहिले) लैजान्छु नभन्नू. तेसपछिकाले तेसैपछि लैजानू. यस्तै क्रमले पानी ल्याउनू. तेस्मापनि कसैले अलिकति कुरामा झगडा गर्‍यो भन्या (पनि) कचहरि जोरी झगरा नगर्नू भन्या थिति बाँधिबक्सनुभयो।

सातौँ थिति – कोलको पनि थोरो थोरो झगडा नसुन्नू भन्या हुकुम भयो. किन भन्या ढेरै घरको कोल एकै हुन्छ. आ-आफ्ना पालाले (तेल) पेल्नू. अर्काले म अघिबाट पेलछु नभन्नू. तस्मापनि ढेरै(जसो) स्त्रीजाति (र) अरू कोही चाकरबाकरै हुन्छन्. कदाचित् थोरो झगडा भयो भन्या (पनि) कचहरिमा ल्याई झगरा नसुन्नू भन्या थिति बाँधिबक्सनुभयो ।

ठौँ थिति- (खेतमा पानी लगाउने) कुलाको पनि झगरा नसुन्नू भन्या हुकुम भयो. क्या निमित्त भन्या कुलामा पनि बहुधा बाँधा, कमारा चाकरै (मात्र) जान्छन्. तसर्थ आफ्ना षेतको हिसाबमा आयाको पानीको भाग पालैपालोसित लगाउनू. आफ्ना पाला बाहिक र आफ्ना हिसाब बाहिक अर्काले पानी नलगाउनू. तस्मा पनि थोरै झगरा भयो भन्या (पनि) कचहरीमा जोरी झगरा नसुन्नू भन्या यस्तै थिति बाँधिबक्सनुभयो।

वौँ थिति- अघि ब्राह्मणलाई बिर्ता दिँदामा पनि फलानु डाँडो, फलानु षोलो, फलानु पहरो, फलानु कान्लोभित्रको जग्गा विर्ता दिञ्युँ भंन्याको मात्रै एति मुरी एति रोपनि यति षेत भन्या ठेगान केही नहुनाले ब्राह्मणको विर्ता र रैकर जग्गाका साँध किलाको बन्देज नभयाको नजर हुँदा कस्तो हुकुम भयो भन्या अब उप्रान्त ब्राह्मणलाई विर्ता संकल्प गरिबक्सँदा श्री ५ महाराजाको भूमि, चौताराको झारि, काजीको विन्ति, ब्राह्मणको हात, (र) पञ्च भलामानिसको साँध यस्तो व्यवस्था गरिबक्सियो । (अब उप्रान्त) दान गर्न्याले यति षेत येति रोपनि षेति मुरी भनीसंकल्प (गर्ने) गर्नू, संकल्प गराउन्याले पनि संकल्पवाक्य यही येति षेत येति रोपनि षेति मुरी भंन्या वाक्ये पारी संकल्प गराउने गर्नू र (आफूले) विर्ता लिनू. अरुलाई दिलाउनू. श्री ५ महाराजाका हुकुमले थरघर पाँचहरू गै साँध लगाइ ४ किल्ला गाडी यति षेत, यति रोपनि भनी साँध लगाई श्री ५ महाराजाका बाहुलिबाट संकल्प भयामा घटि-बढि कति नपारी जति संकल्प भयाको तति साँध लगाई आउनू भन्या थिति बाँधिबक्सनुभयो।

दशौँ थिति- श्री देवताको गुठ, धर्मशालाको गुठ (र) ब्राह्मणलाई विर्ता संकल्प गरिबक्सदा चौतरियाको झारि भन्याको क्या निमित्त हो भन्या चौतरिया भन्याका आफ्ना भाइ (र) भाइ भन्याका (आफ्ना) मुषे अङ्ग हुन्. अङ्ग पूर्न गरी दान गर्‍या आफूलाई यथोक्त फल (प्राप्त) हुन्छ भनी चौतरियाको झारि भन्याको कारण यति हो. काजीको विन्ति भन्याको क्या अर्थ (हो) भन्या पनपक्ष नगरी योग्यायोग्य विचार गरी काजीले विन्ति गर्नू. काजीको विन्ति भन्याको यति (कारणले) हो. पाँचको साँध भन्याको क्या अर्थ हो भन्या छथर प्रभृति अरू पञ्च साँध भाइ भलामानिस बसी यति षेत, यति रोपनि, यति मुरी, यति षेतको घड्‌यारि (या) यति पाषो भनी निकास पैसार संधिसपनको विचार राषी चारकिल्ला गाडी साँध लाइदिनू. पाँचको साँध भन्याको यही हो भन्या थिति बाँधिबक्सनुभयो।

एघारौँ थिति- अघि बुबाज्यू श्री महाराजा द्रव्य शाहलाई गोरखा (राज्य)को तषतमा राज गराउनेका छोरा-नातिहरूको पनि बन्देज गरिदिन्छु भनी (अब उप्रान्त) पाँडे, पंथ, अर्ज्याल, षनाल, राना, बोहोरा तिमीहरू गद्दीनसीनका अङ्ग भएका ‘छ थर’ भयौ. तिमीहरूलाई छथर भन्याको क्या अर्थले हो भन्या चौतरिया, काजी सर्दार यी प्रभृति अरु जो कोही अन्याय अनरितमा लागी गादिको बिगार्नमा र निसाफ बिगार्नमा पस्नन् तिनको कत्ति मोहबद-मोलाहिजा नराषी जो भयाको विस्तार (हाम्रा हजूरमा) विन्ति गर्न आउनू भनी मर्जि भै ‘छ थर’ भन्या व्यवस्था बाँधिबक्सनुभयो‍. गादिको सोझो गरुञ्ज्यालसम्म तिमीहरूका सन्तान दरसन्तानलाई हाम्रा सन्तान दरसन्तानले थामिबक्सौँला भनी हुकुम भै थिति बाँधिबक्सनुभयो ।

बाह्रौँ थिति– सङ्कल्प गरी गौचर राषनू भन्या हुकुम भयो. गौ (तथा) ब्राह्मणहरूको रक्षाको दायित्व राजामा नै रहेको हुन्छ. (गौचर नभएमा) गौ (तथा) ब्राह्मण(हरू)लाई षानाको दुःख हुन्छ र (यसबाट) राजालाई प्रत्यवाय लाग्दछ. (यसैले गाउँ-गाउँमा निकास-पैसारको चल्दोमिल्दो पारी (आवश्यक मात्रामा) गौचर राख्नू भन्या थिति बाँधिबक्सनुभयो ।

तेह्रौँ थिति- बाटामा (रहेका) रुषहरू राषनू भन्या हुकम भयो. क्या अर्थले भन्या दुःषी, गरीबहरू काम काज परी थाकी आउन्या, बोका बोकी हिँड्न्या (र) अरू जो कोही बाटामा हिँड्न्या मानिस पनि गर्मी हुन्छ भनी (रुषको) छहारि(मा नै) बस्न षोजछन् भन्ना निमित्त बाटाका रुष पालनू‍‍. बाटाका रुष जो काट्दछ (त्यसबाट) रू ५ दण्ड गरी लिनु भन्या मर्जि भै थिति बाँधिबक्सनुभयो ।

चौधौँ थिति- पध्यारामा वन पालनू. (त्यहाँ) रुष नभयादेषी जैले षोज्यो तैले पानी रहँदैन, सुकी जान्छ‍. वन ढेरै फाँडिया उघारो भई पैरो पनि जान्छ. ढेरै पैरो गया उपधाहा चल्छ‍. उपधाहाले षेत पनि लैजान्छ. वन नभया गृहस्थीको कौनै काम पनि चल्दैन.  (तसर्थ वन पाल्नू), पध्याराको वन जो काटला तेसलाई पनि ५ रुपियाँ दण्ड गरि लिनू भन्या थिति बाँधिबक्सनुभयो ।

पन्ध्रौँ थिति- चौतरिया, भाइ, गोतिया यिनहरूले जियसंबन्धि ठूलो बिराउ गऱ्या (को भए पनि) मुडी विदेश गराउनू. संन्यासी वैरागी (तथा) भाट यिनले पनि ठूलो बिराउ गऱ्या भन्या मुडी विदेश निकाला गराउनू. भाइ चौतरिया गोतियालाई विदेश गराउनु भन्याको क्या अर्थ (ले हो) भन्या (कसैले) जिउ मारिन्या बिराउ गऱ्यो भन्या जिउ लिन्याको जिउ (नै) लिनू भन्या शास्त्रमा पनि कह्याको छ. (तर) जिउ मार्‍यो भन्या गोत्रहत्या (को)दोष लागन्या. नमार्‍यादेषि राजालाई प्रत्यवाय लागन्या (हुन्छ). तसर्थ देशनिकाला गर्नु पनि मार्‍यै तुल्य छ भनी विदेश गराउनू भन्याको हो.

ब्राह्मणलाई पनि माऱ्या ब्रह्महत्या(को दोष) लागन्या. नमाऱ्या राजालाई प्रत्यवाय लागन्य. तस्कारण मुड्नु पनि मार्‍यै तुल्य छ भनी मुडी विदेश गराउनु भन्याको हो. वैरागी संन्यासी भेष लियाका हुनाले अबध्य छन्, भाट पनि अबध्य छन् भनी (यिनीहरूलाई पनि) देश निकाला गर्नू भन्याको हो. तसर्थ यसै गर्नू भन्या थिति बाँधिबक्सनुभयो।

सोह्रौँ थिति- षस, मगर नेवार प्रभृति जात(हरू)मध्येमा जियसंबन्धी बिराउ गर्‍या भन्या जसले बिरायाको छ उसैको मात्र जिये मार्नू, उसले गरेको अपराधमा उसका परिवारलाई शासना नगर्नू ‘जस्को पाप उसको गर्धन गर्नू’ भन्या थिति बाँधिबक्सनुभयो ।

सत्रौँ थिति- सुवर्णका गहना श्री पटबन्दा महारानीले मात्र पाउमा पैर्‍हनू. क्या अर्थले भन्या सुवर्ण भन्याको नारायणको अंश (र) राजा भन्याका पनि नारायणका (नै) अंश हुन्. पटबन्दी महारानी भन्याका लक्ष्मीका अंश हुनाले पटबन्दा महारानीले सुवर्णका गहना पाउमा पैह्रनू‍. भैयाद चौतरियाका चौतार्नीहरूले ता श्री ५ महाराजा (वा) श्री महारानीबाट (हुकुम) बक्स्या मात्र पाउमा लाउनू, नबक्सी त पाउ बाहेक (अन्य अङ्गहरूमा) मात्र लाउनू. भाइ चौतरियाका रौताला रौतिलीलाई बालषपनमा मात्र पाउमा लगाउन दिनू. ब्राह्मण, षस, मगर प्रभृति अरू जातिले त श्री महाराजाबाट बक्स्या मात्र हातमा लाउनू (अन्यथा नलगाउनू) भनी थिति बाँधिबक्सनुभयो ।

अठारौँ थिति- बोक्सीको हकमा बादी नदिनू, जिते पगरी (तथा) पाँच रुपिञा दिनू, हारेमा एक रुपिञा दण्ड गरी देश निकाला गरिदिनू ।

उन्नाइसौँ थिति- (आफ्नो दरबारको निमित्त) चार (जना) पुरोहितहरू तुल्याइबक्सनु भयो. (यिनमा) बगाले अर्ज्याललाई मूलपुरोहित, बिहारे अर्ज्याललाई आचार्य, खनाललाई ब्रह्मा र भट्टराईलाई गणेश गरी चार (जना) पुरोहितहरूको व्यवस्था बाँधिबक्सनुभयो।

बीसौँ थिति- (महाराज द्रव्य शाहको। गोर्षा राज्यको तषतमा प्रवेश हुँदा पैले तल्ला कोटमा गादि पऱ्याको हुनाले पाँडे (थरका) ब्रह्मणलाई (त्यहाँको) पुरोहित्याञि बक्सनुभयो, (यसैले) अचेल पर्यन्त पनि पाँडे (थरका) ब्राह्मणहरू (नै) तल्ला-कोटमा पुरोहित छँदै छन् ।

एक्काइसौँ थिति- तल्ला कोटमा श्री….देवताको स्थापना गरी बलिदान गरेपछि मात्र माथि दर्बारमा (देवताको) स्थापना र बलिदानादि विधि गर्नूभन्या थिति बाँधिबक्सनुभयो ।

बाइसौँ थिति- ग्रान्जा थापालाई ददा भन्ने मान भयो. तुरुक्षाको आले र र्‍याङ्जा थापा (तथा) ग्यामी राना, यी तीन थरलाई आलोपालो गरी राषनू भनि कपर्दारी मान बक्सनुभयो. पाँडे पंथ अर्ज्याल यी तीन धरलाई आलोपालो गरी राख्नू भनी षजानाको काम बक्सनुभयो । धर्माधिकार, भान्स्या, (तथा) षरदार यति मान पनि अर्ज्याल(हरू)लाई नै दिनू भन्या थिति बाँधिबक्सनुभयो।

तेइसौँ थिति- बिर्‍होटा (जमिन)को त्रिसाला कमाइ बालि आफैँले षानू. चौथा सालदेषि धनी-बोटि तल्सीङलाई दिनू, बनि-बोटि कमाउन्याले (आफैँले) षानू भन्या थिति बाँधिबक्सनुभयो।

चौबीसौँ थिति- बार्‍ह थर (तथा) अठार थर भन्या थिति बाँधिबक्सनुभयो ।

पच्चीसौँ थिति- पाटनका राजा सिद्धिनरसिंह मल्लसँग हासा सन्तान नभया तम्रा सन्तानले (र) तम्रा सन्तान नभया हाम्रा सन्तानले राज्य (गर्ने) गर्नू भन्या हुकुम भै यस्तो बन्दोबस्त गरिबक्सी पाटनबाट चौबीस-कोठी (महाजनहरू) झिकाई यिनलाई सात षत माफ गरिबक्सनुभयो।

छब्बीसौँ थिति- श्री ५ महाराजा रामशाहबाट मैले बाध्याका थितिमा छोटा-बडा प्रजा-प्राणी चार वर्ण छत्तीस जातले जो-जसले लङ्घन गर्ला तसलाई म (तथा) मेरा सन्तानमा जो राजा होला उसले ढुङ्गा छुवाई षत अनुसारको डण्ड गर्नू भन्या थिति बाँधिबक्सनुभयो।
यो ढुङ्गा छुवाउनु भन्याको कस्तो हो भन्या श्री लक्ष्मीनारायण देवताका पाउको प्रतिनिधि ढुङ्गो हो. सो जानी पान, फूल, द्रव्य त्यसै शिलामा चढाई अन्याय गऱ्याको पाप टुटन्या उपाय यही हो भनी यस्तो थिति बाँधिबक्सनुभयो ।

राजा कचहरीमा रहँदाको मर्यादा-व्यवस्थाको सम्बन्धमा :
(१) महाराजाबाट नाम पुकारी बोलाइबक्सँदा अबउप्रान्त (सबैले) – ‘महाराजाधिराज !” भनी विन्ति गर्ने गर्नू।

(२) (महाराजाबाट) चौतरियालाई नाम पुकारी बोलाइबक्सँदा अब उप्रान्त – ‘गरीवपरवर ! बन्दे नेवाज !” भनी सबैले बिन्ति गर्ने गर्नू ।

(३) काजी, सरदार तथा (अन्य) भारदार भएका ब्राह्मण, षस मगर प्रभृतिलाई (सर्वसाधारणले) बोलाउँदा ‘देवान’, ‘काजी’, ‘मुषिया’, ‘जीऊ’ (अथवा) ‘जी’ भनी पुकारेर – ‘जो आज्ञा’ भनी बोल्ने गर्नू ।

(४) (आफू) महाराजका हजूरमा छँदामा (कोही) चौतरिया तथा साहेबज्यू (त्यहाँ) आएमा महाराजलाई बक्साई आशीर्वाद गर्नेले आशीर्वाद र सलाम गर्नेले सलाम गर्ने गर्नू ।

(५) महाराजका हजूरमा (छँदामा आफ्ना) बाबु तथा काकाहरू आएमा पनि ढोगभेट गर्ने नगर्नू ।

(६) गुरुज्यूलाई महाराजको दर्शन गर्ने बषत परेको छ भने (मात्र) सबैले दर्शन गर्ने गर्नू ।

(७) महाराजको नजीकको साइनाका मानिस चौतरिया छन् भने महाराज गादीमा राज भएको बषत (उनलाई) एक सलाम गर्नू‍. अन्यत्र (भएमा) दुई सलाम गर्ने गर्नू।

(८) (राजाका) टाढाका भाइहरूले महाराजलाई कुर्नेस् बजाउने गर्नू ।

(९) (राजाका) नजीकका काका, दाजु, (तथा) बाबा पर्नेका रानीहरूलाई महारानीले ढोगभेट गर्ने गर्नू ।

(१०) महाराजबाट केही हुकुम भई जानुपर्दा पीठ नपारी पछि-पछि हट्दै नदेखिने भएपछि (मात्र) पीठ फकाई जाने गर्नू. महाराजको नजर परुञ्ज्याल पीठ नफिराउनू ।

(११) महाराज (राज भए)को कचहरीमा मोछको ताउ नलगाउनू र उपरषुट्टि लगाई नबस्नू ।

(१२) (राजाले) भाइ चौतरियालाई दाहिनेतर्फ बिछ्याउनामा राख्नू, गुरुलाई अगाडि चारपाटेमा राख्नू, आफ्ना भाइ काजी भएमा तिनलाई बायाँतिर राख्नू ।

(१३) ब्राह्मण खस वा मगर काजी भएमा हुकुमले ‘बस्नू’ नभनेसम्म षडा रहनू ।

(१४) महाराज बैठकमा राज भैबक्सेको भए कोही छैनन् भने (मात्र) द्वारे साधी विन्ति गर्दा हुकम भए जानू, उसै नजानू । द्वारे मान खाने जातले मात्र खानू, अरू जातले नखानू । इत्यादि ।