निर्वाचन आफूले जितेको अब्दुल्लाको दावी

0
1358
अफगान राष्ट्रपतिका उम्मेदवार अब्दुल्ला अब्दुल्ला
अफगान राष्ट्रपतिका उम्मेदवार अब्दुल्ला अब्दुल्ला

काबुल : अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुलाले राष्ट्रपतिको निर्वाचनमा सोमवार आफ्नो जित भएको घोषणा गरेका छन्। निर्वाचन आयोगले मत परिणाम घोषणा नगर्दै उनले यस्तो घोषणा गरेका हुन्।

निर्वाचनमा राष्ट्रपति असरफ घानी र अब्दुलाबीच प्रतिस्पर्धा रहने मानिएको छ। गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदानमा आफ्नो विजय भएको नेता अब्दुल्लाले दाबी गरेका हुन्।

‘हामीले निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेका छौँ’, अब्दुल्लाले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको दावी गर्दै पत्रकार सम्मेलनमा भने, ‘निर्वाचनको परिणाम छिट्टै स्वतन्त्र निर्वाचन आयोगले गर्नेछ, तर हामीले धेरै मत प्राप्त गरेका छौँ। दोस्रो चरणको निर्वाचन हुने अवस्था छैन।’

सन् २००९ र सन् २०१४ मा क्रमशः पराजित बनेका राष्ट्रपतिका प्रत्यासी अब्दुल्ला तेस्रोपटक निर्वाचनमा उम्मेदवार बनेका छन्। उनले भने, ‘हाम्रो समूहले नयाँ सरकारको नेतृत्व लिनेछ।’ निर्वाचन आयोगका उच्च पदस्थ अधिकारीका हबिब रहमान नाङले भने निर्वाचनको अझै सम्पूर्ण परिणाम आइनसकेको भन्दै अब्दुलाको दावीलाई खण्डन गरेका छन्। नाङले भने, ‘कुनै पनि उम्मेदवारले आफू विजय भएको घोषणा आफैं गर्ने अधिकार छैन।’ अफगानिस्तानको संविधानअनुसार निर्वाचित उम्मेदवारको निर्णय गर्ने अधिकार स्वतन्त्र निर्वाचन आयोगको रहन्छ। उनका अनुसार प्रारम्भिक नतिजाबाट आगामी शनिवारसम्म निर्वाचनको सम्पूर्ण परिणाम आउने सम्भावना देखिएको छैन।

यसैबीच अब्दुल्लाले निर्वाचन आफ्नो विजय निश्चित भइसकेको तर केही सरकारी अधिकारीले निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न खोजेको बताएका छन्। उनले कसले हस्तक्षेप गर्न खोजेको हो भनेर अधिकारीको विवरण दिन चाहेनन्।

अफगानिस्तानमा राष्ट्रपतिमा विजयी हुन मतदानमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु आवश्यक छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाए सर्वाधिका मत ल्याउने दुई उम्मेदवारबीच अर्को चरणको चुनाव हुने व्यवस्था छ। -एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here