वातावरणमा प्रदूषण गर्ने अस्पताल र उद्योगलाई कारबाही

0
1334

वातावरण प्रदूषण गराउने अस्पताल र विभिन्न उद्योगलाई नेपाल सरकारले कारबाही गरेको छ। वातावरण संरक्षण ऐन, नियमावली, मापदण्ड, निर्देशिका पालना नगर्ने, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगराएका र सोविपरीत सञ्चालन भएका अस्पताल र उद्योगलाई कारबाही गरिएको वातावरण विभागका उपमहानिर्देशक इन्दुुविक्रम जोशीले जानकारी दिए। वातावरण विभागको अनुुगमनका क्रममा उनीहरूले मापदण्द पूरा नगरेको खुलासा भएकाे हो।

अनुुगमनमा वातावरण प्रदूषण गराएको भेटिएपछि कारबाहीका लागि वातावरण विभागले वन तथा वातावरण मन्त्रालयलाई कारबाही गर्न सिफारिस गरेको थियो। विभागको सिफारिसका आधारमा मन्त्रिस्तरीय निर्णयबाट ११ अस्पताल र ९ उद्योगलाई कारबाही गरिएको हो। विभागले ती अस्पताल र उद्योगलाई कारबाही गरेको पत्रसमेत पठाइसकेको उपमहानिर्जोदेशक जोशीले स्पष्ट पारे।

कारबाही चित्त नबुुझे ३५ दिनभित्र पुुनरावेदन गर्न सक्छन्। कारबाहीमा परेकालाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिएको जोशीले बताए।

ती अस्पताल र उद्योगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुुनसक्ने किसिमले प्रदूषण सिर्जना गरेको पाइएपछि कारबाही गरिएको हो।

अनुुगमनका क्रममा अस्पतालहरूले हानिकारक फोहोर निर्मलीकरण नगरी ढलमा मिसाएको भेटिएको छ। त्यस्तै उद्योगबाट निस्कने विषाक्त धुुँवा, पानी र ध्वनि प्रदूषणले वातावरणमा प्रतिकूल असर गरेको विभागको ठहर छ। ‘वातावरण विभागको अनुुगमनका आधारमा कारबाही गर्ने निर्णय मन्त्रिस्तरबाट भएको छ’, वन मन्त्रालयका प्रवक्ता डा. सिन्धुुप्रसाद ढुुंगानाले भने।
नेपाल आँखा अस्पताल, शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, काठमाडौं भ्याली अस्पताललगायत ११ अस्पताल कारबाहीमा परेका छन्। काठमाडौंबाहिरका उद्योग कारबाहीमा परेका छन्। ओम प्लाइउड उद्योग नेपालगञ्ज, यति डिस्टलरी भरतपुुर, क्वालिटी थाई फुुड्स मोरङ, बाबा भेजिटेबल आयल इन्डष्ट्रिज मोरङ, रिलायन्स स्पिनिङ सुुनसरी, घोराही सिमेन्ट उद्योग दाङ, केपी सिमेन्ट उद्योग धादिङ, मोरङका चण्डिका डिस्टलरी र प्रिमियर वायर्स कारबाहीमा परेका हुुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here