क्यानडामा देवकोटा जयन्ती र देउसी भैलो

0
673
देउसी भैलो खेल्दै क्यानडावासी।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा (ओटावा)ले एक कार्यक्रम आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मनाएको छ

समाजले अक्टोवर २६, २०१९ (कार्तिक ९ गते) ओटावास्थित नेपाली भाषा विद्यालयका विद्यार्थीलाई सहभागी गराई देवकोटा जयन्ती मनाएको हो। समाजले नेपाली भाषा, साहित्य, कला र संस्कृति सिकाउने उद्देश्यले पन्ध्र र्षदेखि यसखाले कार्यक्रम आयोजना गर्दै आएको छ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे चर्चा गरिँदै।

युवानी सुवेदी, आलिशा रेग्मी, इदिका पौडेल, आयुषा रेग्मी, श्रीदिका पौडेलले लगायत  बाबालिकाले देवकोटा र समसामयिक विषयमा कविता वाचन गरेका थिए। त्यसैगरी कवयित्री शा पौडेल, कवि तथा गजलकार नवराज सुवेदी, नवीन सुवेदी, सन्तोष बराल, सुरेन उप्रेती आदिले कविता तथा गजल वाचन गरेर सुनाउनुभएको थियो।

महाकवि देवकोटाको तस्वीरमा अवीर र पुष्पार्पण गरी कार्यक्रम शुरु भएको थियो। क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यानुरागीको उपस्थिति थियो। कार्यक्रममा विभिन्न वक्ताले महाकविका बारेमा चर्चा गर्नुभएको थियो। देवकोटाको जीवनीबारे प्रकाश पार्दै नेपाली साहित्यमा देवकोटाले भित्र्याएका यामको कमल कोइरालाले चर्चा गर्नुभयो। कोइरालाले भन्नुभयो, देवकोटाका दुवै मस्तिष्कले फरक फरक विचार एकैपटक सृजना गर्न सक्थे। प्रकृतिसँग रमाउने देवकोटा स्वछन्दतावादी कवि हुनुहुन्थ्यो देवकोटाका विभिन्नका आयामबारे डा. गोविन्द दहालले चर्चा गर्नुभएको थियो।
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो। जस्ता कवितामार्फत मानवतावादको पृष्ठपोषण गर्नुभएको दहालले बताउनुभयो

त्यसैगरी शालग्राम अर्यालले देवकोटा र विश्वसाहित्यमाथि चर्चा गर्नुभएको थियो। देवकोटाले नेपाली साहित्यमा ६ सयभन्दा बढी कृति लेख्नुभएको अर्यालले बताउनुभयो। देवकोटाले अंग्रेजी साहित्यमा पनि कलम चलाएर नेपाली भाषा र साहित्यलाई विश्वमा चिनाउन काम गरेको उहाँको भनाइ थियो

संस्थाका महासचिव सन्तोष बरालले देउसी भैलोको महत्त्व बुझाउनुभएको थियो। सबै बाबिलकाले देउसी भैलो पनि खेलेका थिए। देउसी भैलोको आयोजना प्रताप बस्नेतले गर्नुभएको थियो। यस्ता कार्यक्रमले नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाउनुका साथै भावी पुस्तामा हस्तान्तरण गर्ने काम भएको भन्दै प्रमुख अतिथि ढुंगानाले प्रशंसा गर्नुभयो। तिहारको शुभकामना दिँदै उहाँले चाडपर्व नेपाल र नेपालीलाई जोड्ने सेतु भएको बताउनुभयोविद्यालयका शिक्षिकाहरु सुनिता रञ्जितकार, तारा रेग्मी, शा पौडेलले बाबालिकालाई सहभागी हुन प्रेरित गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष भानुभक्त आचार्यले देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानको बारेमा प्रकाश पार्नुभयो। साहित्य समाजले देउसी भैलो खेलेर आर्थिक संकलन गरी साहित्यिक प्रकाशन तथा अनुसन्धान सम्मेलन गर्नुपर्नेमा आचार्यले जोड दिनुभयो। देउसी भैलोबाट संकलित रकम विगतमा झैं प्रकाशन र सम्मेलनमा लगाउने स्पष्ट पार्नुभयो। कार्यक्रम उपाध्यक्ष तारा उप्रेतीले सञ्चालन गर्नुभएको थियो।

(सुरेन उप्रेती, ओटावा)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here