सेन्मि (किरात बान्तवा भाषा) 

0
495

-सन्तोष निरा


अक अखाखुत
ड्वाङनि मो बङसाओ
रङाता
अला लोआकि दाब्बे चकदाउ
इम्खादाङका झोङ्लिप्नि प्वालोन्ताकि
खोसाआ दाब्बेदाउ
मिटाम्पुलुक सोप्तु धिरु
खोन्कि मि लेन्मा लाप्तु,
अक्ढ्वा मिचोङ्कोयोक धाखाराकि
मो मिटाम्पुलुक दर्सुकादा ए लिसाखारा।

मिचोङकोयोक ओन सावापाक लिसा युङसा
सेन्मिओ ‘ब्रह्माण्ड’दा
आप्पिओ ‘उपनिवेश’ मुखाइसुकि
हैकम मुमा पुङ्सु,
लिसाङालिसाङाहिदा मिछेन्वाच्या
मिचोङकोयोकओ ‘साम्राज्य’ केमा
दुम लोन्मा अपुङ्सा,
खङ्रङनि मछोवाउ सुम्बाकचिदा
मि लेन्मादिमा अपुङ्सा,
खिमदाउ छानाचिदा छे
मि समा मान्पअदा,
खोन्कि खिप्मामान्र दर्सुकाचि महट्टुखाइसुचि
अझ एप्मादाउ ञवाखोरोक सुद्दा महट्टुचिकि
आप्पिओ अर्को साम्राज्य अथङ्सायुङसा,
मोदा मरात्तालाराउ मिचोङकोयोक्चि सुद्दा
थाबुत बाहेक अरु
दिच्छे मान्युङ्‌मदा।

थाबुतलाई हकआ पेत्तुखात्तुकि
स्वातेप चक हुसुयुङ्सु
खोन्कि रात्ताओ मो खिम सुद्दा
थाबुतहुत्दा खेप्तायुङ्साओ
मिछेन्वाआ थाबुतङे मुखाइसु
हान मिचोङकोयोकओ साम्राज्य माआङ
मोदा मिछेन्वाओ साम्राज्य लिमा पुङ्सु
खोन्कि हट्टाओ खिमदा
युङओ खोसो सेन्मि सुद्दा
रयाङ्सा रयाङ्सा हट्मा लाप्तु
खोन्कि खो फुङ्याङ्सा फुङ्याङ्सा
टोप्पो बुक्टाङदा ताला
मोदा मक फुसुकि चोउहिदा
सुप्तुलुङओ पाखाप्लुङ, माखाप्लुङ खोन्कि हुन्मालुङ
सुम्काटाक ओङा अचु माझादा
माहादा सङओ मुन्को मि
टुप्लेक टुप्लेक लियाङ्सा बङ्साङा।

——————————————————
(नेपाली अनुवाद)

सपना

एक रात
ड्याङ्ग त्यो पड्केको
आवाज आयो
तर्सिएर अगेनाछेउकै
बिस्ताराबाट एक्कासी ब्यूँझिएर
उसले अगेनाको
अगुल्ठा छामेर भेट्टायो
अनि आगो बाल्न खोज्यो
एक्कासी कोइला खसेर
त्यो अगुल्ठो दर्सुकामा पो परिणत भयो।

कोइला यति शक्तिशाली भइदियो कि
सपनाको ब्रह्माण्डमा
आफ्नो उपनिवेश कायम गरी
हैकम चलाउन थाल्यो,
हुँदाहुँदा झिल्काहरूले
कोइलाको साम्राज्य फ्याँक्न
आवाज उठाउन थाले,
खङ्रङ्ग सुकेका पातहरूमा
आगो सल्काइदिन थाले,
घरका छानोहरूमा पनि
आगो निभ्न दिएनन्,
र अनगिन्ती दर्सुकालाई जलाइदिए
अझ चिहानका हाडखोर समेत जलाएर
आफ्नो अर्को साम्राज्य फैलाइरहे
त्यहाँ बचेका कोइला पनि
खरानी शिवाय अरू
केही रहेनन्।

खरानीलाई हावाले उडाएर
मरुभूमि वरपर घुमाइरह्यो
अनि बचेको त्यो छाप्रोलाई
पनि खरानीसँगै टाँसिएको
झिल्कोले उही खरानी बनाइदियो,
अब कोइलाको साम्राज्य हैन
त्यहाँ झिल्कोको साम्राज्य चल्न थाल्यो
अनि जलेको छाप्रोमा
बस्ने उसको सपनालाई समेत
लखेटीलखेटी डढाइदिन खोज्यो
र ऊ भाग्दै भाग्दै
ठूलो ओडारमा पुग्यो
जहाँ आँखा खोलेर हेर्दा
सुप्तुलुङको पाखाप्लुङ, माखाप्लुङ र हुन्मालुङ
तीनवटैको बीचमा
भकमिलोको सानो आगो
टिलपिल टिलपिल हुँदै पड्किरहेको थियो।

(जन्तेढुङ्गा गाउँपालिका–२, बोपुङ, खोटाङ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here