कोरोना संक्रमित ८० प्रतिशत आफैँ निको हुने

0
983

एजेन्सी नयाँदिल्ली
कोविड १९ को संक्रमण भए पनि १४ दिन एकान्त बसे झण्डै ८० प्रतिशतभन्दा बढी विरामी आफैं निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतवार बताएका छन्।
भार्गवले भने, ‘विरामीको अवस्था बुझ्नु जरुरी छ। कोविड संक्रमणका सामान्य विरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो ज्वरो आफैँ निको हुनसक्छ। कोविड १९ संक्रमणका कारण २० प्रतिशत विरामीमा रुघा, खोकी, ज्वरोका जटिल समस्या देखिने र तिनीहरूको उपचार अस्पतालमा भर्ना भएर गर्नुपर्ने हुन्छ।’

अस्पतालमा भर्ना हुने करिब पाँच प्रतिशत संक्रमित विरामीलाई मात्र रोग प्रतिरोधका लागि उपचार दिइने र कतिपय विरामीलाई मात्र नयाँ प्रकारका औषधिको संयोजन मिलाएर उपचार गरिने उनले जानकारी दिए। भारतमा अहिलेसम्म १५ हजारदेखि १७ हजार विरामीमा संक्रमण परीक्षण भएको र तीमध्ये ३४१ जनामा संक्रमण पुष्टि भएको आईसीएमआर महानिर्देशकले बताए।

भारतमा दैनिक १० हजार व्यक्तिमा संक्रमण परीक्षण गर्ने क्षमता रहेको र साप्ताहिक रूपमा ५० देखि ७० हजार व्यक्तिको संक्रमण परीक्षण गर्न सकिने दाबी पनि उनले गरे। कोविड–१९ को संक्रमणको रोकथाम र नियन्त्रणको सबैभन्दा राम्रो उपाय हरेक संक्रमित व्यक्ति र संक्रमित नभएको व्यक्ति पनि सकेसम्म एक्लै बस्ने भएको उनले बताए। कोविड–१९ भाइरस हावामा नरहने तर व्यक्तिगत सम्पर्क वा ससाना पानी वा पसिनाका कणबाट सर्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here