मनाेराेगी मान्छे

0
509

सर्जक

चाहे होओस् महल सुखको नोकरी मान भव्य
चाहे होओस् कुल विभवको जिन्दगी सान सभ्य
चाहे देशान्तर सयलका स्वाद होऊन् निराला
व्यर्थै हुन्छन् मन-मयुरका काटिए पङ्ख-माला ।।१।।

वासन्तीका कुसुमित कली वागका भृङ्गराज
लाग्छन् चारू पवन पुतली
, शुभ्र ती शैलराज
झर्ना बग्छन् मधुर लयमा जिन्दगी लाग्छ ढुक्क
घाँडो बन्छन् मन-विरहमा स्वर्गकै दिव्य सुक्ख ।।२।।

आँखा खोज्छन् मृदु चपलता कामिनीका सिँगार
भाका रोज्छन् प्रणय-रसका गीत-सङ्गीत-धार
चौरासी व्यञ्जन ग्रहणको तिर्सना खूब जाग्ने
भित्री आत्मा छटपट हुँदा सर्व बेकार लाग्ने ।।३।।

चोरी ल्याऊँ अमरपुरका उर्वशी आज लाग्छ
थिच्दा छाती दुख-कहरले भित्र वैराग्य जाग्छ।

ऐना हेरी मुसुमुसु स्वयं हाँसु झैँ हाँसु लाग्छ
मस्ताना भै कुसुम पथमा नाचु झैँ नाचु लाग्छ
चोरी ल्याऊँ अमरपुरका उर्वशी आज लाग्छ
थिच्दा छाती दुख-कहरले भित्र वैराग्य जाग्छ ।।४।।

तेरो- मेरो पनि कति मिठो स्वस्थ स्पर्धा भएमा
जित्ने -हार्ने पनि सरसिलो व्यस्ततामा गएमा
आफन्तीका नजर कुटिला मुग्ध लाग्छन् हजार
धत्तेरी ! यो मन अमिलिँदा क्षुब्धता बारबार ।।५।।

धर्ती मेरो नभ-जल-हवा, जीवको भोग मेरो
पर्ती मेरो झरर झरना सृष्टि सम्भोग मेरो
मेरो सारा हक-चक कुना-कन्दराका गरामा
यस्तो मान्छे तब त कसरी बाँच्छ एक्लै धरामा ।।६।।

(वार्णिक छन्द : मन्दाक्रान्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here