पुस्तक दिई सहयोग गरौँ

0
744

मान्छे विवेकशील प्राणी हो । उसलाई नवीन ज्ञान, नूतन चेतनाको आवश्यक पर्छ । जसरी समाजलाई संस्कार, संस्कृतिको आवश्यक पर्छ । हाम्रो मोगाउँ शाखालाई पनि सशक्त बनाउन साहित्यिक गतिविधिमा जोड दिन आवश्यक महसुस गरेका छौँ ।

साहित्यले समाजमा परिवर्तन ल्याउँछ । यसका साथै आत्म मूल्याङ्कन गर्ने क्षमता पनि विकास गर्न सयोग पुर्‍याउँछ । यसले हामीमा अस्तित्वबोध गर्न सिकाउँछ । हाम्रा सन्ततिलाई तारा जस्तै जम्किलो गराउँछ । त्यसैले हामीले साहित्यप्रति रुचि राखेर कछिन राज्यस्थित मोगाउँ शाखामा “सत्यज्योति” पुस्तकालय निर्माण गरेका छौँ । हालसम्म लगभग ४०० पुस्तकको व्यवस्था गरेका छौँ । हाम्रो शाखाअन्तर्गत ६ वटा उपशाखा छन् । ती ६ वटै उपशाखामा नेपाली भाषा अध्ययन गर्ने ५०० जति विद्यार्थी छन् । ती उत्साही विद्यार्थीले साहित्यप्रति ज्यादै रुचि राखेर पुस्तकालय खोल्न अनुरोध गरेका हुन् । परिस्थिति यस्तो भयो कि हामीले उनीहरूको चाहना पूरा गर्न सकेका छैनौँ । ५०० विद्यार्थीका लागि ४०० पुस्तक भनेको एकजना विद्यार्थीका लागि एउटा पुस्तक पनि पर्दैन । हामीसँग साहित्य सम्बन्धी पुस्तकको ज्यादै अभाव छ । भाषा साहित्यप्रेमी केही व्यक्ति एवं सर्जकले पुस्तक उपलब्ध गराउन थाल्नु भएको छ । यसका लागि उहाँहरूप्रति हामी कृतज्ञ छौँ । हामीलाई अझै पनि निकै पुस्तक आवश्यक छन्।

त्यसैले नेपाली साहित्यलाई माया गर्ने, भाषालाई प्रेम गर्ने व्यक्तित्वहरूसँग हामी सक्दो सहयोग गरिदिनु हुन अनुरोध गर्दछौँ । हजुरहरूको सहयोग र माया पायौँ भने पक्कै पनि हामीले साहित्यको दियो बाल्न सक्छौँ । भाषालाई बचाएर आजीवन जिन्दगीको इतिहास कोर्न सक्छौँ । आफ्नो खुट्टामा उभिएर समाजलाई विकासको मार्गमा लैजान सक्छौँ । हामीमा त्यो सामर्थ्य छ भनेर गौरवका साथ भन्न सक्छौँ । त्यसमा तपाईँहरूबाट सहयोग भएमा हामीलाई अघि बढ्न पक्कै पनि सहज हुनेछ । साहित्यका केही पुस्तक हामीलाई उपहार प्रदान गरिदिनु भए हामी आभारी हुने थियौँ ।

सम्पर्क
०९७९०१२९७४२, ०९६८७७३७१०६ शाखा सचिव धर्मानन्द भट्टराई।
०९४०००५१३१९ प्रशाखा सचिव जीवलाल निरौला।

लक्ष्मण पौड्‌याल
पुस्तकालय सचिव
मोगाउँ शाखा, कछिन राज्य, म्यान्मा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here