प्रतिनिधि राख्ने विषयमा विवाद : तुलसीपुर मतगणनास्थलमा तनाव

0
629

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाको मतगणना रोकिएको छ। मतगणना स्थलमा एजेन्ट प्रवेश गर्ने विषयलाई लिएर विवाद हुँदा केही समयका लागि मतगणना रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिएका छन्।

दलहरूबीच सहमति भएलगतै मतगणना शुरु हुने प्रजिअ रेग्मीले बताए। मतगणना उच्च सरकारी वकिलको कार्यालय तुलसीपुको हलमा भइरहेको छ। एमालेका प्रतिनिधिले सहमतिअनुसार एकजना उम्मेदवार बराबर एकजना मात्र एजेन्ट हुनुपर्ने माग राखेका छन्।

नेपाली कांग्रेसले गठबन्धनबाट पाँचजना र एमालेबाट एकजना मात्र हुनुपर्ने भन्दै एजेन्ट भित्र प्रवेश गराएपछि विवाद भएको हो। विवाद शुरु हुनुअघि मतगणनास्थलमा एकजना उम्मेदवार बराबर एकजना प्रतिनिधि थिए।

एजेन्टका विषयमा विवाद भएपछि नाराबाजी समेत भएको छ। विवादका कारण मतगणना भइसकेका वडाको अन्तिम नतिजा समेत सार्वजनिक गरिएको छैन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here