राष्ट्रियसभाबाट नेपाल नागरिकता विधेयक २०७९ पारित

0
385

काठमाडौं : राष्ट्रियसभा बैठकबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दोस्रोपटक पास भएको छ। सभाको शुक्रबार बसेको बैठकले विधेयक पास गरेको हो।

राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेश भएको थियो।

बिहीबारको बैठकमा सांसदको बोल्ने क्रम नसकिएकाले शुक्रबारको बैठकमा पनि छलफल भएको थियो।

विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिएर पक्ष र विपक्ष दुवैखाले धारणा व्‍यक्त गरेका थिए। संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक कानुनी रूपमा लागू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here